आफन्तजन र साथीभाईहरुलाई,
शुभचिन्तक तथा मित्रहरुलाई,
श्रोता, दर्शक, पाठकहरुलाई,
देश बिदेशमा बस्ने सबै सबैलाई
शुभकामना छ है बडा दशैंको !
सम्झिनेलाई पनि, बिर्सिनेलाई पनि ,
स्वार्थका लागि मात्र घिस्रिनेलाई पनि,
गुन गर्दा बैगुनी निस्किनेलाई पनि,
कृतज्ञ हुनु पर्नेमा कृतघ्न बन्नेलाई पनि,
आफ्ना भएर पनि पराइ भन्नेलाई पनि,
अगाडी आफ्नै जस्तो गरी बस्नेलाई पनि,
पछाडीबाट झुक्याई छुरी धस्नेलाई पनि,
शुभकामना छ है बडा दशैंको !
– रामप्रसाद खनाल तथा परिवार
प्रतिक्रिया