Washington DC, US : January 16, 2026, Friday 10:24 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|ट्रम्पले ग्रिनल्यान्डलाई अमेरिकामा गाभ्ने आफ्नो महत्वाकांक्षामा साथ नदिने देशहरूमाथि भन्सार कर (ट्यारिफ) लगाउने चेतावनी|इरानका अन्तिम राजाका निर्वासित छोरा अर्थात युबराज रेजा पहलवीले विश्व समुदायलाई इरानमा भइरहेको सरकारविरोधी आन्दोलनलाई सहयोग गरी वर्तमान शासन ढाल्न आह्वान|आमा म त खरानीबाट उठेर आएँ !|Breaking News: देउबा गुटलाई ठुलो झड्का, निर्वाचन आयोगले नेपाली कांग्रेसको गगन थापा पक्षलाई मान्यता, असन्तुष्ट पक्ष सर्वोच्च अदालत जाने|प्रचण्ड माधबका सपना यसरी पुरा होलान ?|नेपाली हामी रहौंला कहाँ नेपालै नरहे !|एलन मस्कले भने जस्तै भयो भने संसार भविष्यमा कस्तो होला ?|Breaking News : देउबा र उनका ६ भाइकै कारण कांग्रेस फुट्यो, बिशेष महाधिबेशनले गगन लाइ बनायो सभापति, देउबाले निकाले गगन र विश्व प्रकाश, अब के हुन्छ ?|अन्तर्राष्ट्रिय अनुमति नलिएका सबै उडानका लागि इरानको हवाई क्षेत्र अस्थायी रूपमा बन्द, मध्यपूर्वमा तनाव|Breaking News : अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धसम्बन्धी अधिकार सीमित गर्ने द्विदलीय प्रयास अन्तत विफल

Breaking News : बेलायतमा नेपाली विद्यार्थीहरूको आत्महत्या र असामयिक मृत्युदर बढ्दै, साबधान अभिभाबकहरु !

  NepalMother.com | १५ श्रावण २०८२, बुधबार ०७:२४

लन्डन / नेपालबाट देखासिकी गर्दै १२ कक्षा उतिर्ण हुँदा नहुँदै आफ्ना छोरा छोरी बिदेश पठाउन आत्तुर अभिभाबकहरु, बिदेश पढ्न जान भने पछि हुरुक्क हुने कलिला बिद्यार्थीहरु, अनि सपनाको महल देखाएर पैसा असुलेर ती कलिला बिद्यार्थीलाई बिदेश घुचेट्ने कन्सल्टेन्सीहरु सबैका लागि अमेरिका देखि युरोप सम्म, अस्ट्रेलिया देखि संसारका विभिन्न देश सम्म खतराको घन्टी बज्न थालेको धेरै भैसकेको छ तर पनि हामी अझै निन्द्रा मै छौं।
पछिल्लो समय बेलायतमा पनि अध्ययन गर्न गएका नेपाली विद्यार्थीहरूको असामयिक मृत्यु र आत्महत्याको घटनामा चिन्ताजनक वृद्धि भएको छ। पारिवारिक ऋणको बोझ, बेरोजगारी, मानसिक तनाव, सम्बन्धविच्छेद, होमसिकनेस, अपरिपक्वता र मार्गदर्शनको अभाव जस्ता विविध कारणले बेलायतमा बसोबास गरिरहेका धेरै नेपाली विद्यार्थीहरू संकटमा परेका छन्।

१. तीन महिनामा चार नेपाली विद्यार्थीको मृत्यु

  • विपिन न्यौपाने (२७), गुल्मी: सन् २०२४ को जुन १४ मा लन्डनस्थित वेम्बली स्टेडियमभित्र कार्यस्थलमै मृत अवस्थामा भेटिए। डेढ वर्षअघि मास्टर्स पढ्न बेलायत आएका उनले सेन्ट जोन युनिभर्सिटीबाट स्नातकोत्तर सकेर PSW भिसामा पूर्णकालीन काम सुरु गरेका थिए।

  • सुशान ओली, रुकुम पश्चिम: २३ अप्रिलमा लन्डनबाट सम्पर्कविहीन भए। पाँच दिनपछि उनको शव थेम्स नदी किनारमा भेटियो। कोभेन्ट्री युनिभर्सिटीमा अध्ययनरत थिए।

  • सुजल बराल (२०), झापा: युनिभर्सिटी अफ वेस्ट लन्डनका विद्यार्थी सुजल ससेक्सको बिचिहेड समुद्र किनारको ५०० मिटर भीरबाट तल मृत भेटिए।

  • ओमी प्रजापति (३०), भक्तपुर: नर्दन आयरल्यान्डको बेलफास्टस्थित निवासमा सुतिरहेकै अवस्थामा मृत भेटिए।

यी घटनाहरू नेपाली समुदाय, लन्डन प्रहरी, र नेपाली दूतावासको पहलमा सार्वजनिक भएका हुन्। यस्ता धेरै घटनाहरू चाहिँ गोप्य नै रहन्छन्।


