Washington DC, US : October 24, 2025, Friday 06:09 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)
                                                                  Old Archive > 

ताजा समाचार
|BREAKING NEWS : उत्तर कोरियाले मिसाइल प्रणालीको सफल परीक्षण, कोरियाली प्रायद्वीप फेरि एकपटक उच्च सैन्य तनावको घेरामा|गाजामा युद्धविरामपछि अब इजरायल वेस्ट बैंक कब्जा गर्ने तयारीमा, अमेरिका र भेनेजुएलाबीचको सम्बन्ध फेरि एकपटक द्वन्द्वपूर्ण|राजधानीको माइतीघर मण्डलमा शहीदहरूको सम्झनामा आयोजित सामूहिक भाइटीका कार्यक्रममा एकताको सन्देश|Breaking News : अमेरिका र रूसबीच हुने भनिएको उच्चस्तरीय नेतृत्व शिखर बैठक अनिश्चितकालका लागि स्थगित|Breaking News : युक्रेनमाथि रूसले गरेको ड्रोन र मिसाइल आक्रमणमा कम्तीमा सात जनाको मृत्यु, विद्यालयमा क्षेप्यास्त्र|२० बर्ष अघिनै खण्डन गरेको कुरा फेरि खण्डन गर्नु पर्दा !|आहा यी फूल मालाहरु हेर्दा मन नेपालमै पुग्यो, तिहार सम्झायो|From Kathmandu to New York|अब जाग्नु पर्छ : हेम सरिता पाठक फाउन्डेसन|अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियालाई दिँदै आएको सबै प्रकारको अमेरिकी सहयोग र अनुदान बन्द गर्ने घोषणा गरे

युरोप र मेक्सिकोका वस्तुहरूमा ३०% महसुल लगाइने ट्रम्पको चेतावनी लस एन्जलसमा DHS द्वारा सञ्चालन गरिएको आप्रवासन छापा अभियानलाई असंवैधानिक ठहर गरिन एक न्यायाधिशले

  NepalMother.com | २८ असार २०८२, शनिबार १५:२५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार युरोपियन युनियन (ईयू) र मेक्सिकोबाट आयात हुने वस्तुहरूमा ३० प्रतिशतसम्मको नयाँ महसुल लगाउने घोषणा गरेका छन्। जनवरीमा दोस्रो कार्यकाल सम्हालेयता उनले सुरु गरेको भन्सार नीति अभियानले विश्व व्यापार प्रणालीमा ठूलो उथलपुथल ल्याइरहेको छ।

“संयुक्त राज्य अमेरिका युरोपियन युनियनसँग व्यापार सन्तुलन कायम गर्ने प्रयासमा सहकार्य गर्न तयार छ, तर अब निष्पक्ष र सन्तुलित व्यापार चाहिन्छ,” ट्रम्पले युरोपियन आयोगकी अध्यक्ष उर्सुला भन डेर लायनलाई लेखेको पत्रमा उल्लेख गरेका छन्। सो पत्र उनले ट्रुथ सोशलमा सार्वजनिक गरेका थिए।

ईयू र मेक्सिको पनि ती देशहरूको सूचीमा परेका छन् जसका वस्तुहरूमा अगस्त १ बाट नयाँ महसुल दर लागू हुनेछ। ट्रम्पले यसै साता सार्वजनिक गरिरहेका पत्रहरूमा केही वस्तुहरूमा ४० प्रतिशतसम्म महसुल लगाइने उल्लेख छ।

ट्रम्पका अनुसार सबै आयातमा ३०% महसुल लाग्नेछ, तर “सेक्टोरल ट्यारिफ” अन्तर्गतका वस्तुहरू — जस्तै गाडीमा लाग्ने २५% महसुल — भने अलग हुनेछन्।

युरोपियन आयोग प्रमुख भन डेर लायनले वक्तव्य जारी गर्दै अगस्त १ भित्र समझौता गर्न ईयू तयार रहेको बताइन्। तर, उनले ३०% महसुलले दुवै पक्षका आपूर्ति श्रृंखला, व्यवसाय र उपभोक्तालाई गम्भीर असर पुर्‍याउने चेतावनी दिइन्। “युरोपेली हितको संरक्षणका लागि आवश्यक सबै कदम चालिनेछ,” उनले भनिन्।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले पनि एक्समार्फत समर्थन जनाउँदै भने, “युरोपेली आयोगले दृढतापूर्वक युरोपका हितको रक्षा गर्नुपर्छ। यदि अगस्त १ सम्म सम्झौता भएन भने प्रतिवादका लागि सबै उपाय प्रयोग गर्नुपर्छ।”

मेक्सिकोतर्फ हेर्दा, अमेरिकी–मेक्सिकन–क्यानाडा व्यापार सम्झौता (USMCA) अनुसार अधिकांश वस्तुहरूमा अहिले शूल्क लागिरहेको छैन। तर ट्रम्पले मेक्सिकन राष्ट्रपति क्लाउडिया शेनबाउमलाई लेखेको पत्रमा भने, “फेन्टानिलको ओसारपसार रोक्न हामी बाध्य भएर ट्यारिफ लगाउनुपरेको हो।”

“मेक्सिकोले केही प्रयास गरेको छ, तर त्यो पर्याप्त छैन,” ट्रम्पले लेखेका छन्।

मेक्सिकोका अर्थमन्त्री मार्सेलो एब्रार्डले एक्समा लेख्दै भने, “शुक्रबारको भेटमा अमेरिकालाई यो नयाँ भन्सार नीति अनुचित हुने र हामी सहमत छैनौं भनेर जानकारी दिएका छौँ।” यद्यपि, उनीहरू समाधान खोज्न वार्ता गरिरहेको उनले स्पष्ट पारे।

ट्रम्पले आफ्नो पत्रमा लेखेका छन् कि यदि अमेरिकाबाट आयात हुने वस्तुमा कुनै देशले प्रतिशोधस्वरूप महसुल बढायो भने त्यो दरमा थप ३०% थपिनेछ। “तपाईंहरूले कति प्रतिशत बढाउनुहुन्छ, त्यो दर हाम्रो ३०% ट्यारिफमा थपिनेछ,” उनले लेखे।

युरोपेली युनियन र मेक्सिकोमा लागु हुने ट्यारिफको पछाडि “टैरिफ र नन-टैरिफ व्यापार अवरोधहरू” जिम्मेवार रहेको ट्रम्पले बताए।

अमेरिकी प्रशासन विशेषगरी मूल्य–वृद्धि कर (Value-Added Tax) र डिजिटल सेवा करप्रति असन्तुष्ट छ, जुन युरोपका थुप्रै देशमा लागू गरिएको छ। डिजिटल सेवा करअनुसार अनलाइन कम्पनीहरूले कमाएको सम्पूर्ण आम्दानीमा कर लाग्ने गर्दछ — चाहे कम्पनी नाफामा होस् या घाटामा।

ट्रम्पले युरोपेली युनियनमाथि बारम्बार “इमान्दार वार्ता नगरेको” आरोप लगाउँदै आएका छन्। दुई महिना अगाडि उनले जुन १ देखि ५०% महसुल लगाउने तयारीसमेत गरेका थिए।

मे २०२५ मा ट्रम्पले ट्यारिफको धम्की दिएपछि अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसन्टले फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा भनेका थिए, “ईयूका प्रस्तावहरू अन्य व्यापार साझेदारहरूको तुलनामा कमजोर छन्।”

यसअघि ट्रम्पले क्यानडाबाट आउने केही वस्तुहरूमा पनि ३५% महसुल लगाउने चेतावनी दिएका थिए।

Tariff rates for select trade partners

Includes country-specific “reciprocal” tariffs

Trading
partner
Previously enacted
or threatened
Newly
announced
Share of
U.S. imports
E.U. +20% +30% 18.5%
Mexico* +25% +30% 15.5%
Canada* +25% +35% 12.6%
Japan +24% +25% 4.5%
South Korea +25% +25% 4.0%
Thailand +36% +36% 1.9%
Malaysia +24% +25% 1.6%
Brazil* +10% +50% 1.3%
Indonesia +32% +32% <1%
South Africa +30% +30% <1%
Philippines +17% +20% <1%
Cambodia +49% +36% <1%
Bangladesh +37% +35% <1%
Iraq +39% +30% <1%
Sri Lanka +44% +30% <1%
Algeria +30% +30% <1%
Kazakhstan +27% +25% <1%
Libya +31% +30% <1%
Tunisia +28% +25% <1%
Serbia +37% +35% <1%
Laos +48% +40% <1%
Myanmar +44% +40% <1%
Brunei +24% +25% <1%
Bosnia and Herzegovina +35% +30% <1%
Moldova +31% +25% <1%

Sources: White House, Observatory of Economic Complexity

Note: Previously threatened rates refer to the “reciprocal” tariff rates that were originally imposed on April 1. Brazil, Canada and Mexico were not specifically targeted on April 1. Brazil was subject to a 10 percent global rate. Many goods from Canada and Mexico not covered by the North American trade agreement have been subject to a 25 percent tariff this year.

लस एन्जलस आप्रवासन छापामा जातीयता र भाषाका आधारमा पक्राउ गर्नु असंवैधानिक : अमेरिकी संघीय अदालतको फैसला

यसै बिच अमेरिकाको संघीय न्यायाधीश मामा इवुसी–मेन्साह फ्रिमपोंगले शुक्रबार  फैसला सुनाउँदै लस एन्जलसमा अमेरिकी गृह सुरक्षा विभाग (DHS) द्वारा सञ्चालन गरिएको आप्रवासन छापा अभियानमा जातीयता, भाषा वा पेशालाई आधार बनाएर बिना सम्भावित कारण मानिसहरूलाई रोकेर पक्राउ गरिएको भन्दै त्यसलाई असंवैधानिक ठहर गरेकी छन्।

पूर्व राष्ट्रपति जो बाइडेनले नियुक्त गरेकी न्यायाधीश फ्रिमपोंगले अबदेखि DHS अधिकारीहरूले कुनै व्यक्तिको जातीयता, बोलीचालीको भाषा वा उच्चारण, सार्वजनिक स्थानमा उपस्थितिको आधार (जस्तै: बस स्टप) वा गरेको पेशाको कारण मात्र शंकाको आधार बनाइ रोकपटक गर्न नपाउने स्पष्ट आदेश दिएकी छन्। साथै, अब सबै अधिकारीहरूका लागि “तर्कसंगत शंका” को स्पष्ट मार्गदर्शन तयार गर्न पनि आदेश दिइएको छ।

केसको पृष्ठभूमि

यो मुद्दा अमेरिकी नागरिक स्वतन्त्रता संघ (ACLU) ले दक्षिण क्यालिफोर्नियामा पाँच आप्रवासी तथा आप्रवासन अधिकारकर्मी संस्थाहरूको तर्फबाट गत साता ट्रम्प प्रशासनविरुद्ध दायर गरेका थिए। यसमा DHS अन्तर्गतको ICE (इमिग्रेशन एन्ड कस्टम्स इनफोर्समेन्ट) ले संविधानविपरीत पक्राउ गरी वकिलसम्म पहुँच नदिएको आरोप लगाइएको थियो।

अदालतको यो आदेश अमेरिकी सेन्ट्रल डिस्ट्रिक्ट अफ क्यालिफोर्निया अन्तर्गतका सात काउन्टीहरू — जसमा लस एन्जलस पनि पर्छ — मा सीमित हुनेछ।

न्यायाधीशको भनाइ

फ्रिमपोंगले लेखेकी छन्, “पेश गरिएका सबै प्रमाणका आधारमा, अदालत यो निष्कर्षमा पुगेको छ कि ट्रम्प प्रशासन वास्तवमै ‘तर्कसंगत शंका’ बिना रोविङ गस्ती गर्दै गैरकानुनीरूपमा पक्राउ गर्दै आएको छ र वकिलसम्म पहुँचबाट वञ्चित गराउँदै आएको छ।”

उनले अदालतको सुनुवाइका क्रममा सरकारी वकिलहरूलाई बारम्बार सोधिन्, “के तपाईंसँग एकपटक भए पनि किन कोही विशेष व्यक्ति लक्षित गरिएको थियो भनेर प्रस्ट उल्लेख भएको रिपोर्ट छ?” उनले सरकारको ‘ट्रेन्ड एनालाइसिस’ र ‘गुप्त सूचनाको आधार’ भन्ने दाबीप्रति गहिरो शंका व्यक्त गरिन्।

अमानविक व्यवहारको उजुरी

अदालतले DHS लाई “B-18” भनेर चिनिने बन्दीगृहमा रहेको आप्रवासीहरूलाई वकिलसँग भेटघाट तथा फोनसम्पर्कबाट वञ्चित गर्न पनि रोक लगाएको छ। ACLU लगायतका संस्थाहरूले त्यहाँका बन्दीहरूलाई ओछ्यान, नुहाउने स्थान र उपचार सेवा जस्ता आधारभूत सुविधा पनि नदिइएको गम्भीर आरोप लगाएका थिए।

प्रतिक्रिया

DHS प्रवक्ता ट्रिसिया म्याकलफलिनले अदालतको निर्णयको आलोचना गर्दै भनिन्, “एक जिल्ला न्यायाधीशले अमेरिकी जनताको चाहनाविपरीत आदेश दिएकी छन्।”

ट्रम्प प्रशासनले पछिल्लो महिना डेमोक्रेट सहरहरूमा ICE अभियान विस्तार गर्न निर्देशन दिँदै सामूहिक निर्वासन “पूर्ण शक्तिसाथ” अघि बढाउन आदेश दिएको थियो। यसैक्रममा लस एन्जलसमा हजारौँ नेशनल गार्ड तैनाथ गरिएको थियो।

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले एक्समा लेखे, “क्यालिफोर्निया संविधान र कानूनसँगै उभिन्छ। ट्रम्प प्रशासनले पनि त्यसै गर्ने आशा गरिन्छ।” लस एन्जलसकी मेयर करेन बासले पनि यो फैसलालाई “सुरक्षा, समानता र अधिकारको पुनर्स्थापनाको दिशामा महत्त्वपूर्ण कदम” भनेर स्वागत गरिन्।

ACLU का वरिष्ठ कानुनी सल्लाहकार मोहम्मद ताजसरले भने, “छाला कस्तो छ, भाषा के बोलिन्छ वा पेशा के हो भन्ने आधारमा कसैलाई संविधानले फरक व्यवहार गर्न अनुमति दिंदैन। सबैलाई अवैध गिरफ्तारीबाट बचाउने अधिकार सुनिश्चित गरिएको छ।”

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।