संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने सरकारको निर्णय, संसद फेस गर्न नसक्ने दुइ तिहाइको तर यस्तो लुते सरकार संसारमा कहीं होला !!
सरकारले चालु अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय भएको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्थाअनुसार सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
आजै भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले भारतका लागि नेपाली राजदुत शंकर शर्मा संग भेटेको समाचार प्राप्त भएको छ। नेपालमा आन्दोलन चर्किंदै गएका बेला भएको यो भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ। यस बारेमा शंकर शर्मा संग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन तर वहाले नै सामाजिक संजालमा भेटघाटको पुस्टि गरिसक्नुभएको छ।
प्रतिक्रिया