Washington DC, US : October 9, 2026, Friday 03:41 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|Breaking News : गोप्य सूचना चुहावटमा एआईजी बर्खास्त|अमेरिकामा १३ सैनिकको हत्या गर्ने पूर्वसैनिक अधिकृतलाई गोली हानेर मृत्युदण्ड दिइने, संसारभर प्रत्यक्ष प्रसारण गर्ने सरकारको घोषणा|पद्म राज ढकालका केही रचना र उनको परिचय|अमेरिकामा चर्चित ममता काफ्ले भट्ट हत्या प्रकरण: शव अझै बेपत्ता, प्रमाण नष्ट गरिएको आशंका|Breaking News : युक्रेनमा रुसको भीषण हवाई आक्रमण|बेलायतका पूर्वराजकुमार एन्ड्र्युको घरमा प्रहरीले गरेको छापा गैरकानुनी ठहर|अब विवादित हुन के नै बाँकी रह्यो र ? यो चालाले देश कता जाला ??|मदुरो र पत्नीविरुद्ध अमेरिकी नागरिकलाई यातना दिएको आरोपमा थप मुद्दाको तयारी|‘छ माया छपक्कै २’ दशैंको अवसर पारेर प्रदर्शनमा आउने|चोलेन्द्रको निवासदेखि निकटस्थ र आफन्तसम्म सम्पत्ति शुद्धीकरणको छापा

चोलेन्द्रको निवासदेखि निकटस्थ र आफन्तसम्म सम्पत्ति शुद्धीकरणको छापा राज्यका निकाय निष्पक्ष र स्वतन्त्र बन्नुपर्ने प्रश्न पनि उत्तिकै गम्भीर

  NepalMother.com | २१ आश्विन २०८३, बुधबार १०:३८

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निवाससहित उनी निकट मानिएका विभिन्न व्यक्ति तथा आफन्तका घरमा बुधबार एकसाथ छापा मार्दै कागजात र सम्भावित प्रमाण संकलन थालेको छ।

विभागका टोलीहरू जबराको निवाससँगै नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालका निवासमा पुगेको विवरण सार्वजनिक भएको छ। जबराका भाइ प्रभुशमशेर जबरा तथा ज्वाइँ नाता पर्ने नवीन बस्नेतको निवासमा समेत खानतलासी गरिएको बताइएको छ। छापाका क्रममा विभिन्न कागजात नियन्त्रणमा लिइएको स्रोतहरूको दाबी छ।

विभागले अहिले जबरा र उनीसँग सम्बन्धित व्यक्तिहरूको सम्पत्ति, आर्थिक कारोबार तथा सम्भावित सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयमा अनुसन्धान गरिरहेको बताइएको छ। यद्यपि अनुसन्धान जारी रहेकाले बरामद भनिएका कागजातले के प्रमाणित गर्छन्, अनुसन्धानको आधार के हो र कसैविरुद्ध औपचारिक अभियोग लाग्छ वा लाग्दैन भन्ने विषय अझै स्पष्ट भइसकेको छैन।

केही दिनअघि मात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई उनको निवासबाट नियन्त्रणमा लिएर करिब १२ घण्टापछि छाडेको थियो। त्यसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पछिल्लो सक्रियताले पूर्वप्रधानन्यायाधीश जबरामाथिको अनुसन्धान अझ फराकिलो हुन सक्ने संकेत गरेको छ।

नेपालमा एउटा पुरानो भनाइ छ, “दैव लागोस् तर राज्य नलागोस्।” राज्यसत्ता र त्यसका शक्तिशाली संयन्त्र कसैका पछाडि लागे भने अवस्था कति गम्भीर हुन सक्छ भन्ने दृश्य अहिले पूर्वप्रधानन्यायाधीश जबराको घटनाक्रमले फेरि बहसमा ल्याएको छ।

