(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका) Old Archive >
मध्यपूर्वमा जारी तनाव र युद्धविराम कार्यान्वयनको विषयलाई केन्द्रमा राख्दै अमेरिका र इरानबीच नयाँ चरणको वार्ता स्विट्जरल्याण्डमा सुरु भएको छ। कतारको मध्यस्थता तथा पाकिस्तानको सहजीकरणमा भइरहेको उक्त वार्ताले क्षेत्रीय स्थायित्व, युद्धविरामको कार्यान्वयन र सुरक्षा अवस्थालाई मुख्य एजेन्डा बनाएको बताइएको छ।
कतारको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार वार्तामा दुवै पक्षका उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी छन्। इरानको टोलीको नेतृत्व संसद्का सभामुख मोहम्मद बाघेर घालिबाफ तथा विदेशमन्त्री अब्बास अराघची ले गरिरहेका छन्।
इरानी प्रतिनिधिमण्डलले वार्ताको मुख्य उद्देश्य युद्ध अन्त्यका लागि यसअघि भएको अन्तरिम सहमतिलाई सबै पक्षले पूर्ण रूपमा कार्यान्वयन गराउने रहेको जनाएको छ। तेहरानले युद्धविरामलाई स्थायी शान्तिमा रूपान्तरण गर्न आर्थिक, सुरक्षा तथा कूटनीतिक प्रतिबद्धताहरू व्यवहारमा लागू हुनुपर्नेमा जोड दिएको छ।
वार्ताकै बीच इरानले महत्वपूर्ण समुद्री मार्ग हर्मुज जलडमरूमध्य पुनः बन्द गरिएको दाबी गरेको छ। इरानका अनुसार लेबनानमा इजरायली सैन्य कारबाही जारी रहेकाले क्षेत्रीय सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै उक्त कदम चालिएको हो।
तर अमेरिकी सेनाले भने इरानको दाबी अस्वीकार गर्दै हर्मुज जलडमरूमध्य अन्तर्राष्ट्रिय जहाज आवागमनका लागि खुला रहेको जनाएको छ। अमेरिकी सैन्य अधिकारीहरूले व्यापारिक तथा ऊर्जा ढुवानी गर्ने जहाजहरू नियमित रूपमा आवतजावत गरिरहेको र मार्ग बन्द नभएको बताएका छन्।
हर्मुज जलडमरूमध्य विश्व ऊर्जा बजारका लागि अत्यन्त संवेदनशील क्षेत्र मानिन्छ। विश्वको ठूलो परिमाणमा तेल तथा प्राकृतिक ग्यास यही समुद्री मार्गबाट ओसारपसार हुने भएकाले यहाँको कुनै पनि अवरोधले अन्तर्राष्ट्रिय बजारमा प्रत्यक्ष प्रभाव पार्ने विश्लेषण गरिन्छ।
यता लेबनानमा युद्धविराम घोषणा गरिए पनि हिंसा पूर्ण रूपमा रोकिएको छैन। पछिल्ला दिनहरूमा इजरायली सैन्य कारबाहीका क्रममा दर्जनौँ व्यक्तिको मृत्यु भएको विभिन्न अन्तर्राष्ट्रिय स्रोतहरूले जनाएका छन्।
त्यसैबीच, हेजबोल्लाह का तर्फबाट भएका आक्रमणहरूमा कम्तीमा छ जना इजरायली सैनिक मारिएको र अन्य २० जना घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ। दुवै पक्षले एकअर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाइरहेका छन्।
विश्लेषकहरूका अनुसार लेबनानको अवस्था सुधार नभएसम्म अमेरिका–इरान वार्ताबाट ठोस उपलब्धि हासिल गर्न चुनौतीपूर्ण हुन सक्छ। इरानले क्षेत्रीय सुरक्षासँग सम्बन्धित विषयलाई वार्ताको मुख्य अंश बनाउन खोजिरहेको छ भने अमेरिका युद्धविराम र नौवहन सुरक्षामा केन्द्रित रहेको देखिन्छ।
स्विट्जरल्याण्डमा सुरु भएको वार्तालाई मध्यपूर्वमा पछिल्ला महिनादेखि जारी सैन्य तनाव कम गर्ने महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ। कतार र पाकिस्तानले दुवै पक्षबीच विश्वासको वातावरण निर्माण गर्न सक्रिय भूमिका खेलेका छन्।
यद्यपि लेबनानमा जारी झडप, हर्मुज जलडमरूमध्यको अवस्थाबारे परस्पर विरोधी दाबी तथा क्षेत्रीय शक्तिहरूबीचको अविश्वासका कारण वार्ताको सफलता अझै अनिश्चित रहेको कूटनीतिक विश्लेषकहरूको भनाइ छ। अमेरिका र इरानबीचको यो चरणको वार्ताले आगामी दिनमा मध्यपूर्वको सुरक्षा अवस्था, ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय कूटनीतिमा महत्वपूर्ण प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ।


नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)
Our Team:
हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका
नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं
Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com
(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

Ram Prasad Khanal
Editor in Chief and Publisher
Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com
नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया