Washington DC, US : February 22, 2025, Saturday 01:35 PM

अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित
स्वतन्त्र, नाफा नकमाउने र १७५ देशमा पढिने डिजिटल पत्रिका
Old Archive >

ताजा समाचार
|लोकतन्त्र लुटतन्त्रमा परिणत भो !|“अबको केही वर्षभित्रै नेपालमा पनि अनलाइनबाट अदालती कामकारबाही अगाडि बढ्ने छ”|आखिर जे नहुनु थियो त्यही भयो – नेपाल सम्पत्ति शद्धीकरणको ‘ग्रे लिष्ट’ मा|नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्था भने विद्यार्थी नपाएर छट्पटाउँदै|अमेरिका देखी नेपाल सम्मका कुरा, स्वतन्त्र कुरा, सत्य कुरा !|७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना|अमेरिकाले तत्कालका लागि बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग रोक्यो|राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिनुस्: पूर्वराजा ज्ञानेन्द्र शाह|केही दिनदेखि सामाजिक सञ्जालमा म लगायत केही लेखकका बारेमा एउटा अफवाह र भ्रम फैलियो|एनआरएनए उच्चस्तरीय समितिले थप ग-यो संघको सदस्य बन्ने मिति

शकुन ज्ञवालीका दुई कविता: सन्तान लाई के थाहा ? र फरक !

  NepalMother.com | १७ माघ २०८१, बिहीबार १२:०८

शकुन ज्ञवाली मुक्तक, कविता, गजल देखी गीत सम्म लेख्छिन, गाउँछिन बाचन गर्छिन । साहित्यिक क्षेत्रमा लामो समय देखी सँलग्न शकुन आफै मा जति सुन्दरी छिन यिनका रचना र प्रस्तुति पनि सुन्दर हुन्छन । हेर्नुस उनका दुई कविता यहाँ पनि ।

सन्तान लाई के थाहा ?

कसका बा-आमा लाई पो लाग्दो हो र
सन्तान आफनो गुड छोडेर
कहाँ हो कहाँ उडुन भन्ने
तर समय बदलिएर त होला
सुनसान छन् गाउँघर
छोराछोरी जती धेरै जसो बिदेशमा
घर कुरेर बस्ने त बुढाबुढी मात्रै ।

बिदेशिनु पर्ने रहर हो या बाध्यता
सन्तान उनैले जानुन्
कस्तो छ बा-आमा ?
सोध्छन फोनमा
यो बुढेसकालको शरीर
बिरामी नै भैरहनछ बार्है महिना
तैपनि सन्चै छौ भन्नै पर्यो फोनमा ।

बा-आमा लाई पैसा पठाएका छौ भनेर
ढुक्क हुदाहुन् हाम्रा सन्तान
बा-आमा लाई पैसा होइन सन्तान
साथमा भए पो ढुक्क लाग्छ
महंगा कपडा र गहना पठाई रहन्छन्
बेला बेला
कसलाई देखाउन लगाउनु
ति कपडा र गहना
यो उमेरमा ।

चाडपर्बमा अरुका छोराछोरी
जम्मा भएको देख्दा
हामी हाम्रा सन्तान सम्झेर
कती रुन्छौ त्यसको के को हिसाब ।

कमजोर शरीर धमिलिएका आखाँ
चियामा चिनी हालेँ भन्दै कयौ पटक
नुन हालेकी छ बुढीले
मिठो चोखो नपाकेको बर्षौ भैसक्यो
कसका लागी पकाउनु मिठो खानेकुरा
लुछाचुडी गरेर खाने सन्तान छैनन् साथमा
हामी बुढाबुढि
औषधिकै भरमा
छ यो जिबन ।

छोराछोरी हुर्कदां साघुरों लाग्ने यो घर
पाहुनां आउदा सुताउन नपुग्ने घर
अहिले हामी बुढाबुढी लाई
डरलाग्दो भएको छ यो घर
छोराछोरी खेल्ने चिल्लो आगन
झार उम्रेर खरबारी जस्तो
भएको छ अचेल ।

बुढी बिरामी पर्छे मैले तातोपानी
तताएर खान दिन्छु
म खोकीले थला पर्छु
बुढीले खकार सोहोर्छे ।

कहिले छोराछोरी हुर्काउदाको दुख
सम्झेर रुन्छौ बुढाबुढी छिन मै
छोराछोरीले हसाएका पल हरु
सम्झिएर हास्छौ |

कहिले म भक्कानिन्छु
बुढीले सम्झाउछे
कहिले बुढी डाको छोडेर रुन्छे
मैले आशु पुछिदिन्छु
कुनै कुनै रात त आखै झिम्मिक नगरी
उज्यालो पो हुदोरैछ
हिजो आज साच्चै केटाकेटी जस्तो
छिनमै हास्ने र छिनमै रुने
भएका छौ बुढाबुढी ।

बगैचामा फुर्र फुर्र उडने पुतली र
चराचुरुंगी संग बात मार्छौ
घरका भित्ता हेरेर दिन बिताउछौ
आशुले पिर सारा पखाल्छौ
हाम्रा यि सबै दुखाई
हाम्रा अनुभुती
हाम्रा भोगाई
हाम्रा सन्तान लाई के थाहा ?

फरक

सुन्दर कल्पनाहरु पोको पारी
आफु भन्दा धेरै ठुला ठुला
सपनाका चाङ्ग बोकी
आमाले पकाएको खाएर
कलेज हिडने २० २१ बर्षे
कलिलो उमेरमै
विदेश पढने हुटहुटीले
टोफल ,आइ एल टिस गर्दै
विभिन्न कागजपत्र बनाउन
दौडिएको म
भिषा लाग्दाको दिन संसारै जिते जस्तो
खुशीले रातभरी ननिदाएको म ।

आज सम्झन्छु
आमाका ति शब्दहरु
न जा बाबु विदेश पढन
अरुका छोराछोरी
नेपालमै पढेर भा छ
तलाई मात्रै किन जानु पर्ने ?
आफै पकाएर एक छाक त
खाएको छैनस तैले
कसरी बस्न सक्छस त्यो ठाउँमा
यिनै कुरा आमाले बोलिरहदा
मेरी आमा लाई केहि थाहा छैन सोच्ने म
कत्ति बेबकुफ रैछु त्यो बेला म ।

सात आठ बर्ष बितिसक्दा समेत
अझै ब्याचलर गर्न सक्या छैन मैले
भिषा थप्दै बस्दै ठिक्क छ
कलेज कै फि तिर्न मरीमरी काम गर्यो
पढ्न क्लासमा गयो निद्रा बाहेक केहि लाग्दैन
उता म संगै पढेका साथीहरु नेपालमै
डाक्टर र इन्जिनियर बनिसके पोहोर परारै ।

मेरो दुख को संग बिसाउ
आमालाई सुनाउ आमालाई झन् पिर
बुवालाई पनि तनाब दिन चाहान्न म
त्यसै त सुगरको बिरामी बुवा
बैनी तै संग फुकाउदै छु गाँठो ।

तँलाई लाग्दो हो दाई विदेश गएर पनि
केहि पठाई दिन्न कोशेली
अरुका दाजुहरुले कत्ति धेरै कोशेली ल्याइदिञ्छन
बरु काम मात्रै गर्नेले त कमसेकम काम
गर्न त पाउछन् खुरुखुरु
बिद्यार्थी त तोकिएको घण्टा बाहेक
काम गर्ने नपाउने
बल्लतल्ल फि तिर्ने पैसा कमाउछु बैनी ।

नेपाल बाट पैसा मगाएर बिदेशमा कलेज पढ्ने
हैसियत कुन नेपाली को होला खै
बाउले भ्रष्टाचार गरी धन थुपार्नेका सन्तानले
मात्रै सक्दा हुन्
हामी जस्ताले कहाँ सक्नु र बैनी ।

मलाई मायाँ गर्ने को नै छ र यहाँ
यति धेरै मानिस को भिडमा समेत
नितान्त एक्लो छु म
न कुनै खुशी उमङ्ग
न त चाडपर्ब नै आउछ मेरो लागी
अहिले त सपना पनि केहि छैन जिबन को
यो सबै रोज्ने म आफै
गुनासो छैन कसैसंग ।

तर मेरी बैनी तँलाई यत्ति भन्छु
दाई विदेश पढ्न गा छ भन्दै
फुर्ति नलगाउनु कसैसंग
पढ्नेले जति पनि नेपाल मै पढ्न सक्छ
यसो भन्दैमा विदेश पढ्नै नजानु भन्या होइन मैले
आउने भए छात्रवृत्ति आउनु
या त मास्टर गर्न आउनु
तर प्लस टु गर्न नपाउदै
लहैलहैमा विदेश पढ्न हुत्तिने सपना नदेख्नु बैनी
तँ बुझ्ने भएकी छस त्यसैले भन्दैछु
सुनेको विदेश र भोगेको विदेश
आकाश पातालको फरक छ बैनी
धेरै फरक छ ।

– शकुन ज्ञवाली

Go to Home Page

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।