हराउँदै छु…….
हराउँदै छु म तिमीबाट किन समाल्दिनौ ?
बुझाउँदै चित्त प्रेमील विश्वास अगाल्दिनौ
हराउँदै छु म तिमीबाट किन_____२
नयन तिम्रै यादहरु तड्पिएर बसेका छन्
हृदय छुने प्रयासले चक्रिएर खसेका छन्
परेलीको भाकाले बोलाउँछ नजर झुकाई
परदेशीको कथा सुनाउछु हृदय विसाई
__हराउँदै छु म तिमीबाट किन___२
ईश्वरसङ्ग बेखबर एउटा अपरिचित सोध्यो
जवाफ मिल्यो बिछोडको नियतिले घोच्यो
थाहा नपाई बिहानीमा शितसँग हराएर गए
पिरतीको कथाहरु तिम्रै याद सम्झाएर गए __
हराउँदै छु म तिमीबाट किन___२
मोहन आचार्य ‘जलद ‘
देवचुली नवलपुर नेपाल
हाल बेलायत
०२/०५/२०२५
प्रतिक्रिया