Washington DC, US : July 30, 2026, Thursday 11:49 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|इरानमाथि अमेरिकाको व्यापक हवाई आक्रमण, मध्यपूर्वमा तनाव फेरि उत्कर्षमा|प्रधानमन्त्री बालेन शाहको राष्ट्रका नाममा सम्बोधन|पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सद्भाव सन्देश|४० दिनको मेहनतपछि पूरा भयो चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन|Cartoon|जापानमा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या १३ पुग्यो, किनमेल केन्द्रमा अझै उद्धार जारी|सुनसरीको कप्तानगञ्जको धार्मिक झडप : किन भयो ? के हुँदै छ ?|Breaking News : जापानमा शक्तिशाली भूकम्प: सपिङ मल भत्किँदा दर्जनौँ फसे, उद्धार कार्य तीव्र|“कानूनको सम्मान गर्दै, शान्तिपूर्ण रूपमा, सत्य र न्यायको पक्षमा म मेरो संघर्ष जारी राख्नेछु”|डा. गोविन्द केसीले अनसन तोडे

प्रधानमन्त्री बालेन शाहको राष्ट्रका नाममा सम्बोधन ‘सामाजिक सद्भाव बिथोल्ने जो–कोहीमाथि कडा कारबाही हुन्छ’

  NepalMother.com | १४ श्रावण २०८३, बिहीबार ११:२९

काठमाडौं । सुनसरीको देवानगञ्जसहित पूर्वी तराई–मधेशका विभिन्न क्षेत्रमा पछिल्ला दिनमा देखिएको हिंसात्मक घटनापछि प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

फेसबुकमार्फत सार्वजनिक भिडियो सम्बोधनमा प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका नागरिकप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले घाइतेहरूको उपचारमा कुनै पनि कमी हुन नदिने गरी सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिएका छन्।

प्रधानमन्त्रीले सुनसरी, सिरहालगायतका क्षेत्रमा भएको घटनालाई सरकारले अत्यन्त गम्भीर रूपमा लिएको उल्लेख गर्दै निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयमार्फत छानबिन समिति गठन भइसकेको बताए। दोषी जो–कोही भए पनि कानुनको दायरामा ल्याएर कारबाही गरिने उनको स्पष्ट प्रतिबद्धता थियो।

सुरक्षा संयन्त्र उच्च सतर्कतामा

प्रधानमन्त्री शाहका अनुसार घटना भएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकाय परिचालन गरिएका छन्। स्थानीय क्षेत्रमा थप तनाव फैलिन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ भने शान्ति स्थापना गर्ने प्रयास निरन्तर जारी रहेको उनले बताए।

उनले केन्द्रमा सर्वदलीय बैठक आयोजना गरी परिस्थितिबारे समीक्षा गरिएको र स्थानीय तहमा जनप्रतिनिधि, नागरिक समाज, धार्मिक अगुवा तथा समुदायका नेतृत्वसँग निरन्तर संवाद भइरहेको जानकारी पनि दिए।

यसैबीच गृहमन्त्री स्वयं सुरक्षा निकायका उच्च अधिकारीसहित घटनास्थलतर्फ प्रस्थान गरिसकेको उल्लेख गर्दै राष्ट्रिय सुरक्षा परिषद्को बैठकबाट समेत आवश्यक रणनीतिक निर्णयहरू गरिएको प्रधानमन्त्रीले जानकारी गराए।

अफवाह र घृणा फैलाउनेविरुद्ध चेतावनी

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत फैलाइने अपुष्ट सूचना, अफवाह, घृणात्मक अभिव्यक्ति तथा समुदायबीच वैमनस्य बढाउने गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरे।

उनले नागरिकलाई सरकारी निकायबाट सार्वजनिक गरिएका आधिकारिक सूचना मात्र विश्वास गर्न आग्रह गर्दै सामाजिक सञ्जालमा गैरजिम्मेवार सामग्री प्रसारण नगर्न अनुरोध गरे।

प्रधानमन्त्रीले राज्यको पहिलो दायित्व प्रत्येक नागरिकको जीवन र सम्पत्तिको सुरक्षा रहेको उल्लेख गर्दै सामाजिक सद्भाव बिगार्ने, हिंसा भड्काउने वा धार्मिक तथा सामुदायिक द्वन्द्व सिर्जना गर्ने जो–कोहीमाथि कडा कानुनी कारबाही गरिने स्पष्ट चेतावनी दिए।

संविधानले दिएको धार्मिक स्वतन्त्रताको रक्षा गर्ने प्रतिबद्धता

प्रधानमन्त्री शाहले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा स्वतन्त्र रूपमा पालन गर्ने मौलिक अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै त्यसको रक्षा गर्न सरकार दृढ रहेको बताए।

उनले धर्मको मूल उद्देश्य समाजलाई जोड्ने, प्रेम र सद्भाव फैलाउने भएको उल्लेख गर्दै कुनै पनि धर्मले हिंसा, घृणा वा विभाजनको शिक्षा नदिने स्पष्ट गरे।

“देशको कुनै एक स्थानमा भएको दुःखद घटनाको बहानामा सम्पूर्ण समुदायलाई दोषी ठहर गर्दै अन्य क्षेत्रमा प्रतिशोध फैलाउने कार्य कुनै पनि दृष्टिले उचित हुन सक्दैन,” उनले भने।

एकता र संयम अपनाउन सबैलाई आग्रह

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले नेपालको इतिहास कठिन परिस्थितिमा पनि आपसी सहिष्णुता, एकता र विवेकका कारण अघि बढेको स्मरण गराउँदै अहिले पनि सबै नागरिकले संयमता अपनाउनुपर्ने आवश्यकता औँल्याए।

उनले नागरिक समाज, धार्मिक अगुवा, राजनीतिक दल, सञ्चारमाध्यम तथा सम्पूर्ण नेपालीलाई राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्ति कायम राख्न आ–आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्न हार्दिक अपिल गरेका छन्।

प्रधानमन्त्री शाहले सरकार शान्ति, सुरक्षा र नागरिकको जीवनरक्षाका लागि चौबीसै घण्टा सक्रिय रहने विश्वास दिलाउँदै सहिष्णुता, भाइचारा र राष्ट्रिय एकतालाई कमजोर पार्ने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट सन्देश दिएका छन्।

सुरक्षा परिषद् बैठकमा सुनसरी घटनाको गम्भीर समीक्षा : प्रधानमन्त्रीको प्रश्न– ‘गोली चल्नुपर्ने अवस्था किन आयो ?’

काठमाडौं, साउन १४ । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न सुरक्षा चुनौती, साम्प्रदायिक तनाव र त्यसको प्रभावबारे प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले विस्तृत समीक्षा गरेको छ। बैठकमा प्रधानमन्त्रीले सुरक्षा निकायसँग घटनाको वास्तविक कारणबारे स्पष्ट जानकारी माग्दै “गोली किन चल्यो, कसरी चल्यो र त्यस्तो अवस्था किन सिर्जना भयो ?” भन्ने विषयमा गम्भीर चासो व्यक्त गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा सुनसरी घटनाले तराई–मधेशका अन्य जिल्लामा समेत पारेको प्रभाव, सुरक्षा अवस्था, साम्प्रदायिक सद्भाव, सम्भावित जोखिम तथा आगामी रणनीतिबारे विस्तृत छलफल भएको सरकारी स्रोतले जनाएको छ।

गोली चलाउने अवस्थाबारे स्पष्ट प्रतिवेदन माग

बैठकअघि प्रधानमन्त्री शाहले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूसँग छुट्टै सुरक्षा ब्रिफिङ लिएका थिए। त्यसक्रममा उनले सुनसरीको घटनामा सुरक्षाकर्मीले गोली चलाउनुपर्ने अवस्था किन आयो, आदेश कसले दियो, वैकल्पिक उपाय अपनाउन सकिन्थ्यो कि सकिँदैनथ्यो भन्ने विषयमा विस्तृत जानकारी मागेका थिए।

घटनाबारे छानबिन जारी रहेकाले सरकारले कुनै निष्कर्षमा नपुगी तथ्यका आधारमा निर्णय लिने तयारी गरेको जनाइएको छ।

राष्ट्रिय सुरक्षा परिषद्को मुख्य चिन्ता : तनाव थप फैलिन नदिनु

बैठकमा परिषद्का सदस्यहरू—प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव, प्रधानसेनापति र रक्षासचिव सहभागी थिए।

बैठकपछि परिषद्का सदस्य–सचिव तथा रक्षासचिव केदारनाथ शर्माले राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा अवस्थाको समेत समीक्षा गरिएको जानकारी दिए। उनका अनुसार यस्ता घटना पुनः नदोहोरिने गरी संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय बढाउने तथा सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउने विषयमा सहमति भएको छ।

प्रधानसेनापतिको सुरक्षा विश्लेषण

बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले सुनसरीसहित तराई–मधेशमा विकसित घटनाक्रमको सुरक्षा विश्लेषण प्रस्तुत गरेका थिए। उनले तनावग्रस्त जिल्लामा नेपाली सेना आवश्यक समन्वय र सुरक्षा व्यवस्थापनमा सक्रिय रहेको जानकारी दिएका थिए।

हाल सुनसरी, सिरहा र धनुषालगायतका संवेदनशील जिल्लामा नेपाली सेना सुरक्षा निकायसँग संयुक्त रूपमा परिचालित छ। स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु र निषेधाज्ञा कार्यान्वयनमा सेनाले समेत सहयोग गरिरहेको छ।

राजनीतिक र सामाजिक संवादलाई प्राथमिकता

बैठकमा सुरक्षा उपाय मात्र पर्याप्त नहुने निष्कर्ष निकाल्दै राजनीतिक, सामाजिक तथा धार्मिक तहमा संवाद अघि बढाउनुपर्नेमा जोड दिइएको स्रोतले जनाएको छ।

बैठकमा सहभागी सदस्यहरूले प्रधानमन्त्री स्वयंले राष्ट्रका नाममा सम्बोधन गरी नागरिकलाई संयमता अपनाउन, अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव कायम राख्न आह्वान गर्नुपर्ने सुझाव दिएका थिए। सोही सुझावअनुसार प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गरेका हुन्।

त्यसैअनुसार गृहमन्त्री सुधन गुरुङलाई सुनसरी पठाइएको छ। उनले मृतकका परिवार, घाइते, स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, धार्मिक अगुवा तथा नागरिक समाजसँग भेटघाट गरी संवाद अघि बढाउने कार्यक्रम रहेको छ।

मुस्लिम आयोग र हिन्दु संस्थासँग पनि छलफल

साम्प्रदायिक सद्भाव कायम राख्ने उद्देश्यले गृह मन्त्रालयले बिहीबार राष्ट्रिय मुस्लिम आयोग तथा विभिन्न हिन्दु धार्मिक संस्थाका प्रतिनिधिहरूसँग समेत छुट्टाछुट्टै छलफल गरेको जनाएको छ।

सरकारले धार्मिक तथा सामुदायिक नेतृत्वसँगको सहकार्यबाट तनाव कम गर्दै शान्तिपूर्ण वातावरण पुनःस्थापित गर्ने रणनीति अपनाएको जनाएको छ।

सुनसरी घटनाको प्रभाव अन्य जिल्लामा पनि

गत साउन १० गते सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको विवाद हिंसात्मक बन्दा प्रहरीको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने अन्य नौ जना घाइते भएका थिए।

त्यसपछि सिरहा, धनुषा लगायतका जिल्लामा प्रदर्शन, तोडफोड र आगजनीका घटना भएका छन्। सिरहामा भएको प्रदर्शनका क्रममा गोली लागेर १५ वर्षीय गणेश यादवको पनि मृत्यु भएको छ भने केही अन्य व्यक्ति घाइते भएका छन्।

विपद् तयारीबारे पनि समीक्षा

बैठकमा मनसुन सक्रिय रहेकाले बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का सम्भावित जोखिमबारे पनि समीक्षा गरिएको थियो। खोज तथा उद्धार, राहत वितरण र विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सबै निकायबीच समन्वय सुदृढ गर्ने निर्णय भएको जनाइएको छ।

सरकारले सुनसरी घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही, सामाजिक सद्भावको संरक्षण तथा देशभर शान्ति–सुरक्षा कायम राख्न सबै संयन्त्र परिचालन गरिएको जनाएको छ।

यस्तो छ प्रधानमन्त्रीको सम्बोधन :

आदरणीय बुबाआमा, दिदीबहिनी तथा दाजुभाइहरू,

म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईंहरूसामु उपस्थित भएको छु।

१) केही दिनअघि सुनसरीको देवानगन्ज, सिरहा लगायत स्थानमा भएका दुःखद घटना र त्यसपछि केही जिल्लाहरूमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ। यस दुःखद घटनामा परी निधन हुनुभएका हाम्रा नागरिकहरू जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, शोकसन्तप्त परिवारजनहरूमा नेपाल सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु।

२) घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकिएको छ।

३) घटना भएलगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति-सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ। म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो-कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ।

४) अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ। परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ भने स्थानीय तहसम्मै जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ।

५) स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न, पीडित पक्षसँग संवाद गर्न र शान्ति-सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं, सुरक्षा निकायका उच्च अधिकारीहरूसहित घटनास्थलतर्फ प्रस्थान गरिसक्नुभएको छ। साथै, देशको समग्र शान्ति-सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरूसमेत गरिसकिएको छ।

६) यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्तिको प्रचारप्रसार नगर्न/नगराउन अनुरोध गर्दछु। साथै, सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गर्न विशेष आग्रह गर्दछु।

७) प्रत्येक नागरिकको जीउधनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व हो। आगामी दिनमा पनि राज्य थप सतर्क र संवेदनशील रहनेछ। प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्रहरू अहोरात्र खटिनेछन्। शान्ति-सुरक्षा भङ्ग गर्ने, अराजकता फैलाउने वा हाम्रो सदियौँ पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत छ र यस्ता गतिविधिमाथि कडा कदम चालिनेछ।

८) नेपालको संविधानले प्रत्येक नागरिकलाई आ-आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको छ। यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ।

९) धर्म, समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो। संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन। सबै धर्मको मूल सार करुणा, दया, प्रेम र शान्ति नै हो।

१०) देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद घटनालाई लिएर कुनै सिङ्गो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसङ्गत हुन सक्दैन।

आदरणीय बुबाआमा, दिदीबहिनी तथा दाजुभाइहरू,

११) हाम्रो इतिहास साक्षी छ— कठिनभन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रा सबैभन्दा ठूला शक्ति बनेका छन्।

१२) हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्नेछ।

१३) हम आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आ जिम्मेवार सञ्चारके माध्यम सबके धैर्यता आ संयमता अपना क शान्ति, सद्भाव, भाइचारा आ राष्ट्रिय एकता कायम राख के लेल सरकार के तरफ स हार्दिक अपिल के रहल छी।

धन्यवाद।

May be an image of text

May be an image of text

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor