अन्तराष्ट्रिय नेपाली साहित्य समाज, फ्रान्स च्याप्टरको आयोजनामा फ्रान्सको राजधानी पेरिसमा लेखक, यात्री तथा विमान चालक बेद उप्रेती ज्यु सङ्ग साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ। १७ जुलाई २०२५ का दिन साँझ ४ बजेदेखि ६ बजेसम्म अन्तरक्रिया कार्यक्रम भएको थियो। अनेसास फ्रान्सका कार्यसमिति सदस्य श्री सन्ध्या शर्माको संयोजकत्वमा भएको उक्त कार्यक्रममा लेखक बेद उप्रेती, भाषाविद प्राध्यापक राम पाण्डे ,अनेसासका फ्रान्सका पदाधिकारीहरू, अनेसास केन्द्रका प्रतिनिधि श्री दिल्ली अम्माई लगायत फ्रान्सवासी नेपाली हरूको उपस्थिति थियो। कार्यक्रममा बेद उप्रेती ज्यूले आफ्नो विमान चालक जीवनको अनुभव, प्रकाशित पुस्तकहरू, लेखनमा प्रेरणाको स्रोत तथा नेपालमा ३ वटा सङ्ग्राहालय बनाउने विचारको सुरुवातीदेखि झेल्नुपरेको समस्याहरू लगायतका विषयमा चर्चा गर्नुभएको थियो।
कार्यक्रमको उत्तरार्धमा बेद उप्रेती र सहभागीहरू प्रश्नोत्तर कार्यक्रम पनि राखिएको थियो। १ लाख अमेरिकन डलर व्यक्तिगत खर्च जुटाएर नेपालमा पहिलो हवाई सङ्ग्राहालय स्थापना गर्नु भएको जानकारी गराउनु भयो । लेखक सुदूरपश्चिममा जन्मिनु भएको र आफूले पाइलट पढ्न धेरै सङ्घर्ष गर्नु परेकोले भावी पिँढीलाई लाई सहज होस् भनेर पाइलट प्रेम शीर्षक को पुस्तक प्रकाशनमा ल्याउनु भएको छ । पुस्तकमा विमान चालक बन्न के कस्ता कदम चाल्नु पर्ने र के कस्ता समस्या हरू सँग जुध्न सक्नु पर्छ भनेर लेखक ले पुस्तकमा प्रकाश पार्नु भएको छ । लेखक ४२ वर्ष देखि पाइलट पेशा गर्नु हुदैछ। देशका अन्य क्षेत्रहरमा विविध सामाजिक कार्यहरू पनि गरिरहनु भएको जानकारी गराउनु भयो ।

प्रतिक्रिया