Washington DC, US : January 30, 2026, Friday 04:09 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

बूढीगण्डकी जलविद्युत् आयोजना बन्ने भयो

  NepalMother.com | २४ श्रावण २०८२, शुक्रबार २०:२३

३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक वित्तीय स्रोत जुटिएको छ। साहस उर्जा मुख्य साझेदार रहेको टाइम्स इनर्जीको प्रवर्द्धनमा बन्ने यस आयोजना निर्माणका लागि १० वटा बैंक तथा वित्तीय संस्थाले ऋण उपलब्ध गराउने सम्झौता भएको हो।

करीब ७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ५२ अर्ब ५० करोड रुपैयाँ (७५ प्रतिशत) ऋणमार्फत जुटाइने छ भने बाँकी २५ प्रतिशत अर्थात् १७ अर्ब ५० करोड रुपैयाँ प्रवर्द्धक कम्पनीले स्वपुँजीका रूपमा लगानी गर्नेछ। सम्झौतामा टाइम्स इनर्जीका सुशील थापा र लगानीको नेतृत्व गरेको नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन्।

ऋण लगानीमा नेपाल इन्भेस्टमेन्ट बैंकले १० अर्ब रुपैयाँ, नबिल बैंक र लक्ष्मी सनराइज बैंकले ८/८ अर्ब रुपैयाँ, ग्लोबल आइएमई बैंकले ७ अर्ब, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) र माछापुच्छ्रे बैंकले ४/४ अर्ब, सिटिजन्स बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र प्रभु बैंकले ३/३ अर्ब र कृषि विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँ ऋण दिने प्रतिबद्धता जनाएका छन्।

सम्झौता अनुसार पाँच वर्ष चार महिनाभित्र ऋण भुक्तानी गर्ने व्यवस्था गरिएको छ। यसअघि प्रवर्द्धक कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेको छ। पीपीए अनुसार वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा, सामान्य सुक्खायाममा ८ रुपैयाँ ४० पैसा र मुख्य सुक्खायाममा १० रुपैयाँ ५५ पैसा दरमा विद्युत् खरिद हुनेछ।

परियोजना प्रतिमेगावाट २० करोड ५३ लाख रुपैयाँमा निर्माण हुनेछ। यसबाट वर्षायाममा १,३०४.०४ गिगावाट, सामान्य सुक्खायाममा २४३.४३ गिगावाट र मुख्य सुक्खायाममा ३२०.३० गिगावाट विद्युत् उत्पादन हुनेछ। टाइम्स इनर्जीमा साहस ऊर्जाको ५१ प्रतिशत सेयर स्वामित्व रहेको छ।

सम्झौता समारोहमा टाइम्स इनर्जीले आगामी भदौदेखि बाँध र पावरहाउसका लागि जग्गा तयार गर्ने काम सुरु गर्ने र चैत महिनाबाट निर्माण कार्य थाल्ने जनाएको छ। आयोजना २०८७ साल पुस १५ गतेदेखि व्यावसायिक उत्पादनमा ल्याउने लक्ष्य लिइएको छ। उत्पादित विद्युत् ४५ किलोमिटर टाढा नुवाकोटको रातामाटे सबस्टेशनमा जोडिनेछ, जसको निर्माण मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सहयोगमा भइरहेको छ।

आयोजनाअन्तर्गत गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–३ सल्लेरीमा बाँध निर्माण गरी ६.९ किलोमिटर सुरुङमार्फत पानी धार्चे गाउँपालिका–३ तातोपानीस्थित पावरहाउसमा पठाइनेछ। टाइम्स इनर्जीले यसअघि निजी क्षेत्रकै सबैभन्दा ठूलो ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत् आयोजना सम्पन्न गरिसकेको छ भने हाल २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत् आयोजना निर्माणरत छ।

यो आयोजना सुरु भएपछि निजी क्षेत्रबाट सञ्चालित नेपालकै सबैभन्दा ठूलो जलविद्युत् आयोजनाको रूपमा बूढीगण्डकी परियोजनाको नाम दर्ता हुनेछ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured


अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।