खबर आयो गाउँबाट आज
काका निका छैनन् भनेर,
उपचार गराएकै थिए पहिला पनि,
घर भुत्ते पारेर, लगनखेल तिर सारेर
तर काकालाई व्यथा बढ्दै गएको छ रे अहिले
बतुराउने, बर्बराउने बढ्दै गएको छ रे अहिले
उपचार नगरी हुन्न अब फेरि पनि,
परामर्शमै छन् आज परिवारजनहरू,
बाँचुन्जेल आशा हुँदो रहेछ परिवारलाई,
त्यसैले काका राँची लैजाने कुरा हुँदैछ रे !
काका बहुलाएको देख्दा परिवारजन रुँदैछ रे !
– रामप्रसाद खनाल
प्रतिक्रिया