पानी त हौ तिमी , नभई नहुने अर्थमा ।
पानी झैँ भएर बग्ययो तिमी हुनु पर्ने अर्थमा ।
तर पानी ख्वै तिम्रो आकार , तिम्रो विश्वास ।
पानी नहुँदा हाम्रो जीवन मरुतुल्य हुन्छ
मृत्युतुल्य नै हुन्छ सारा संसार ।
तर यही पानीले हामीलाई दुश्मनी गराउँछ ,
पानी बाराबार गराउँछ , टाढा गराउँछ ।
भन्छन् कोही त्यो त पानी नचल्ने जात पो हो त ।
मान्छेको जात नै बदलिदिन्छ पानीले ।
पानीले मान्छेलाई पवित्र , सफा अनि स्वस्थ बनाउँछ ।
अहिले पानी काल भएर आएको छ
कैँयो मान्छेलाई अनाहकमा टिपेर लगेको छ पानीले
पानी आगो राजाको नजीक नहुनू भन्छन्
अहिले पानी हाम्रो धेरै नजीक आएको छ
आफ्नो कला बाकेर
स्वागत गर्ने कि विदाई ?
Sketch by Narendra Kansakar
प्रतिक्रिया