२. दूतावासको गम्भीर चिन्ता र अध्ययन आवश्यकताको औँल्याइ

लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडी भन्छन्:

“हामीले थाहा पाउने अधिकांश घटनाहरू साथीभाइ वा आफन्तजनले जानकारी गराएपछि मात्र हो। धेरै घटनाहरू कहिल्यै बाहिर आउँदैनन्। अहिले यस्ता घटनाहरूको गहिरो अध्ययन आवश्यक भइसकेको छ।”

उनका अनुसार विद्यार्थीहरूले आत्महत्या गर्नु वा कुलतमा फस्नुका प्रमुख कारणहरूमध्ये यिनीहरू हुन्:

  • नेपालमा लिएको उच्च ऋण र बेलायतमा कामको अभावले आर्थिक तनाव

  • छिटो पैसा कमाउने अधैर्यता र त्यो पूरा नहुनु

  • पढाइको चाप र व्यक्तिगत जीवन व्यवस्थापन गर्न कठिनाइ

  • कागजी विवाहपछि डिभोर्स र मानसिक असर

  • अपरिपक्व उमेर र नकारात्मक संगत

  • होमसिकनेस (घरको याद) र ‘प्रोपर गाइडेन्स’ नपाउनु

३. कागजी विवाह र सम्बन्ध विच्छेदको बढ्दो प्रचलन

बेलायतमा नेपाली विद्यार्थीहरूले कागजी विवाह गरेर डिपेन्डेन्टको रुपमा भिसा लिने प्रवृत्ति बढ्दै गएको छ। तर सम्बन्ध विग्रिएपछि सम्बन्धविच्छेद, मानसिक दबाब र डिप्रेशनले गम्भीर असर पारिरहेको उपनियोग प्रमुख दुवाडी बताउँछन्।

दूतावासले २०८१/८२ सालमा मात्रै ५५४ वटा आधिकारिक वारेसनामा जारी गरेको छ, जसमा अधिकांश सम्बन्धविच्छेदसम्बन्धी रहेको जानकारी दिएको छ।


४. बेलायतमा जागिरको अभाव र विद्यार्थीको थिचोमिचो

बेलायतमा अहिले नेपाली विद्यार्थीहरूलाई जागिर पाउनु झनै कठिन बन्दै गएको छ। जागिर नभएपछि नेपालतर्फ पठाउनु पर्ने खर्च, आफ्नो बसोबास, खानेबस्ने सबै व्यवस्थाको भारले विद्यार्थीहरू मानसिक रूपमा पीडित भइरहेका छन्।

दुवाडी भन्छन्,

“नेपालबाट दैनिकजसो हामीलाई जागिर खोजिदिन अनुरोध आउने फोन आउँछन्, तर हामी के गर्ने? अवस्था यति गाह्रो छ कि हामी आफैं केही गर्न सक्दैनौं।”


५. बेलायतमै आत्महत्याको २५ वर्षयताकै उच्च दर

हाउस अफ कमन्स लाइब्रेरीको प्रतिवेदनअनुसार सन् २०२३ मा मात्र इंग्ल्याण्ड र वेल्समा ६,०६९ आत्महत्या दर्ता भए, जुन अघिल्लो वर्षको तुलनामा १६% ले वृद्धि भएको हो। यसअघि २०२२ मा ५,६४२ आत्महत्या भएका थिए।

एक अध्ययनले देखाउँछ, बेलायतमा हुने कुल आत्महत्यामध्ये १० प्रतिशत कामसँग सम्बन्धित हुन्छन्।


६. विश्वव्यापी अवस्था र डब्लुएचओको चेतावनी

विश्व स्वास्थ्य संगठन (WHO) अनुसार:

  • हरेक वर्ष ७ लाख २७ हजारभन्दा बढी मानिस आत्महत्या गर्छन्।

  • १५–२९ वर्ष उमेर समूहमा मृत्युको तेस्रो प्रमुख कारण आत्महत्या हो।

  • विश्वव्यापी आत्महत्यामध्ये ७३% न्यून वा मध्यम आय भएका मुलुकमा हुने गर्दछ।

संगठनका अनुसार आत्महत्याको कारण सामाजिक, सांस्कृतिक, आर्थिक, मानसिक, र जैविक पक्षहरूसँग जोडिएको हुन्छ।

विद्यार्थीहरू विदेश जाँदा उनीहरूको मानसिक, भावनात्मक र सामाजिक तयारिपनाको गहिरो मूल्यांकन हुनुपर्छ। केवल शैक्षिक प्रमाणपत्र र ऋण लिने सामर्थ्यले मात्र विदेशको कठोर यथार्थ झेल्न सकिँदैन। परिवार, समाज र राज्यले बेलायतजस्ता देशमा रहेका नेपाली युवाहरूको वास्तविकता बुझेर समयमै उचित सहयोग, परामर्श र संरचनात्मक नीतिको विकास गर्न आवश्यक छ।

 

 

 

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

 

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।