Washington DC, US : April 1, 2025, Tuesday 07:13 PM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|सुरेश रजक रहेनन्, समवेदनाहरु पनि रहेनन् कि ?|सत्य र न्यायको खोजी अभियानद्वारा आयोग गठनको माग, आन्दोलनमा पक्राउ परेकाहरुको विवरण पनि माग|‘संसारमा यस्तो आततायी र हिँसा भड्काउने प्रधानमन्त्री अर्को छैन’|नेपालसंग जोडिएको चीनको बिकास लोभ लाग्दो, अब उड्ने ट्याक्सी !|युद्धग्रस्त म्यान्मारमा भूकम्पका कारण २,७०० जनाको ज्यान गयो, ४,००० जनाजति घाइते र २७० जना अझै सम्पर्कविहीन|कविन्द्र कायस्थको  नेतृत्वमा नेपाली सम्पर्क विभाग फ्रान्स गठन|संसद फेस गर्न नसक्ने दुइ तिहाइको तर “लुते” सरकार, संसदको चालु अधिवेशन अबरुद्ध भएपछि अन्त्य गर्ने निर्णय !|भाट भटेनीका पाउरोटी, तरकारी चोरहरु !|मारिएका पत्रकार सुरेश रजकका परिवारले प्रधानमन्त्री ओलीलाई भेटे|प्रधानमन्त्री खड्ग प्रसाद ओली माथि छानबिन र कारवाहीको माग

म त निर्धो पुलिस परें ! - विश्व पौडेल

  NepalMother.com | १६ चैत्र २०८१, आईतवार ०८:१८

दुख पर्दा तिमिलाई काँधमाथि बोकिरहेँ ,
महल भित्र सुताएर बाँहिर बुट ठोकिरहेँ
स्यालले जस्तै घेरहालि मेरो छाला लुछे पनि
म त निर्धो पुलिस परे घोप्टो परि खोकिरहेँ !!
तिम्रै लागि सडकमा खुन पसिना पोखिरहेँ
लोकतन्त्र गणतन्त्र जे सिकायौ घोकिरहेँ
दिनदहाडै सबैमाझ मुक्का लात्ती बर्साउदा
मैले गुँहार नपाएर आँफै जिब्रो टोकिरहे !
कहिले यता कहिले उता सबैतिर जोखिरहेँ,
सडकमा तिम्रो लागि सधै रगत पोखिरहेँ
गुनको पैचो बैगुनिले लात्ति बर्षाई तिर्दा पनि,
पश्च्यतापमा झर्ने आँसु परेलिमै रोकिरहेँ !
,,,,
म त निर्धो पुलिस परें , के चिच्याउनु खोकुला नि,
तिमिलाई दुख दिने बदमासलाई ठोकुला नि
पुलिसको खाँचो परे ढुक्क फेरि बोलाउनु,
आँमाले झै मुस्कुराउदै काधैमाथि बोकुला नि !!
बचरा छन् गुँडमा मेरा के चिच्याउ सुन्छन् फेरि,
पुलिसका नि जहान होलान् तिनि दुखि हुन्छन् फेरि
झुक्किएर आँफ्ना सन्तान भोलि पुलिस नबनाउ ल
तिनका पनि आँमा होलान् , छोरो कुट्दा रून्छन् फेरि !!

Go to Home Page

 

 

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।