Washington DC, US : July 25, 2026, Saturday 07:29 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|प्रतिनिधि सभाका सदस्यहरूका लागि स्वकीय सचिवको सङ्ख्या थप गर्ने विषयलाई लिएर ‘राष्ट्रिय जेन–जी नागरिक अभियान’ को बिरोध प्रदर्शन|विकास कि विस्थापन ? राज्य किन मानव अधिकार उल्लङ्घनतर्फ उन्मुख हुँदैछ ?|गीत : प्रेम नशा रहेछ भुल्न सक्दिनँ|भूमिकाको पीडा !|इरान समर्थित यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको दक्षिणी सहर जिजानमा मिसाइल आक्रमण|प्रश्नपत्र लिक विवादपछि भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा|के के भइरहेको छ भारतको आन्दोलनमा ? अब के हुन्छ ?|अमेरिका साउदी आणविक सम्झौता सार्वजनिक हुने तयारी|भूमिगत गिरोह बालेन युगमा भने साँच्चिकै सक्रिय !|ट्रम्पको नयाँ व्यापारिक प्रहार : क्यानडाका अधिकांश वस्तुमा ५० प्रतिशत आयात शुल्क

विकास कि विस्थापन ? राज्य किन मानव अधिकार उल्लङ्घनतर्फ उन्मुख हुँदैछ ? - रामहरि चौलागाईं

  NepalMother.com | ९ श्रावण २०८३, शनिबार ०७:०७

काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा सार्वजनिक जग्गामा रहेका भूमिहीन तथा अव्यवस्थित सुकुम्बासी बस्ती हटाउने क्रम तीव्र बन्दै गएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण, वातावरणीय सन्तुलन र योजनाबद्ध शहरी विकास राज्यको वैधानिक दायित्व हो। तर यही दायित्वको नाममा कुनै वैकल्पिक आवास, पुनःस्थापना वा जीविकोपार्जनको सुनिश्चितता नगरी नागरिकलाई जबर्जस्ती घरबाट निकाल्नु लोकतान्त्रिक शासन, नेपालको संविधान र अन्तर्राष्ट्रिय मानव अधिकारका आधारभूत मान्यतामाथिको गम्भीर प्रहार हो।

नेपालको संविधानको धारा १६ ले सम्मानपूर्वक बाँच्न पाउने अधिकार, धारा १८ ले समानताको अधिकार, धारा ३७ ले उपयुक्त आवासको अधिकार र धारा ४२ ले सामाजिक न्यायको अधिकार सुनिश्चित गरेको छ। संविधानको मर्म स्पष्ट छ, राज्यको दायित्व नागरिकलाई घरविहीन बनाउनु होइन, सम्मानजनक पुनःस्थापनाको सुनिश्चितता गर्नु हो।
नेपालले स्वीकार गरेको सन् १९४८ को मानव अधिकारको विश्वव्यापी घोषणा (Universal Declaration of Human Rights UDHR) ले पनि यही मूल्यलाई स्थापित गरेको छ। धारा १ ले सबै मानिस स्वतन्त्र, समान मर्यादा र अधिकारका साथ जन्मिएका हुन् भन्छ। धारा २ ले कुनै पनि व्यक्तिमाथि जात, वर्ग, सम्पत्ति वा सामाजिक अवस्थाका आधारमा विभेद गर्न नपाइने व्यवस्था गर्छ। धारा ३ ले प्रत्येक व्यक्तिलाई जीवन, स्वतन्त्रता र व्यक्तिगत सुरक्षाको अधिकार सुनिश्चित गरेको छ। धारा ७ ले कानुनअगाडि सबै समान रहेको र समान कानुनी संरक्षण पाउनुपर्ने स्पष्ट गर्छ। धारा १२ ले व्यक्तिको घर र निजी जीवनमा हुने मनपरी हस्तक्षेपबाट सुरक्षा दिनुपर्ने सिद्धान्त स्थापित गरेको छ। धारा १७ ले सम्पत्ति राख्ने अधिकारलाई स्वीकार गर्दै कसैलाई मनपरी रूपमा सम्पत्तिबाट वञ्चित गर्न नहुने उल्लेख गर्छ। धारा १९ ले विचार तथा अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गरेको छ। धारा २२ ले सामाजिक सुरक्षाको अधिकारलाई मान्यता दिएको छ। धारा २५ ले प्रत्येक व्यक्तिलाई पर्याप्त जीवनस्तर, आवास, खाद्य, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गरेको छ। धारा २६ ले प्रत्येक बालबालिका र नागरिकको शिक्षाको अधिकारको संरक्षण गरेको छ।

