Washington DC, US : June 21, 2026, Sunday 02:11 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|अमेरिका र इरानबीच नयाँ चरणको वार्ता स्विट्जरल्याण्डमा सुरु|रास्वपा महाधिवेशनमा प्रधानमन्त्री बालेनको आक्रामक सम्बोधन|चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा|बेलायतमा भीषण रेल दुर्घटना : चालकको मृत्यु, ३३ जना गम्भीर घाइते|लोकदोहोरीमा भित्रिएको विकृतिले विरक्तिएका रामप्रसाद|मंसिर ४ मा प्रदर्शनमा आउने ‘सिन्दुरे जात्रा’ प्रति बढ्दै अपेक्षा|सांस्कृतिक संस्थानद्वारा वरिष्ठ स्रष्टा रामप्रसाद खनाल अभिनन्दित|राष्ट्रिय चलचित्र पुरस्कार–२०८३ भव्य र सभ्य रूपमा सम्पन्न|अमेरिका इरान युद्धविराम सम्झौता लागू, अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य,६० दिने निर्णायक वार्ताको ढोका खुल्यो|म्यूजिक खबर म्यूजिक अवार्ड : १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको शुभारम्भ भक्तपुरस्थित प्रसिद्ध सूर्यविनायक गणेश मन्दिर मा स्क्रिप्ट पूजा

  NepalMother.com | ७ असार २०८३, आईतवार ०८:४५

काठमाडौं । नेपाली चलचित्र उद्योगमा नयाँ उत्साह थप्ने उद्देश्यसहित निर्माण हुन लागेको चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा गरिएको छ। रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको शुभारम्भ भक्तपुरस्थित प्रसिद्ध सूर्यविनायक गणेश मन्दिर मा स्क्रिप्ट पूजा गरेर गरिएको हो।

लेखक तथा निर्देशक अमरदीप सापकोटा को लेखन तथा निर्देशन रहने चलचित्रले हास्यप्रधान कथावस्तुका साथ नेपाली दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने निर्माण पक्षको दाबी छ। चलचित्रको छायांकन आगामी असार महिनाको अन्तिम सातादेखि सुरु गर्ने तयारी भइरहेको जनाइएको छ भने हाल प्रि–प्रोडक्सनका सम्पूर्ण कामहरू तीव्र गतिमा अगाडि बढाइएका छन्।

यस चलचित्रको विशेष आकर्षणका रूपमा नेपाली लोक तथा आधुनिक संगीत क्षेत्रमा स्थापित नाम पशुपति शर्मा पहिलोपटक चलचित्र अभिनयमा देखिने भएका छन्। दशकौँदेखि गायन, संगीत तथा सांगीतिक सिर्जनामार्फत दर्शकमाझ लोकप्रिय बनेका शर्माले अब अभिनयमार्फत नयाँ यात्रा सुरु गर्न लागेका हुन्। उनको चलचित्र प्रवेशलाई लिएर दर्शक तथा संगीत क्षेत्रका व्यक्तिहरूमा समेत उत्सुकता बढेको छ।

त्यस्तै, चर्चित गायिका अञ्जु पन्त की छोरी परितोषिका पन्त ले पनि यही चलचित्रमार्फत अभिनय क्षेत्रमा औपचारिक डेब्यु गर्ने भएकी छन्। संगीत परिवारमा हुर्किएकी परितोषिकाको अभिनय यात्रालाई नेपाली चलचित्र क्षेत्रले चासोका साथ हेरेको छ। निर्माण टिमका अनुसार चलचित्रमार्फत केही अन्य नयाँ तथा प्रतिभाशाली कलाकारहरूले समेत अभिनय यात्रा सुरु गर्नेछन्। यद्यपि उनीहरूको नाम भने निर्माण पक्षले हालसम्म सार्वजनिक गरेको छैन।

निर्देशक अमरदीप सापकोटाले चलचित्रलाई पूर्ण मनोरञ्जनात्मक कमेडी प्याकेजका रूपमा तयार पारिने बताएका छन्। उनका अनुसार समाजका विभिन्न पात्र र प्रवृत्तिलाई हास्य शैलीमा प्रस्तुत गर्दै दर्शकलाई हँसाउने मात्र होइन, जीवनका केही यथार्थ पक्षसमेत कथामार्फत उजागर गरिनेछ।

चलचित्रका निर्माता रघुनाथ सापकोटा ले रघुजी फिल्म्सले यसअघि घोषणा गरेका केही चलचित्र प्रोजेक्ट प्राविधिक तथा व्यवस्थापकीय कारणले केही समय पछाडि सार्नुपरेको जानकारी दिए। उनले अहिले ‘तीन तीघ्रे क्या बिग्रे’ लाई प्राथमिकतामा राखेर निर्माण प्रक्रिया अगाडि बढाइएको र यसपछि अन्य योजनाहरू पनि क्रमशः कार्यान्वयनमा आउने बताए।

वितरण व्यवस्थापनका हिसाबले पनि चलचित्रले प्रारम्भिक चरणमै महत्वपूर्ण साझेदारी पाएको छ। चलचित्रको नेपालभित्रको वितरण अधिकार आरआर फिल्म्स ले लिएको छ भने डिजिटल प्रदर्शन अधिकार ओएसआर डिजिटल ले प्राप्त गरेको निर्माण पक्षले जनाएको छ। विदेशी बजारमा समेत चलचित्रप्रति चासो देखिएको बताइएको छ। विभिन्न अन्तर्राष्ट्रिय वितरकहरूले सम्पर्क गरिरहेको भए पनि निर्माण कार्य सम्पन्न भएपछि मात्र विदेश वितरणबारे अन्तिम निर्णय गरिने जनाइएको छ।

नयाँ कलाकारहरूको आगमन, लोकप्रिय गायक पशुपति शर्माको अभिनय डेब्यु, परितोषिका पन्तको पहिलो चलचित्र तथा कमेडी शैलीको मनोरञ्जनात्मक प्रस्तुति रहने भएकाले ‘तीन तीघ्रे क्या बिग्रे’ अहिले नै नेपाली चलचित्र वृत्तमा चर्चाको विषय बनेको छ। निर्माण पक्षले आगामी दिनमा कलाकार, प्राविधिक टिम तथा कथावस्तुसम्बन्धी थप जानकारी सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

May be an image of text that says 'RAGHUJEE JEE FILME स्घुजी फिल्सको प्रस्तुति तीन तीघा क्या बिग्े! नि्माता रघुनाथ सापकोटा DigitalPartner: OSRDigital 9 Mation Miutiam Ertartading1 लेखक / नि्देशक अमर दीप सापकोटा AlNepalDistributor: ANepal stributor: 明是现車 一生生 RRFIL FILA PRODUCTION'

चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा

May be an image of ‎one or more people and ‎text that says '‎S ー RAGHUIEE RACHUIEE م‎'‎‎

May be a graphic of text that says 'RA RACHUJ AGHUJEE II FILMS ROLL'

 

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor