ट्रम्पको चेतावनी: “पुटिन आगोसँग खेल्दैछन्”, चीनमाथि पनि कडा आरोप
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको १९ औं सातामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कडा चेतावनी दिएका छन्। साथै उनले चीनसँगको व्यापार सम्झौतामा उल्लंघन भएको भन्दै तीव्र आलोचना गरेका छन्।
पुटिनलाई ट्रम्पको चेतावनी
“भ्लादिमिर पुटिनले नबुझेको कुरा के हो भने, म नभएको भए रूसमाथि धेरै भयावह कुरा भइसक्थ्यो, र म भन्न चाहन्छु – साँच्चिकै धेरै नराम्रो! उनी आगोसँग खेल्दैछन्!” ट्रम्पले मंगलबार बिहान ट्रुथ सोसलमा लेखे।
यसको जवाफमा रूसी सुरक्षा परिषद्का उपाध्यक्ष तथा पूर्वराष्ट्रपति दिमित्री मेदभेदेभले चेतावनी दिंदै भने,
“पुटिनले ‘आगोसँग खेलिरहेको’ र रूसमाथि ‘साँच्चै नराम्रो’ कुरा हुने ट्रम्पको भनाइप्रति म एक मात्र साँच्चिकै नराम्रो कुरा हो भन्ने मैले बुझेको छु – तेस्रो विश्वयुद्ध। मलाई आशा छ ट्रम्पले यो बुझ्नुभएको छ!”
शान्ति वार्ताको अल्टिमेटम
हालैका हप्ताहरूमा रुसले युक्रेनमाथिको आक्रमण तीव्र पारेका बेला ट्रम्पले पुटिनलाई वार्ताका लागि तयार नभए कडा विकल्प अपनाउने चेतावनी पनि दिए।
“हामी यो पत्ता लगाउनेछौं कि उनले हामीलाई झुक्याइरहेका छन् कि होइनन्। यदि झुक्याइरहेका छन् भने हामी प्रतिक्रिया दिनेछौं – त्यो पनि डेढदेखि दुई हप्ताभित्र,” ट्रम्पले बुधबार ओभल अफिसमा पत्रकारहरूसँग भने।
चीनसँगको व्यापार विवाद पुनः चर्कियो
ट्रम्पले चीनमाथि व्यापार सम्झौताको उल्लंघन गरेको आरोप लगाए। गत मे महिनामा भएको प्रारम्भिक सहमतिअनुसार अमेरिका १४५% बाट घटाएर ३०% भन्सार घटाउने, र चीनले १२५% बाट १०% बनाउने सहमति भएको थियो।
तर ट्रम्पले शुक्रबार भने, “दुर्भाग्यपूर्ण कुरा के हो भने – चीनले हाम्रो सम्झौता पूर्ण रूपमा उल्लंघन गरेको छ। अब मैले ‘नाइस गाइ’ बन्ने बेला सकियो!”
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले पनि चीनले अवरोधकारी ‘नन-टेरिफ’ नीतिहरू हटाउन असफल भएको बताए।
“चीनले सहमति अनुसार काम नगरेको प्रष्ट देखिन्छ, र यो कुरा समाधान गर्नैपर्छ,” ग्रियरले सीएनबीसीसँगको अन्तर्वार्तामा भने।
त्यसको जवाफमा चीनले पनि अमेरिका विरुद्ध प्रतिक्रिया दिंदै “आफ्ना गल्ती सच्याउन” आग्रह गरेको छ।
क्यानडालाई गोल्डेन डोमको प्रस्ताव
ट्रम्पले अमेरिका–इजरायल शैलीको ‘गोल्डेन डोम’ रक्षा प्रणाली क्यानडाले पनि पाउन सक्ने बताएका छन् – तर सर्तसहित। ट्रम्पले क्यानडालाई ५१ औं राज्य बन्न आग्रह गर्दै भने,
“यदि क्यानडा छुट्टै राष्ट्रको रूपमा रहन्छ भने गोल्डेन डोमको मूल्य ६१ अर्ब डलर पर्छ। तर यदि उनीहरू हाम्रो ५१ औं राज्य बन्छन् भने – शून्य डलर!”
यो प्रणाली इजरायलले मिसाइल आक्रमण रोक्न प्रयोग गरेको जस्तै अमेरिकी सुरक्षाका लागि प्रस्ताव गरिएको छ।
राष्ट्रपति ट्रम्पले रूस, चीन र क्यानडासँगको सम्बन्धमा ठूला रणनीतिक कुरा उठाउँदै तीव्र र स्पष्ट चेतावनी दिएका छन् – चाहे त्यो सैन्य होस् वा व्यापारिक। उनका पछिल्ला अभिव्यक्तिहरू विश्वव्यापी शक्ति सन्तुलनमा गम्भीर संकेत मानिएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इस्पात र एल्युमिनियमको आयातमा लाग्ने भन्सार शुल्क २५% बाट ५०% मा दोब्बर पार्ने घोषणा गरे।
उक्त निर्णय त्यस्तो समयमा आएको हो जब ट्रम्पका ‘रिसिप्रोकल’ भन्सारहरू अदालतमा कानुनी चुनौती भोगिरहेका छन्।
अमेरिकाका धेरै व्यवसायहरू यी अनिश्चित भन्सार नीतिका कारण प्रभावित भइरहेका छन्।
ट्रम्पको घोषणाले U.S. Steel र जापानको Nippon कम्पनीबीचको सम्झौता सँग मेल खायो। उनले “नो लेअफ” (कुनै छटनी नहुने) र “अमेरिकाले नियन्त्रण गर्ने” ग्यारेन्टी दिएका छन्।
विशेष गरी क्यानाडा, जुन अमेरिका को प्रमुख इस्पात आपूर्तिकर्ता हो, थप दबाबमा पर्ने देखिएको छ।
ट्रम्पले पिट्सबर्ग नजिकको U.S. Steel को मोन भ्याली वर्क्स प्लान्टमा आयोजित र्यालीमा घोषणागरे।
सामाजिक सञ्जालमा पनि उनले लेखे: “हाम्रा इस्पात र एल्युमिनियम उद्योग फर्कंदैछन् – पहिलेभन्दा शक्तिशाली रूपमा।”
विश्लेषक वेन विनगार्डेनले भने, “५०% किन भनेर कुनै स्पष्ट हिसाब छैन – यो मनपरी निर्णय हो।”
ड्यूक विश्वविद्यालयका अर्थशास्त्री फेलिक्स टिन्टलनोटले यो नीतिले अमेरिकी उद्योगमा अनिश्चितता र जोखिम थप्ने बताएका छन्।
ट्रम्पले नयाँ भन्सार शुल्क जुन ४ (बुधबार) देखि लागु हुने बताएका छन्।
यद्यपि, यसअघि पनि उनले घोषणा गरेका केही भन्सार निर्णयहरूलाई वार्ताको कारण स्थगन गरिएको थियो – यस निर्णयमा पनि त्यस्तै हुने कि भन्ने प्रश्न उठेको छ।
अटो र निर्माण उद्योग जस्ता इस्पात र एल्युमिनियम प्रयोग गर्ने क्षेत्रमा मूल्यवृद्धि र असर पर्ने सम्भावना उच्च रहेको विज्ञहरूको चेतावनी छ।
युनाइटेड स्टीलवर्कर्स (USW) क्यानाडाका निर्देशक मार्टी वारेनले भने: “यो व्यापार नीति होइन – क्यानाडाली उद्योग र कामदारमाथिको सीधा हमला हो।”
क्यानाडाको श्रमिक महासंघकी प्रमुख बिया ब्रुस्केले चेतावनी दिइन्: “यसले हजारौं रोजगारी जोखिममा पार्छ।”
प्रधानमन्त्री मार्क कार्नीले राष्ट्रिय पूर्वाधार निर्माणका परियोजनाहरू छिटो सुरु गरेर ट्रम्पको भन्सार युद्धको प्रतिवाद गर्ने बताए।
अस्ट्रेलियाका व्यापार मन्त्री डन फैरेलले भने: “ट्रम्पको कदम अन्यायपूर्ण र मित्रवत् व्यवहारको विपरीत हो।”
प्रतिक्रिया