(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका) Old Archive >
काठमाडौं । मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक राजनीतिक दल नेपाली कांग्रेस गम्भीर आन्तरिक संकटमा फसेको छ। विशेष महाधिवेशनपछि चुलिएको विवाद समाधान हुन नसक्दा पार्टी विभाजनको संघारमा पुगेको देखिएको छ। संस्थापन पक्ष र संस्थापनइतर समूहबीच सहमति जुटाउने प्रयास निरन्तर असफल भएपछि इतर समूहले राष्ट्रिय भेलाको तयारीलाई तीव्र बनाएको छ।
शनिबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको घोषणा गरिएको हो। समितिले राष्ट्रिय भेलाको सम्पूर्ण व्यवस्थापन, समन्वय तथा तयारीको जिम्मेवारी सम्हाल्ने जनाइएको छ।
आयोजक समितिमा नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित तथा मनोनित केन्द्रीय पदाधिकारी र सदस्य, प्रदेश कार्यसमितिका सभापति तथा पदाधिकारी, जिल्ला सभापति, काठमाडौं उपत्यकाका जिल्ला कार्यसमिति पदाधिकारी, महानगर तथा नगर सभापति, संघीय तथा प्रदेश सांसद, पूर्वमन्त्री, पूर्वसांसद, भ्रातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय प्रमुखलाई पदेन सदस्यका रूपमा समावेश गरिएको छ।
संस्थापनइतर समूहका नेता मीनबहादुर विश्वकर्माले सम्पूर्ण नामावली सार्वजनिक गर्न समय लाग्ने भएकाले प्रारम्भिक चरणमा पदका आधारमा सदस्यहरू समेटिएको जानकारी दिए। उनका अनुसार राष्ट्रिय भेलालाई व्यापक र व्यवस्थित बनाउन सबै तहका जिम्मेवार नेताहरूलाई आयोजक समितिमा समावेश गरिएको हो।
इतर समूहका नेताहरूले साउन २९ गतेसम्म पार्टीभित्र एकताका लागि कुनै ठोस सहमति नभए डा. शशांक कोइरालाकै नेतृत्वमा नयाँ राजनीतिक दल दर्ता गर्ने तयारीसमेत भइरहेको बताएका छन्। यसले कांग्रेसभित्रको विवाद अब निर्णायक मोडमा पुगेको संकेत गरेको छ।
राष्ट्रिय भेलालाई प्रभावकारी बनाउन इतर समूहले १६ वटा विषयगत समिति पनि गठन गरेको छ। राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव, विधान संशोधन, आर्थिक नीति, प्रचारप्रसार, आर्थिक व्यवस्थापन, आवास तथा भोजन, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, सांस्कृतिक, सहभागी व्यवस्थापन, स्वास्थ्य, शान्ति सुरक्षा तथा प्रशासन समन्वय तथा सचिवालय व्यवस्थापनलगायतका समिति गठन गरिएको छ।
यी समितिहरूले भेलाको नीतिगत तथा व्यवस्थापकीय तयारीलाई अन्तिम रूप दिने जिम्मेवारी पाएका छन्।
राष्ट्रिय भेलाका संयोजक डा. शशांक कोइरालाले पार्टीभित्रको एकता कायम गर्न आफूहरूले निरन्तर पहल गरे पनि नेतृत्व तहबाट सकारात्मक भूमिका नदेखिएको आरोप लगाए।
उनले पार्टीभित्र बढ्दो निराशा, कार्यकर्तामा देखिएको अन्योल तथा वैचारिक अस्पष्टतालाई सम्बोधन गर्न राष्ट्रिय भेला आयोजना गर्न बाध्य भएको बताए। उनका अनुसार भेलामा मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक अवस्थाबारे गहन छलफल गर्दै कांग्रेसको भावी वैचारिक, नीतिगत र सांगठनिक कार्यदिशा तय गरिनेछ।
डा. कोइरालाले वर्तमान तथा पूर्वपदाधिकारी, सांसद, प्रदेश तथा जिल्ला सभापति, भ्रातृ संगठनका प्रतिनिधि र लोकतान्त्रिक आन्दोलनसँग सम्बन्धित बुद्धिजीवीहरूलाई भेलामा सहभागी हुन निमन्त्रणा गरिएको जानकारी पनि दिए।
विशेष महाधिवेशनबाट गगनकुमार थापा कांग्रेसको सभापतिमा निर्वाचित भएपछि शेरबहादुर देउवा पक्षले त्यसको वैधानिकतामाथि प्रश्न उठाउँदै आएको छ। देउवा समूहले समानान्तर पार्टी गतिविधि सञ्चालन गरिरहेको आरोप इतर समूहले लगाउँदै आएको छ।
दुवै पक्षबीच लामो समयदेखि जारी शक्ति संघर्षले कांग्रेसको आन्तरिक एकतालाई कमजोर बनाएको विश्लेषण भइरहेको छ।
यसैबीच नेपाली कांग्रेसले प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी तीनदिने आन्तरिक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सानेपास्थित केन्द्रीय कार्यालयमा सुरु भएको कार्यक्रममा पहिलो चरणमा छनोट गरिएका ४० जना युवा सहभागी छन्।
प्रशिक्षणमा विपद् पूर्वतयारी, उद्धार, प्रतिकार्य, व्यवस्थापन तथा व्यवहारिक अभ्याससमेत गराइने कांग्रेसले जनाएको छ। स्वदेश तथा विदेशमा विपद् व्यवस्थापन क्षेत्रमा अनुभव हासिल गरेका विज्ञहरूले प्रशिक्षण सहजीकरण गरिरहेका छन्।
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापति गगनकुमार थापाले असल नेताको सबैभन्दा ठूलो गुण करुणा, सहानुभूति र मानवीय संवेदनशीलता भएको बताए।
उनले विपद्को समयमा नागरिकको पीडा महसुस गर्न नसक्ने व्यक्ति सक्षम नेता बन्न नसक्ने उल्लेख गर्दै ज्ञान, प्रविधि र सामाजिक सञ्जाल चलाउने सीप महत्त्वपूर्ण भए पनि त्यसभन्दा माथि मानवीय संवेदनशीलता आवश्यक पर्ने बताए।
थापाले बाढी, पहिरो, खडेरी वा अन्य विपद्मा नागरिकले भोग्ने दुःखलाई आफ्नै पीडाजस्तो महसुस गर्न सक्ने क्षमता नै नेतृत्वको वास्तविक मापदण्ड हुने धारणा व्यक्त गरे।


नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)
Our Team:
हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका
नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं
Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com
(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

Ram Prasad Khanal
Editor in Chief and Publisher
Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com
नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया