Washington DC, US : September 2, 2026, Wednesday 07:34 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

एनआरएनएको राहत तथा मानवीय अभियान सातौँ दिन पनि जारी रसुवा–नुवाकोट बाढी !

  NepalMother.com | १७ भाद्र २०८३, बुधबार १४:५९

काठमाडौं, भदौ १७, २०८३। रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको अभियान सातौँ दिन पनि निरन्तर जारी रहेको छ।

बाढीका कारण विस्थापित परिवारको तत्काल आवश्यकता सम्बोधन गर्न राहत सामग्री वितरण, स्वास्थ्य सेवा, सरसफाइसम्बन्धी सहयोग तथा स्थानीय जनप्रतिनिधिसँग समन्वयलाई संघले प्राथमिकता दिएको जनाएको छ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विस्थापित भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–२ स्थित पहिलो गुम्बामा आश्रय लिइरहेका परिवार तथा बालबालिकाका लागि एनआरएनएले ६ वटा कूलर र दुई वटा डीप फ्रिज उपलब्ध गराएको छ।

आश्रयस्थलमा बसिरहेका परिवार तथा बालबालिकालाई गर्मीबाट राहत दिन कूलर र खाद्यान्न तथा तरकारीलगायत दैनिक उपभोग्य वस्तु सुरक्षित रूपमा भण्डारण गर्न डीप फ्रिज उपयोगी हुने विश्वाससहित ती सामग्री हस्तान्तरण गरिएको संघले जनाएको छ।

एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले गोसाइँकुण्ड गाउँपालिका वडा नं. १ का वडाध्यक्ष उर्केन छिरिङ तामाङलाई ती सामग्री हस्तान्तरण गरेका हुन्।

बाढी र डुबानबाट प्रभावित महिलाको स्वास्थ्य तथा सरसफाइको आवश्यकतालाई ध्यानमा राख्दै एनआरएनएले १०० प्याकेट सेनेटरी प्याडसमेत उपलब्ध गराएको छ।

यसैबीच, बाढी प्रभावित नुवाकोटमा सञ्चालन गरिने विशेष स्वास्थ्य शिविरको सम्पूर्ण तयारी पूरा भएको एनआरएनएले जनाएको छ। एनआरएनएको आयोजना तथा नेपाल मेडिसिटी र ललितपुर महानगर अस्पतालको सहकार्यमा नुवाकोटको बाघटार क्षेत्रमा स्वास्थ्य सेवा सञ्चालन गर्ने तयारी गरिएको हो।

यसअघि एनआरएनए सचिवालयमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री गिरबहादुर तामाङसँग भएको छलफलपछि प्रदेश सरकारसँगको समन्वयमा त्रिशूली प्रादेशिक अस्पतालमार्फत स्वास्थ्य शिविर सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।

शिविरको नेतृत्व एनआरएनए ग्लोबल स्वास्थ्य समितिकी सहसंयोजक प्रसुना कँडेल र एनआरएनए आईसीसी सदस्य डा. सञ्जीव सापकोटाले गर्नेछन्। स्वास्थ्य टोली बिहीबार भदौ १८ गते बिहान ८ बजे नुवाकोट प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

स्वास्थ्य शिविरबाट करिब २५० बाढी प्रभावित परिवार लाभान्वित हुने अपेक्षा गरिएको छ। शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श, आवश्यक औषधि वितरण तथा सरसफाइसम्बन्धी जनचेतनामूलक सेवा प्रदान गरिनेछ। साथै विपद्को समयमा समुदायलाई थप सक्षम बनाउन विपद् व्यवस्थापन र प्राथमिक उपचारसम्बन्धी तालिमसमेत दिइने एनआरएनएले जनाएको छ।

एनआरएनएले बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग पनि नियमित संवाद र समन्वय अघि बढाएको छ। यस क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ, उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल तथा कालिका गाउँपालिका वडा नं. ४ धुसेनीका वडाध्यक्ष खेसम तामाङसँग भेट गरी प्रभावित क्षेत्रको वर्तमान अवस्था, स्थानीय समस्या र तत्काल आवश्यक सहयोगबारे जानकारी लिइएको छ।

एनआरएनए सचिवालयमा भएको उक्त भेटमा प्रभावित नागरिकसम्म राहत तथा मानवीय सहयोगलाई अझ प्रभावकारी र व्यवस्थित ढंगले कसरी पुर्‍याउन सकिन्छ भन्ने विषयमा समेत विस्तृत छलफल भएको थियो।

विनाशकारी बाढीपछि उद्धार, राहत, स्वास्थ्य सेवा तथा पुनर्स्थापनाका आवश्यकता बढ्दै गइरहेका बेला एनआरएनएले नेपालभित्र तथा विश्वभर रहेका गैरआवासीय नेपाली समुदायको सहकार्यमा प्रभावित क्षेत्रमा आफ्नो मानवीय सहायता अभियानलाई निरन्तरता दिने जनाएको छ।

May be an image of text

 

May be an image of newsroom and textMay be an image of one or more people, people studying, newsroom and text

*******************************************

 

AN URGENT HUMANITARIAN APPEAL TO PRESIDENT DONALD J. TRUMP AND THE UNITED STATES OF AMERICA

Washington, D.C.
September 1, 2026

The Honorable Donald J. Trump
President of the United States of America
The White House
1600 Pennsylvania Avenue NW
Washington, D.C. 20500

Subject: Respectful Appeal for Expanded U.S. Humanitarian Assistance to Nepal Following the Catastrophic Flood Disaster

Dear Mr. President:

With profound respect, I write to you at an exceptionally difficult moment for Nepal and the Nepali people from Federation of International Journalist, America – FIJA Family.

Nepal deeply appreciates the humanitarian assistance, friendship, and support already extended by the Government and people of the United States following the catastrophic floods and natural disaster that have devastated large areas of the country.

Thank you, Mr. President. Thank you, America.

The magnitude of this tragedy, however, has created an extraordinary humanitarian emergency requiring greater international assistance.

More than a thousand people have reportedly lost their lives, thousands remain missing, and countless families continue desperately searching for their loved ones. Foreign nationals, including Americans and citizens of other countries, Journalists, Mideas have also been affected by this devastating disaster.

Entire communities have been destroyed or severely damaged. Thousands of survivors have lost their homes, livelihoods, property, and access to essential services. Roads, bridges, communications systems, and other critical infrastructure have been swept away or seriously damaged. Search, rescue, relief, medical, and recovery operations continue under extremely challenging geographic and weather conditions.

At this critical hour, Nepal urgently needs stronger international humanitarian assistance, and continued American leadership can make an immediate and life-saving difference.

Mr. President, I respectfully appeal to you and your Administration to consider expanding United States humanitarian assistance to Nepal, particularly in the areas of:

  • Search-and-rescue operations and specialized rescue equipment;
  • Emergency medical personnel, medicines, and field medical support;
  • Food, safe drinking water, sanitation, and emergency supplies;
  • Temporary shelters and assistance for displaced families;
  • Helicopters, transportation, and logistical support for inaccessible areas;
  • Emergency communications and disaster-response equipment;
  • Technical expertise in disaster management and recovery;
  • Identification and support for victims and missing persons;
  • Rehabilitation of damaged communities and essential infrastructure; and
  • Long-term reconstruction and disaster-resilience assistance.

I also respectfully appeal to the United States Congress—including the Speaker and Members of the House of Representatives, the leadership and Members of the United States Senate, and the leadership of both the Republican and Democratic parties—to give this humanitarian emergency urgent consideration and support additional assistance for Nepal.

Nepal and the United States share a longstanding friendship built over decades of diplomatic relations, development cooperation, democratic values, mutual respect, and strong people-to-people ties. Generations of Nepalis have regarded the United States as an important friend and partner.

This appeal transcends politics, parties, governments, and national boundaries.

This is about saving human lives.

It is about parents searching for missing children, children waiting for missing parents, and families desperately hoping to find brothers, sisters, relatives, and friends.

It is about survivors who saw their homes and livelihoods disappear within moments.

It is about providing hope to people who have lost almost everything.

And it is about helping a friendly nation recover from one of the most painful humanitarian tragedies in its recent history.

I therefore also respectfully appeal to the American people, humanitarian organizations, charitable foundations, faith-based organizations, businesses, medical institutions, Nepali-American communities, and all friends of Nepal throughout the United States: Please stand with Nepal during this hour of extraordinary need.

The United States has a long and distinguished tradition of humanitarian leadership and of standing beside people facing disasters and tragedies around the world. The people of Nepal will always remember those who stood with them during this darkest and most difficult period.

Mr. President, Nepal needs America’s continued friendship, compassion, leadership, and greater humanitarian support now.

On behalf of the victims, survivors, grieving families, displaced communities, and all those who continue searching for their loved ones, I respectfully make this humanitarian appeal:

PLEASE STAND WITH NEPAL.

PLEASE HELP SAVE LIVES.

PLEASE HELP FIND THE MISSING.

PLEASE HELP THE SURVIVORS.

PLEASE HELP NEPAL RECOVER AND REBUILD.

With profound respect, appreciation, and gratitude,

Ram Prasad Khanal
President
Federation of International Journalist, America (FIJA)
Washington, D.C.
United States of America

CC:

The Speaker of the United States House of Representatives
Members of the United States House of Representatives

The Majority and Minority Leadership of the United States Senate
Members of the United States Senate

Republican Leadership of the United States Congress

Democratic Leadership of the United States Congress

The United States Department of State

The United States Agency for International Development and relevant U.S. humanitarian and disaster-response agencies

The Embassy of the United States of America in Nepal

American Humanitarian and Charitable Organizations

Nepali-American Community Organizations Across the United States

The American People

Members of the Media

Visit www.Americaandworld.com too:

America & World

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor