Washington DC, US : April 24, 2026, Friday 06:17 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|“मसँग त संसारभरको समय छ, तर इरानसँग छैन, समय सकिँदै छ।” : ट्रम्प|मध्यपूर्वमा चर्किँदै गएको तनावबीच इरान र अमेरिकाबीचको शान्ति प्रयासमा गम्भीर अवरोध|चीनको औद्योगिक सहरहरूको भित्री गल्लीमा देखिने दृश्य अहिले विश्व अर्थतन्त्रको बदलिँदो यथार्थको प्रतिबिम्ब|Breaking News : गृहमन्त्री सुदन गुरुङ पनि चट, एक महिना भित्रै दुइ मन्त्री चट हुनु सुभ संकेत होइन है ! जोशमा होस पुर्याउ, आशाहरु निराशामा परिणत नहोउन है बालेंन सरकार !|श्री एयरलाइन्स लिमिटेड अब अन्तरराष्ट्रिय आकाशमा उडान भर्ने तयारीमा|अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँगको युद्धविराम थप गर्ने घोषणा गरे|राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न पुनः निक्षेप संकलन उपकरण प्रयोग गर्ने|होर्मुज बन्द भएपछि सयौँ व्यावसायिक तेल ट्यांकरहरू दुवै किनारमा अलपत्र|Breaking News : अमेरिकाको लुइसियानामा एक व्यक्तिले आठ बालबालिकाको गोली हानी हत्या गरे|अमेरिकाबाट कति नेपाली डिपोर्ट भए ? कुन जिल्लाका कति ? कस्तो छ अवस्था ?

शकुन ज्ञवालीका दुई कविता: सन्तान लाई के थाहा ? र फरक !

  NepalMother.com | १७ माघ २०८१, बिहीबार १२:०८

शकुन ज्ञवाली मुक्तक, कविता, गजल देखी गीत सम्म लेख्छिन, गाउँछिन बाचन गर्छिन । साहित्यिक क्षेत्रमा लामो समय देखी सँलग्न शकुन आफै मा जति सुन्दरी छिन यिनका रचना र प्रस्तुति पनि सुन्दर हुन्छन । हेर्नुस उनका दुई कविता यहाँ पनि ।

सन्तान लाई के थाहा ?

कसका बा-आमा लाई पो लाग्दो हो र
सन्तान आफनो गुड छोडेर
कहाँ हो कहाँ उडुन भन्ने
तर समय बदलिएर त होला
सुनसान छन् गाउँघर
छोराछोरी जती धेरै जसो बिदेशमा
घर कुरेर बस्ने त बुढाबुढी मात्रै ।

बिदेशिनु पर्ने रहर हो या बाध्यता
सन्तान उनैले जानुन्
कस्तो छ बा-आमा ?
सोध्छन फोनमा
यो बुढेसकालको शरीर
बिरामी नै भैरहनछ बार्है महिना
तैपनि सन्चै छौ भन्नै पर्यो फोनमा ।

बा-आमा लाई पैसा पठाएका छौ भनेर
ढुक्क हुदाहुन् हाम्रा सन्तान
बा-आमा लाई पैसा होइन सन्तान
साथमा भए पो ढुक्क लाग्छ
महंगा कपडा र गहना पठाई रहन्छन्
बेला बेला
कसलाई देखाउन लगाउनु
ति कपडा र गहना
यो उमेरमा ।

चाडपर्बमा अरुका छोराछोरी
जम्मा भएको देख्दा
हामी हाम्रा सन्तान सम्झेर
कती रुन्छौ त्यसको के को हिसाब ।

कमजोर शरीर धमिलिएका आखाँ
चियामा चिनी हालेँ भन्दै कयौ पटक
नुन हालेकी छ बुढीले
मिठो चोखो नपाकेको बर्षौ भैसक्यो
कसका लागी पकाउनु मिठो खानेकुरा
लुछाचुडी गरेर खाने सन्तान छैनन् साथमा
हामी बुढाबुढि
औषधिकै भरमा
छ यो जिबन ।

छोराछोरी हुर्कदां साघुरों लाग्ने यो घर
पाहुनां आउदा सुताउन नपुग्ने घर
अहिले हामी बुढाबुढी लाई
डरलाग्दो भएको छ यो घर
छोराछोरी खेल्ने चिल्लो आगन
झार उम्रेर खरबारी जस्तो
भएको छ अचेल ।

बुढी बिरामी पर्छे मैले तातोपानी
तताएर खान दिन्छु
म खोकीले थला पर्छु
बुढीले खकार सोहोर्छे ।

कहिले छोराछोरी हुर्काउदाको दुख
सम्झेर रुन्छौ बुढाबुढी छिन मै
छोराछोरीले हसाएका पल हरु
सम्झिएर हास्छौ |

कहिले म भक्कानिन्छु
बुढीले सम्झाउछे
कहिले बुढी डाको छोडेर रुन्छे
मैले आशु पुछिदिन्छु
कुनै कुनै रात त आखै झिम्मिक नगरी
उज्यालो पो हुदोरैछ
हिजो आज साच्चै केटाकेटी जस्तो
छिनमै हास्ने र छिनमै रुने
भएका छौ बुढाबुढी ।

बगैचामा फुर्र फुर्र उडने पुतली र
चराचुरुंगी संग बात मार्छौ
घरका भित्ता हेरेर दिन बिताउछौ
आशुले पिर सारा पखाल्छौ
हाम्रा यि सबै दुखाई
हाम्रा अनुभुती
हाम्रा भोगाई
हाम्रा सन्तान लाई के थाहा ?

फरक

सुन्दर कल्पनाहरु पोको पारी
आफु भन्दा धेरै ठुला ठुला
सपनाका चाङ्ग बोकी
आमाले पकाएको खाएर
कलेज हिडने २० २१ बर्षे
कलिलो उमेरमै
विदेश पढने हुटहुटीले
टोफल ,आइ एल टिस गर्दै
विभिन्न कागजपत्र बनाउन
दौडिएको म
भिषा लाग्दाको दिन संसारै जिते जस्तो
खुशीले रातभरी ननिदाएको म ।

आज सम्झन्छु
आमाका ति शब्दहरु
न जा बाबु विदेश पढन
अरुका छोराछोरी
नेपालमै पढेर भा छ
तलाई मात्रै किन जानु पर्ने ?
आफै पकाएर एक छाक त
खाएको छैनस तैले
कसरी बस्न सक्छस त्यो ठाउँमा
यिनै कुरा आमाले बोलिरहदा
मेरी आमा लाई केहि थाहा छैन सोच्ने म
कत्ति बेबकुफ रैछु त्यो बेला म ।

सात आठ बर्ष बितिसक्दा समेत
अझै ब्याचलर गर्न सक्या छैन मैले
भिषा थप्दै बस्दै ठिक्क छ
कलेज कै फि तिर्न मरीमरी काम गर्यो
पढ्न क्लासमा गयो निद्रा बाहेक केहि लाग्दैन
उता म संगै पढेका साथीहरु नेपालमै
डाक्टर र इन्जिनियर बनिसके पोहोर परारै ।

मेरो दुख को संग बिसाउ
आमालाई सुनाउ आमालाई झन् पिर
बुवालाई पनि तनाब दिन चाहान्न म
त्यसै त सुगरको बिरामी बुवा
बैनी तै संग फुकाउदै छु गाँठो ।

तँलाई लाग्दो हो दाई विदेश गएर पनि
केहि पठाई दिन्न कोशेली
अरुका दाजुहरुले कत्ति धेरै कोशेली ल्याइदिञ्छन
बरु काम मात्रै गर्नेले त कमसेकम काम
गर्न त पाउछन् खुरुखुरु
बिद्यार्थी त तोकिएको घण्टा बाहेक
काम गर्ने नपाउने
बल्लतल्ल फि तिर्ने पैसा कमाउछु बैनी ।

नेपाल बाट पैसा मगाएर बिदेशमा कलेज पढ्ने
हैसियत कुन नेपाली को होला खै
बाउले भ्रष्टाचार गरी धन थुपार्नेका सन्तानले
मात्रै सक्दा हुन्
हामी जस्ताले कहाँ सक्नु र बैनी ।

मलाई मायाँ गर्ने को नै छ र यहाँ
यति धेरै मानिस को भिडमा समेत
नितान्त एक्लो छु म
न कुनै खुशी उमङ्ग
न त चाडपर्ब नै आउछ मेरो लागी
अहिले त सपना पनि केहि छैन जिबन को
यो सबै रोज्ने म आफै
गुनासो छैन कसैसंग ।

तर मेरी बैनी तँलाई यत्ति भन्छु
दाई विदेश पढ्न गा छ भन्दै
फुर्ति नलगाउनु कसैसंग
पढ्नेले जति पनि नेपाल मै पढ्न सक्छ
यसो भन्दैमा विदेश पढ्नै नजानु भन्या होइन मैले
आउने भए छात्रवृत्ति आउनु
या त मास्टर गर्न आउनु
तर प्लस टु गर्न नपाउदै
लहैलहैमा विदेश पढ्न हुत्तिने सपना नदेख्नु बैनी
तँ बुझ्ने भएकी छस त्यसैले भन्दैछु
सुनेको विदेश र भोगेको विदेश
आकाश पातालको फरक छ बैनी
धेरै फरक छ ।

– शकुन ज्ञवाली

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।