साहित्यिक विधा। लघु कथा
शीर्षक। भूमिकाको पीडा !
हरदिन सन्तानको लागि किचकिच भै रहन्थ्यो भिमलाल सामाजिक अभियन्ता बनेर एकछिन घर बस्तैनथे भूमिकालाई साना छोराछोरीले वाक्क दिक्क बनाउँथे।
समय बित्दै गयो भूमिकाले बडो मुस्किलले सन्तान हुर्काइन । खेतबारी घरको काममा व्यस्त हुने भएकाले छिमेकीहरुसँग पनि भेट्न कठिन थियो। तैपनि दुःख सुखमा साथ दिन्थिन्।
एकदिन अचानक भूमिकाले भिमलाललाई सम्झाउँदै भनिन् — “यत्रो वर्ष समाजसेवी भएर के पाउनु भयो? माइत तिर आमा बाबा हजुरकाे यो व्यवहारले दुःखित छन्। छोरा छोरी हुर्किएँ शिक्षा काम दामकेही छैन् घर पुरानो भयो मर्मत गर्नु पर्दछ खै कुरा बुझेको ?
किन आत्तिएकी भूमिका ? म छु नि ढुक्क हुनु ।हाम्रो जीवन निर्वाहकाे लागि मैले काम गरेको छु । एउटा उद्योग खोलेको छु धेरैले रोजगारी पाएका छन्।जहाँ अर्को अनाथ बालबालिकालाई निःशुल्क खानपिन र पढ्न स्कूल र भवन पनि बनिसकेको छ। तिम्रो श्रीमान् कसैको पीडा देख्न सक्दैन बुझ्यौ?
उ तिम्रो श्रीमान् यो समाजमा एक इतिहाँस लेख्न चाहन्छ । नौटङ्की नाटकमा आउन चाहन्न यथार्थमा बाँच्न चाहन्छ। लगानी भएको छ। तिमीसँग विवाह हुनुअघि नै मैले धेरै आर्थिक रूपमा परिपक्व भएको थिएँ। चुपचाप समाजको अगाडि आफ्नो विशुद्ध भूमिका निर्वाह गर्ने सोच बोकेर आएको हुँ गर्दैछु
जीवनको परिवेश हेर्थे आफन्तले दिएकाे पीडा सम्झन्थे दुःख लाग्थ्यो आफैँलाई सम्झाउथे।
थाहा थिएन तिमीसँग सम्बन्ध हुन्छ भनेर तिम्रो शालीन व्यक्तित्व देखेर नै विवाह गर्न राजी भएको हुँ नत्र सम्भव थिएन।म भाग्यमानी रहेछु तिमीलाई भेटेँ सबै मिल्यो “(भिमलालले जीवनमा भएका कुरा सुनाए)
” अनि मलाई किन यति रहस्य लुकाउनु भएको ? मैले मात्र घरपरिवारको पीडा बोक्नु पर्ने ? आखिर किन हजुर ? मलाई जवाफ दिनुस् नं? ”
“भूमिका तिम्रो कुरा जायज छ यो समाजको यथार्थ बुझ्नु थियो आफन्तको व्यवहार चिन्नु थियो कसरी हाम्रो समाज र घरपरिवारमा उनीहरूले आफ्नो व्यबहार देखाउछन ? जे बुझ्नु मेरो लागि जरुरी थियो बुझे जे सम्झेँ आज देखि तिम्रा पीडा मैले बुझेको थिएँ समय मसँग थिएन अब देखि मैले नै लिनेछु तिमी ढुक्क हुनु भुमिका
भूमिका भावुक हुँदै भनिन् —“साँच्चि हजुर कति महान् हुनुहुँदो रहेछमैले नै चिन्न सकिनँ म भाग्यमानी रहेछु। मलाई माफ गर्नुस् है (भिमलालको बाहुपासमा परिन् )
” तिमी पनि ! म चाहन्थेँ अझैं केही समय पछि यथार्थ बताउँ सर सकिनँ तिम्रै कारण म यो काम गर्न सकें नत्र सम्भव थिएन ” (भूमिकाको कसिलो बाहुपासलाई चुम्दै प्रशंसा गरे)
आमा बाबाको दैनिक देखिने घटना देखेका थिए आज अर्कौ दृश्य देखे छोरा छोरीले त्यो दृश्य कहिल्यै देखेका थिएनन् ! “आमा बाबाको बल्ल रहस्य भेट्टाएँ “भन्दै कान्छो छोरा रविनले क्लिक क्लिक फोटो खिच्यो दाई दिदी हाँसी रहेँ केही भनेनन्
भूमिकाको मुहारमा असीम खुशी देखिन्थ्यो
“आजदेखि कहिल्यैँ पीडाको अनुभूति देख्दिनँ मैले भन्दै भूमिका भान्सा कोठातिर लागिन्। भिमलाल आफ्नो उद्योग तिर मोडिए
आज घरको परिस्थिति नै बद्लिएको थियो
———–
देवचुली नवलपुर नेपाल
हाल बेलायत
२५/०७/२०२६
प्रतिक्रिया