Washington DC, US : October 9, 2026, Friday 04:11 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|Breaking News : गोप्य सूचना चुहावटमा एआईजी बर्खास्त|अमेरिकामा १३ सैनिकको हत्या गर्ने पूर्वसैनिक अधिकृतलाई गोली हानेर मृत्युदण्ड दिइने, संसारभर प्रत्यक्ष प्रसारण गर्ने सरकारको घोषणा|पद्म राज ढकालका केही रचना र उनको परिचय|अमेरिकामा चर्चित ममता काफ्ले भट्ट हत्या प्रकरण: शव अझै बेपत्ता, प्रमाण नष्ट गरिएको आशंका|Breaking News : युक्रेनमा रुसको भीषण हवाई आक्रमण|बेलायतका पूर्वराजकुमार एन्ड्र्युको घरमा प्रहरीले गरेको छापा गैरकानुनी ठहर|अब विवादित हुन के नै बाँकी रह्यो र ? यो चालाले देश कता जाला ??|मदुरो र पत्नीविरुद्ध अमेरिकी नागरिकलाई यातना दिएको आरोपमा थप मुद्दाको तयारी|‘छ माया छपक्कै २’ दशैंको अवसर पारेर प्रदर्शनमा आउने|चोलेन्द्रको निवासदेखि निकटस्थ र आफन्तसम्म सम्पत्ति शुद्धीकरणको छापा

नेपालीहरुको महान चाड बडा दशैंका लागि विभिन्न देशहरूमा उत्तम साइतको मिति र समय सार्वजनिक

  NepalMother.com | २१ आश्विन २०८३, बुधबार ०९:१६

विजयादशमी २०८३ को टीकाको साइत सार्वजनिक, काठमाडौंमा कात्तिक ४ गते बिहान १०:२६ बजे उत्तम

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले डिल्लीबजार काठमाडौंले विजयादशमी २०८३ अर्थात् सन् २०२६ का लागि नेपालसहित विश्वका विभिन्न देश र सहरमा टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ।

समितिले जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८३ असोज २० गते बसेको बैठकले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूको सुविधालाई ध्यानमा राख्दै स्थानीय समयअनुसार विजयादशमीको टीकाको शुभ साइत निर्धारण गरेको हो। समितिले तिथ्यादिको स्थानीय मानअनुसार पर्व मनाउनुपर्ने शास्त्रीय मान्यता रहेकाले देश र सहरअनुसार फरक फरक समय तय गरिएको जनाएको छ।

नेपालका लागि विजयादशमीको टीकाको शुभ साइत २०८३ कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेट तोकिएको छ। भारतको नयाँदिल्लीमा २१ अक्टोबर २०२६ बिहान ९ बजेर ११ मिनेट तथा भुटानको थिम्पुमा सोही दिन बिहान १० बजेर १४ मिनेटलाई उपयुक्त समय निर्धारण गरिएको छ।

अमेरिकाका विभिन्न स्थानका लागि अक्टोबर २० तारिखमै टीकाको साइत परेको छ। न्यूयोर्कमा बिहान १०:११ बजे, फ्र्याङ्कफर्ट, केन्टकीमा १०:४७ बजे, बोवेन्सबोरो, केन्टकीमा ११:४५ बजे, टेक्सासमा १०:२७ बजे, वासिङ्टन डीसीमा १०:२१ बजे र क्यालिफोर्नियामा बिहान ९:५१ बजे टीकाको शुभ समय निर्धारण गरिएको छ।

क्यानडाको टोरन्टोमा अक्टोबर २० बिहान १०:४१ बजे र भ्यानकुभरमा १०:५५ बजे टीका लगाउन शुभ मानिएको छ। जापानको टोकियोमा अक्टोबर २१ बिहान १०:१७ बजे शुभ साइत तोकिएको छ।

अस्ट्रेलियाका विभिन्न सहरका लागि अक्टोबर २१ तारिखको समय निर्धारण गरिएको छ। सिड्नीमा बिहान ९:२१ बजे, मेलबर्नमा ९:३० बजे, ब्रिस्बेनमा ८:२५ बजे, एडिलेडमा ९:१५ बजे, क्यानबेरामा ९:०७ बजे, तास्मानियामा ८:५५ बजे, पर्थमा ८:४५ बजे र डार्विनमा ९:३१ बजे टीकाको साइत रहेको विज्ञप्तिमा उल्लेख छ।

न्युजिल्यान्डको वेलिङ्टनमा अक्टोबर २१ बिहान ९:२३ बजे, पोर्चुगलको लिस्बनमा अक्टोबर २० बिहान ९:४१ बजे, बेलायतको लन्डनमा १०:५५ बजे, फ्रान्सको पेरिसमा ११:३१ बजे र नर्वेको ओस्लोमा ११:५० बजे टीकाको शुभ समय निर्धारण गरिएको छ।

त्यस्तै मलेसियाको क्वालालम्पुरमा अक्टोबर २१ बिहान १०:४७ बजे, संयुक्त अरब इमिरेट्सको अबुधाबीमा १०:३१ बजे, कतारको दोहामा ९:४१ बजे, थाइल्यान्डको बैंककमा १०:०७ बजे, दक्षिण कोरियाको सियोलमा ११:१३ बजे, इजरायलको तेल अभिभमा अक्टोबर २० बिहान ११:१३ बजे, सिंगापुरमा अक्टोबर २१ बिहान १०:३१ बजे, हङकङमा १०:२७ बजे, साउदी अरेबियामा १०:०१ बजे, म्यानमारको याङ्गुनमा ९:५७ बजे र स्विट्जरल्यान्डको जेनेभामा अक्टोबर २० बिहान १०:३१ बजे शुभ साइत निर्धारण गरिएको छ।

समितिले सार्वजनिक गरेको समय टीकाका लागि सबैभन्दा उपयुक्त शुभ साइतका रूपमा निर्धारण गरिएको स्पष्ट पारेको छ। साथै दशैंको टीका शुभ साइतमै मात्र लगाउनुपर्ने बाध्यता नरहेको र उक्त दिन आफ्नो अनुकूल समयमा पनि टीका लगाउन सकिने जनाएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. माधव भट्टराई र सदस्य सचिव श्री श्रीकेश कौशिकद्वारा हस्ताक्षरित विज्ञप्तिमा विश्वका विभिन्न मुलुकमा रहेका नेपाली तथा सनातन धर्मावलम्बीहरूलाई विजयादशमी २०८३ को हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गरिएको छ।

समितिले स्थानीय तिथि, समय र भौगोलिक अवस्थालाई आधार मानेर हरेक वर्ष विभिन्न देशका लागि छुट्टाछुट्टै साइत सार्वजनिक गर्दै आएको छ। यसबाट विदेशमा बसोबास गर्ने नेपाली समुदायलाई आफ्नो स्थानीय समयअनुसार दशैंको टीका तथा धार्मिक विधि सम्पन्न गर्न सहज हुने अपेक्षा गरिएको छ।

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।