यस्तै, नेपाल पक्ष रहेको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (ICESCR) को धारा ११ ले पर्याप्त आवासलाई आधारभूत मानव अधिकारका रूपमा स्वीकार गरेको छ। संयुक्त राष्ट्रसंघको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार समिति (CESCR) को सामान्य टिप्पणी नं. ४ ले पर्याप्त आवास भनेको केवल एउटा छाना होइन, सुरक्षा, स्थायित्व, खानेपानी, सरसफाइ, आधारभूत सेवा र मानव मर्यादासहितको जीवन हो भन्ने स्पष्ट गरेको छ। सामान्य टिप्पणी नं. ७ ले वैकल्पिक पुनःस्थापनाविना गरिने जबरजस्ती बेदखली (Forced Eviction) लाई अन्तर्राष्ट्रिय मानव अधिकारको गम्भीर उल्लङ्घन मानेको छ।

यदि प्रभावशाली व्यक्ति, व्यापारिक समूह वा पहुँचवालाहरूले सार्वजनिक जग्गा गैरकानुनी रूपमा ओगटेका छन् भने ति ज​मिनह​रु फिर्ता लिनु प​र्छ​,
ज​ब​र​ज​स्ति ग​रेमा कानुनि दायारामा ल्याएर​ कार्बाहि हुनु प​र्छ​, हो आब​स्य​ता प​रे डोज​र​ प​नि च​लाउनु प​र्छ​।

कानुन किन समान रूपमा लागू हुँदैन? किन कानुनको कठोरता गरिब र भूमिहीनमाथि मात्र देखिन्छ? कानुनी शासन (Rule of Law) को अर्थ कमजोरमाथि मात्र राज्य शक्ति प्रयोग गर्नु होइन; सबै नागरिकमाथि समान रूपमा कानुन लागू गर्नु हो। जसको नाममा अन्यत्र पर्याप्त जग्गा भएर पनि सार्वजनिक सम्पत्ति कब्जा गरिएको छ, त्यस्तो कब्जा कानुनबमोजिम हटाइनुपर्छ।

तर एक धुर पनि निजी जग्गा नभएका वास्तविक भूमिहीन परिवारलाई खुला आकाशमुनि बस्न बाध्य पार्नु राष्ट्रिय संविधानको मर्म र अन्तर्राष्ट्रिय मानव अधिकार दुवैको प्रतिकूल कार्य हो।
विकासको अर्थ नागरिकलाई घरविहीन बनाउनु होइन। विकासको अर्थ सुरक्षित पुनःस्थापना, सम्मानजनक आवास, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ र रोजगारीको सुनिश्चितता हो। यदि डोजरले नागरिकको घरसँगै उनीहरूको भविष्य पनि भत्काउँछ भने त्यो विकास होइन, राज्यद्वारा सिर्जित मानवीय संकट हो।

मानव अधिकार कुनै सरकारको कृपा होइन; यो प्रत्येक नागरिकको जन्मसिद्ध अधिकार हो। संविधान र अन्तर्राष्ट्रिय दायित्वलाई बेवास्ता गर्दै गरिने जबर्जस्ती बेदखलीले राज्यको कानुनी वैधता, नैतिक विश्वसनीयता र लोकतान्त्रिक चरित्रमाथि गम्भीर प्रश्न उठाउँछ। त्यसैले सरकारले तत्काल वैकल्पिक पुनःस्थापनाविना हुने सबै बेदखली रोक्न, वास्तविक भूमिहीनको वैज्ञानिक पहिचान गरी सम्मानजनक आवासको व्यवस्था गर्न तथा सार्वजनिक सम्पत्तिमाथि गैरकानुनी कब्जा गर्ने जोसुकैमाथि समान रूपमा कानुन लागू गर्नुपर्छ।

-रामहरि चौलागाईं
सञ्चार समूह नेपालका संस्थापक अध्यक्ष।

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor