Washington DC, US : February 9, 2026, Monday 04:33 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

सोमबार ट्रम्पले रुस सम्बन्धी एउटा “महत्वपूर्ण घोषणा” गर्ने ट्रम्पले युक्रेनलाई देशको हवाई सुरक्षाका लागि अत्यावश्यक हतियार, विशेष गरी प्याट्रियट एयर डिफेन्स सिस्टम प्रदान गरिने घोषणा गरे

  NepalMother.com | २७ असार २०८२, शुक्रबार ०८:३०

रुस–युक्रेन युद्ध: ट्रम्पले भने — “युक्रेनलाई हतियार पठाइन्छ, नाटोमार्फत”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई देशको हवाई सुरक्षाका लागि अत्यावश्यक हतियार, विशेष गरी प्याट्रियट एयर डिफेन्स सिस्टम प्रदान गरिने घोषणा गरेका छन्। उनले यो सहयोग नाटोमार्फत पठाइने र त्यसको लागत नाटोले व्यहोर्ने बताएका छन्।

NBC News सँगको अन्तर्वार्तामा ट्रम्पले भने, “हामी प्याट्रियट मिसाइल सिस्टम नाटोलाई पठाउनेछौं र त्यसपछि नाटोले त्यसलाई वितरण गर्नेछ।” उनले थपे, “यसको पूरै लागत नाटोले तिर्छ।”

ट्रम्पको घोषणाअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ट्रम्पसँग सकारात्मक संवाद भएको बताएका थिए। जेलेन्स्कीले हालै युक्रेनमाथि बढ्दो रूसी ड्रोन र मिसाइल आक्रमणलाई ध्यानमा राख्दै १० वटा प्याट्रियट प्रणालीको माग गरेका छन्।

जेलेन्स्कीले इटालीको रोममा पत्रकारहरूसँग भने, “जर्मनीले दुईवटा र नर्वेले एकवटा प्रणालीको लागत व्यहोर्ने प्रतिबद्धता जनाएको छ भने अन्य युरोपेली साझेदारहरू पनि तयार छन्।”

यसैबीच, ट्रम्पले गत साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोन संवाद गरेका थिए र त्यसमा शान्ति वार्तामा प्रगति नहुनुमा असन्तुष्टि जनाएका थिए। उनले पुटिनको “सधैँ राम्रो देखिने तर अर्थहीन व्यवहार” प्रति आलोचना गरेका छन्।

सोमबार ट्रम्पले रुससम्बन्धी एउटा “महत्वपूर्ण घोषणा” गर्ने बताएका छन्, तर त्यो के हुनेछ भन्ने खुलाएका छैनन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शुक्रबार जानकारी दिँदै भने, “हामीले जर्मनी, स्पेन लगायतका नाटो सदस्यलाई आफ्नो मौज्दात प्याट्रियट प्रणाली छिटो युक्रेनलाई दिन आग्रह गरेका छौँ।” उनले थपे, “त्यसपछि हामी प्रतिस्थापन खरिदका लागि वित्तीय सम्झौता गर्न सक्छौँ।”

पछिल्लो साता अमेरिकी रक्षा मन्त्रालयले केही अत्यावश्यक हतियार आपूर्ति रोकेको थियो, जसले गर्दा युक्रेनको हवाई सुरक्षा प्रणाली चाँडै सकिन सक्ने चिन्ता बढेको थियो। रोकिएका सामग्रीहरूमा प्याट्रियट इन्टरसेप्टर मिसाइलसटीक तोपगोलाहरू रहेका छन्।

जेलेन्स्कीले आपूर्तिको पुनः सुरु गर्न आग्रह गर्दै भनेका छन्, “प्याट्रियट प्रणाली जीवनका साँचो रक्षक हुन्।” हालैको एक रातमा मात्र रुसले ७२८ ड्रोन आक्रमण गरेको युक्रेनले जनाएको छ, र त्यो संख्या १,००० पुर्‍याउने तयारीमा रहेको राष्ट्रपति जेलेन्स्कीले चेतावनी दिएका छन्।

संयुक्त राष्ट्रसंघका अनुसार, २०२५ को जुन महिनामा युक्रेनमा विगत तीन वर्षको सबैभन्दा धेरै नागरिक हताहत भएको देखिएको छ — २३२ जनाको मृत्यु र १,३०० भन्दा बढी घाइते।

ट्रम्पले जनवरी २०२५ मा पुनः राष्ट्रपतिको कार्यभार सम्हालेपछि युक्रेनलाई अमेरिकी समर्थन घटाउने नीति लिएका थिए। तथापि, पछिल्लो रूसी आक्रमणपछि उनले रुखो शैलीमा भने, “हामीले हतियार दिनैपर्छ… अहिले उनीहरू कडा प्रहारमा छन्।”

युक्रेनमा अमेरिकी समर्थन घटेमा किभ थप कमजोर बन्न सक्ने चेतावनी पनि आएको छ, किनभने पूर्व राष्ट्रपति जो बाइडनको कार्यकालमा पारित गरिएको सहायता कोष यो गर्मीमा समाप्त हुँदैछ।

२०२२ देखि २०२४ को अन्त्यसम्म अमेरिका युक्रेनको सबैभन्दा ठूलो सैन्य सहयोगदाता रहँदै आएको थियो, जसअन्तर्गत ६९ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता दिएको थियो। ट्रम्पले नाटो सदस्य राष्ट्रहरूलाई रक्षा बजेटमा २% GDP खर्च गर्ने प्रतिबद्धता पूरा गर्न जोड दिएका छन्।

रुसले फेब्रुअरी २०२२ मा युक्रेनमाथि पूर्णस्तरको आक्रमण थालेको थियो र अमेरिका दुवै पक्षबीच युद्ध अन्त्यका लागि सहमति खोजिरहेको छ। रुबियोले मलेसियामा भएको बैठकको सन्दर्भ दिँदै रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग खुला र स्पष्ट संवाद भएको बताएका छन्।

“दुवै पक्षले युद्ध अन्त्यका लागि केही नयाँ सुझाव आदान–प्रदान गरेका छन्,” रुबियोले भने, “र म ती कुरा राष्ट्रपति ट्रम्पलाई जानकारी गराउनेछु।”

तर ट्रम्पले सोमबार गर्ने भनिएको रुससम्बन्धी “ठूलो घोषणा” के हुनेछ भन्नेमा अहिलेसम्म गोप्यता कायम गरिएको छ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।