यात्रा संस्मरण :

महिला साहित्यकार समूह, काठमाडौँ को ब्यानरमा मेरो नयाँ कृतिको विमोचन तथा विमर्श कार्यक्रम काठमाडौँ अनामनगर स्थित डालो रेष्टुरेण्टमा भव्य रूपमा सम्पन्न भयो | आदरणीय उषा शेरचन म्यामको अध्यक्षता थियो | प्राज्ञ तथा चर्चित कवि–लेखिका लक्ष्मी मालीको प्रमुख आतिथ्य थियो | साथै सम्माननीय वरिष्ठ नारी स्रष्टाहरू – पद्मावती सिंह, जलेश्वरी श्रेष्ठ, भागीरथी श्रेष्ठ, हिरण्य कुमारी श्रेष्ठ, इल्या भट्टराई, मोमिला जोशी, सरला श्रेष्ठ लगायतका थुप्रै वरिष्ठ, अनुभवी तथा नवप्रतिभाशाली युवा साहित्यकारहरूको उल्लेखनीय उपस्थिति थियो |
कार्यक्रमको सञ्चालन महिला साहित्यकार समूह, काठमाडौँकी संयोजक रीता खत्री स्वयँले गरेकी थिइन | वस्तुतः यस भव्य र सशक्त कार्यक्रमकी रचनाकार पनि उनि आफै थिइन |
प्रथम वक्ताको रूपमा डा. अशोक थापाले मेरो संस्मरणात्मक लेखनशैलीको चर्चा गर्नु भयो | उहाँले संस्मरणमा चित्रित केही पात्रहरूको मनोविश्लेषणात्मक व्याख्या गर्दै तिनको प्रभावकारी प्रस्तुतिमाथि आफ्नो विचार राख्नु भयो | ‘एल बी सर दिलले लेख्नुहुन्छ तसर्थ उहाँको प्रस्तुतिमा कुनै ढाक छोप हुँदैन’ उहाँले भन्नु भयो |
अर्का वक्ता डा. सृजना शर्माले एल बी सरले अमेरिकाका विभिन्न स्थानहरूमा विविध वर्ग र प्रवृत्तिका मानिसहरूसँगको अन्तरक्रिया प्रस्तुत गर्ने क्रममा देखाएको दृष्टिकोणलाई मानवीय, भावनात्मक र मनोवैज्ञानिक अध्ययनको रूपमा विश्लेषण गर्नुभयो | डा. शर्माले भन्नु भयो, ‘अमेरिकामा ४३ दिन’ आत्मानुभूतिका छालहरूसँगै सांस्कृतिक अन्तर्बोधको दस्तावेज पनि हो | एल बी सरको यो संस्मरण यात्राको एउटा विवरणमात्र होइन, यथार्थको छालमा डुबुल्की मार्ने भावनात्मक क्यानभास हो, जहाँ लेखकको संवेदनशील दृष्टि र प्राज्ञ विवेक दुवैको सन्तुलन देखिन्छ |
एलबी सरले अमेरिकामा भेटेका नेपालीहरूको
पाठकले यसमा आफूलाई देख्न सक्छ, हराउन सक्छ र फेरि भेट्टाउन सक्छ।
प्रमुख अतिथि आदरणीय लक्ष्मी माली म्याडमको मनतव्य निकै सारगर्भित थियो – उहाँले कार्यक्रमको महत्व र विशेषताबारे आफ्नो दृष्टिकोण राख्नु भयो साथै भन्नु भयो यी पुस्तकका पानाहरूको रोहबरमा मैले पनि अमेरिका भ्रमण गर्ने छु |
उषा शेरचन म्यामको अध्यक्षतामा सम्पन्न कार्यक्रम अत्यन्तै सारगर्भित र प्रभावपूर्ण रह्यो। कार्यक्रममा प्रसन्नता प्रकट गर्दै उहाँले भन्नुभयो, “कार्यक्रमको भव्य सफलताका लागि LB Chhetri सर तथा महिला साहित्य समूह, काठमाडौंलाई हार्दिक बधाई छ।”
अन्त्यमा उहाँले मेरो कविता ‘समयले कुर्दैन’ वाचन गर्दै कार्यक्रमको समापन गर्नु भयो।
म आउँदा तिमी गइ सकेकी थियौ
तिमीले मलाई कुरिनौ
तिमी आउँदा म गइ सकेको थिएँ
मैले तिमीलाई कुरिन
न तिमीले, मलाई कुर्यौ
न मैले,तिमीलाई कुरें
एकदिन,
हामी दुवै सँगै पुग्दा
समय, गइ सकेको थियो !
समयले हामी दुवैलाई कुरेन !
















प्रतिक्रिया