अनेसास फ्रान्स च्याप्टरले अनेसास केन्द्रीय बाल समिति संयोजक सुरेन उप्रेतीको विशेष सहयोग अनि मार्गदर्शनमा नयाँ वर्ष २०८२ सालको बाल कविता क्यालेन्डर प्रकाशित गरेको छ ।
उक्त क्यालेन्डर फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराई ज्यूको आतिथ्यतामा विमोचन सुसम्पन्न भयो । फ्रान्समा पहिलो पटक नेपाली क्यालेन्डर प्रकाशित भएकोमा राजदूत भट्टराईले खुसी व्यक्त गर्नु भयो । प्रवासमा रहेर पनि आफ्नो भाषा ,साहित्य ,संस्कृति र परम्पराको जगेर्ना गर्ने काममा अनेसास फ्रान्सले गरेको कामको प्रशंसा गर्नु भयो । तेस्रो पुस्तालाई नेपाली साहित्यमा रुचि बढोस् भनेर बाल कविता क्यालेन्डर लाई निकाल्नु निक्कै सराहनीय भएको विचार व्यक्त गर्नु भयो ।
क्यालेन्डरमा समीप पाठक ,विनम्र आचार्य ,लियाना सापकोटा ,अनुग्रह खड्का ,क्यारोल महर्जन ,जेनिश खड्का फ्रान्स र शाम्भवी राउत जर्मनी को कविता प्रकाशित भएको छ । जुन ७ र ८ तारिखमा फ्रान्सको राजधानी पेरिसमा भब्यरूपमा भएको २० औँ नेपाली मेलाको आयोजना भएको थियो । यसै सन्दर्भमा उक्त मेलामा अनेसास फ्रान्स च्याप्टरले नेपाली भाषाका पुस्तकहरूको स्टल राखेको थियो ।स्टलमा विविध विधाका नेपाली पुस्तकहरू पनि उपलब्ध गराएको थियो । जसले गर्दा फ्रान्सवासी नेपालीहरूमा पठन संस्कृति अभिवृद्धि हुने विश्वास राखेको संस्थाका प्रमुख सल्लाहकार राम पाण्डेको राय थियो ।
२ दिन सम्म चलेको मेलामा २००० भन्दा बढी नेपाल प्रेमी फ्रान्सेली ,बर्मेली ,भुटानी ,टिबेटियन तथा नेपाली समुदायको उपस्थिति रहेको थियो । अनेसास फ्रान्स च्याप्टरले क्यालेन्डर प्रकाशनका लागि उल्लेखनीय योगदान गर्नु हुने वरिष्ठ उपाध्यक्ष सुमित्रा बुर्लाकोटी,कार्यसमिति सदस्य सन्ध्या शर्मा अनि प्रमुख सल्लाहकार भाषाविद् राम पाण्डेज्यूलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
दुई दिन सम्म चलेको उक्त मेलामा कार्यक्रममा संस्थाको तर्फ आफ्नो अमूल्य समय दिनु हुने सुधांशु खनाल, भीम प्रसाद रिमाल ,ओम गौपनलाई हृदय देखि नै धन्यवाद व्यक्त गरेको छ । – प्रशान्त उप्रेती

प्रतिक्रिया