पद, प्रतिष्ठा, शक्ति, पहुँच, लोकप्रियता र सार्वजनिक जयजयकार स्थायी हुँदैनन्। हिजो शक्तिशाली देखिएको व्यक्ति आज अनुसन्धानको दायरामा पर्न सक्छ र आज सत्ता तथा शक्तिमा रहेको व्यक्ति भोलि त्यही कानुनी प्रक्रियाको सामना गर्नुपर्ने अवस्थामा पुग्न सक्छ। त्यसैले विधिको शासन व्यक्तिका लागि होइन, सबैका लागि समान रूपमा लागू हुनुपर्छ।

चोलेन्द्र शमशेर जबरा दोषी हुन् वा निर्दोष, त्यसको अन्तिम निर्णय प्रमाण, अनुसन्धान र कानुनी प्रक्रियाले गर्नुपर्छ। यदि उनले पदमा रहँदा गैरकानुनी सम्पत्ति आर्जन, भ्रष्टाचार, प्रभावको दुरुपयोग वा अन्य कुनै अपराध गरेको तथ्य प्रमाणित हुन्छ भने पूर्वप्रधानन्यायाधीशजस्तो अत्यन्त गरिमामय संवैधानिक पदमा बसेको व्यक्तिका हकमा जवाफदेहिता झन् कडा हुनुपर्छ। उच्च पदमा बसेको व्यक्तिले पदको दुरुपयोग गरेको प्रमाणित भए सामान्य नागरिकभन्दा बढी नैतिक र कानुनी उत्तरदायित्वको प्रश्न उठ्नु स्वाभाविक हो।

तर यहीसँग जोडिएको अर्को गम्भीर प्रश्न पनि छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकाय कुनै सरकार, प्रधानमन्त्री, मन्त्री, दल वा शक्तिकेन्द्रको राजनीतिक निर्देशनमा परिचालित हुने अवस्था सिर्जना हुनु हुँदैन। विगतका सरकारमाथि पनि यस्ता निकायलाई राजनीतिक प्रतिशोध र दबाबका लागि प्रयोग गरेको आरोप लाग्दै आएको थियो। आज पनि त्यही प्रवृत्ति दोहोरियो भने त्यसले अन्ततः राज्यका संस्थाप्रतिको जनविश्वास नै कमजोर बनाउँछ।

अनुसन्धान हुनुपर्छ, दोषीलाई उन्मुक्ति दिनु हुँदैन र कानुनभन्दा माथि कोही हुनु हुँदैन। तर अनुसन्धान निष्पक्ष, प्रमाणमा आधारित, पारदर्शी र राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्छ। अभियोग लाग्नु र दोषी प्रमाणित हुनु एउटै कुरा होइन। न्यायको आधार प्रतिशोध होइन, प्रमाण र विधिसम्मत प्रक्रिया हुनुपर्छ।

आज चोलेन्द्र शमशेर जबरा अनुसन्धानको केन्द्रमा छन्। भोलि अरू कोही हुन सक्छन्। त्यसैले विषय कुनै एक व्यक्तिलाई बचाउने वा फसाउने होइन, नेपालमा राज्यका अनुसन्धान निकाय कति स्वतन्त्र, निष्पक्ष र कानुनप्रति उत्तरदायी छन् भन्ने हो।

हाम्रो भनाइ यत्ति हो। दोषी जोसुकै भए पनि कानुनको कठघरामा उभिनुपर्छ र अपराध प्रमाणित भए कानुनले तोकेको हदसम्म कारबाही हुनुपर्छ। तर राज्यका निकाय पनि कसैको आदेश, राजनीतिक इच्छा वा प्रतिशोधको औजार बन्नु हुँदैन। न्यायको सिद्धान्त सबैका लागि एउटै हुनुपर्छ।

आज अरूमाथि प्रयोग गरिएको राज्यशक्ति भोलि आफूमाथि पनि प्रयोग हुन सक्छ भन्ने चेतना सत्ता र प्रतिपक्ष दुवैतर्फ रहन आवश्यक छ। चेतना भया!

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।