प्रेम नशा रहेछ भुल्न सक्दिनँ तिमीलाई
छली रहेछ्यौ सकिनँ सम्हाल्न आफैलाई
———–प्रेम नशा रहेछ भुल्न सक्दिनँ—२
वसन्त बितेर जादा जवानी ढल्न थालेछ
कसरी बुझाउँ मैले नियति चल्न थालेछ
छाेडेर जब गयौँ तिम्रै सम्झनाले आउँछन्
जिन्दगी जिउन बाध्य कहरले सताउँछन्
———-प्रेम नशा रहेछ भुल्न सक्दिनँ—२
उनको पहिलो याद मुस्कानले भरिएको
पागल बनेर साथ पुग्दा फूल छरिएको
लुकायौं खुशी दिलमा देखेनन् मुहारमा
प्रेमको कहानी सुन्यौं लेखेनन् प्रहारमा
———-प्रेम नशा रहेछ भुल्न सक्दिनँ—२
हसिलो मुहारले मोहित बनाउँछ के गरौं
जवानी देखेर मनलाई मनाउँछु किन डरौ
दुवैको सोच छ मिलेको सफा जीवनले
कसरी सम्झाउँ भावुक छु तिम्रो रोदनले
———-प्रेम नशा रहेछ भुल्न सक्दिनँ—२
————
देवचुली नवलपुर नेपाल
हाल बेलायत
प्रतिक्रिया