Washington DC, US : November 12, 2026, Thursday 07:34 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|Breaking News : इरानसँगको युद्ध छिट्टै अन्त्य हुने ट्रम्पको घोषणा|अमेरिका र इजरायलको आक्रमणपछि इरानले देखायो भूमिगत ‘मिसाइल सिटी’|देशविदेशमा उल्लास पूर्वक भाइटीका मनाइँदै|Breaking News : ममता काफ्ले भट्ट हत्या प्रकरणमा ऐतिहासिक फैसला, पति नरेश भट्ट तीनवटै अभियोगमा दोषी ठहर|“यो भारत होइन, अमेरिका हो ! सभ्य बनौँ, सुध्रौँ, आफ्नो संस्कृतिको सम्मान गरौँ तर अरूलाई दुःख नदिऔँ !”|आजका संसारभरका मुख्य मुख्य समाचारहरु यस्ता छन !|११८औँ देवकोटा जयन्तीमा ‘हिमालको आवाज’ लोकार्पण|अमेरिकाको ओहायोमा BCC को ‘दसैँ–तिहार साँझ २०२६’ सम्पन्न|देउसी-भैलो कार्यक्रम २४ घण्टा सञ्चालन गर्न गृह मन्त्रालयको निर्देशन, शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न विशेष आग्रह|मध्यावधि निर्वाचनमा रिपब्लिकनको हारको मुख्य कारण इरान युद्ध भएको ट्रम्पद्वारा स्वीकार

नेपाली भाषा-साहित्यमाथिको सुनियोजित प्रहार : को बेच्दैछ हाम्रो साहित्य ? - स्पन्दन विनोद, हाल वेलायत

  NepalMother.com | १२ आश्विन २०८३, सोमबार ०९:१६

नेपालको पहाड भत्किए जस्तै, आज नेपाली भाषा र साहित्य पनि भित्रभित्रै भत्किरहेको छ। बाढी-पहिरो देखिन्छ, साहित्यको पहिरो देखिँदैन। तर विनाश उस्तै छ।  कहिलेकाहीँ लाग्छ, यो संयोग होइन, प्रयोग हो। नेपाली भाषा र साहित्यलाई सक्नका लागि एउटा लामो, सुनियोजित षड्यन्त्र चलिरहेको छ, जसमा विदेशी दलाल र देशी व्यापारीहरूको गहिरो साँठगाँठ छ।

शब्दकोशबाट सुरु भएको अतिक्रमण

पहिलो प्रहार शब्दकोशमाथि भयो। नेपालीका मौलिक, ठेट, माटो सुहाउँदा शब्दहरूलाई ‘अप्रचलित’ भनेर निकालियो र अनेक आगन्तुक, अनावश्यक विदेशी शब्दहरूलाई ‘चलनचल्ती’ भनेर घुसाइयो। यो भाषा समृद्ध बनाउन होइन, भाषा बिगार्न थियो। जब आफ्नै शब्द हराउँछ, आफ्नै चिन्तन हराउँछ। मौलिकता हराउँछ। संस्कृति हराउँछ। भाषा सकिएपछि साहित्य आफैँ सकिन्छ। पछिल्लो समय इम्बोष्ड नम्बरको र सरकारी कामकाजमा अंग्रेजी भाषाको राजनीतिले देशमा भाषासाहित्यको दयनिय स्थिति प्रष्ट हुन्छ।

प्रज्ञा-प्रतिष्ठान : प्राज्ञको होइन, पार्टीका कार्यकर्ताको अखडा

त्यसपछि पालो आयो नेपाल प्रज्ञा-प्रतिष्ठानको। प्रज्ञा चाहिने ठाउँमा राजनीतिक टीका चाहिन थाल्यो। कविता लेख्न नजान्ने, आख्यान नबुझ्ने, गजल नचिन्ने, छन्द नचिन्ने मान्छेहरू प्राज्ञ बन्न थाले — दलको सिफारिसमा। सरकारी बजेटमा प्राइभेट प्रकाशकबाट कृति निकाल्नेदेखि प्रज्ञाको भवनमा भाषा साहित्य बाहिरको कार्यक्रम गर्न दिएर प्रज्ञाको व्यापार गरिरहेको छ।

पालैपालो उनीहरूले नेपाली साहित्यका विधा-प्रविधिमाथि फोहोर हाल्न थाले। विधाको शास्त्रीय मान्यता भत्काएर ‘जे मन लाग्यो त्यही विधा’ भन्न थाले। आफ्ना आसेपासेलाई पद बाँडे, पुरस्कार बाँडे, अनि त्यही पुरस्कारको आडमा आफूलाई साहित्यकार घोषित गरे।

परिणाम? जनमानस अन्योलमा पर्यो। गजल के हो, मुक्तक के हो, गीत के हो, कविता के हो — छुट्याउनै नसक्ने भयो। धेरै सच्चा साधकहरूले ‘यो फोहोरी खेलमा लाग्नुभन्दा नलेख्नु नै बेस’ भनेर कलमै थन्क्याए।

गजलको बहरमाथिको नियोजित विवाद

यसको सबैभन्दा ठूलो उदाहरण गजल हो। बहरमा लेखिने, गेय, अत्यन्तै अनुशासित विधा गजललाई ‘जसले जे लेखे पनि हुन्छ’ भन्ने अराजकतामा पुर्‍याइयो। बहरको कुरा गर्नेहरूलाई ‘पुरातनवादी’ भनेर गाली गरियो। किन? किनभने अनुशासन भत्काउन सक्यो भने साहित्यको स्तर आफै खस्छ। स्तर खसेपछि व्यापार गर्न सजिलो हुन्छ। सबै धार समेट्ने, परम्पराको सम्मान गर्ने आदि नाममा आफ्नै अगुवाईमा केही वर्ष अघि गजलविद् हरूलाई समेटेर यौटा निर्णय गरेर प्रज्ञाले गरेको घोषणा पत्र च्यातेर / अबलम्बन नगरेर गजलको बलात्कार गरिरहेको पाइन्छ। आखिर किन मान्दैन प्रज्ञाले आफैँले गरेको घोषणा पत्र? कुरा प्रष्ट छ।

साहित्यमा राजनीतिको घुसपैठ र साहित्यको व्यापार

विविध राजनीतिक दलका घोषणापत्रसँग साहित्यलाई जोडेर साहित्यमा राजनीति छिराइयो। साहित्य प्रतिपक्ष हुनुपर्नेमा, सत्ता-पक्षको झोले भयो।

अझ डरलाग्दो कुरा त केही व्यक्तिहरूले कुनै विदेशी संस्था र एनजीओको पैसा, पुरस्कार र पावरको लोभमा नेपाली साहित्यलाई बेच्न थाले। सरकारी पदको दुरुपयोग गरेर ‘भाषा-साहित्य व्यापारी’ हरूको गुट फैलिँदै गयो।

त्यही गुटले नयाँ-नयाँ गलत र फोहोरी नाम आविष्कार गर्‍यो — जेन्जी साहित्य, डायस्पोरा साहित्य, आप्रवासी साहित्य, दलित साहित्य, अपाङ्ग साहित्य, स्वतन्त्र साहित्य, स्वतन्त्र गजल…। साहित्यलाई टुक्रा-टुक्रा पारेर बेच्ने खेल। हामी भने दैनिक भेदभावको अन्तय गरौँ भन्ने अभियानमा छौँ तर प्रज्ञाका राजनैतिक प्राज्ञहरूले अहिले दलित साहित्य आदि नामको अभियान चलाईरहेको छ। यो के हो र किन हो प्रष्ट छैन र? यति बेला पनि चुप बस्ने कस्ता सर्जक हुन्?

साहित्य भनेको साहित्य हो। नेपाली साहित्य भनेको नेपाली भाषामा लेखिने साहित्य हो। त्यसलाई डायस्पोरा र आप्रवासीको बिल्ला भिराएर छुट्याउनु भनेको नेपाली भाषाको अखण्डतामाथि नै प्रहार गर्नु हो। नेपालका विविध विश्वविद्यालयमा रहेका प्राध्यपकहरूले नै यस्ता घृणित कार्य गरेर, विभिन्न पाठ्यक्रममा समेत गलत ज्ञान छापेर मानक भाषाको व्यापार गरिरहेको देखिन्छ। किन मौन छ नेपाल सरकार? पाठ्यक्रम किन सम्बन्धित विज्ञको सुझाव लिएर छापिन्न? के सरकार पनि देशको भाषा साहित्य विरुद्ध हो? दुख, पीडा र अनुभूति सबैको साझा हो, त्यसलाई जात र भूगोलमा बाँडेर पुरस्कारको व्यापार गर्नु साहित्य होइन, दलाली हो।

अन्तमा : के हो नेपाली साहित्य?

आखिर के हो नेपाली साहित्य? भानुभक्त, मोतीराम, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ आदिले लेखेको त्यो माटोको सुगन्ध हो।

किन बेचिँदैछ नेपाली भाषा-साहित्य? किनभने यसलाई बेच्दा पद मिल्छ, पैसा मिल्छ, विदेशको भिसा मिल्छ। अरु कुनै देशमा यस्तो भएको प्रमाण छ?

अनि किन सरकार यसप्रति उदासीन छ? किनभने सरकारलाई लाग्छ, भाषा-साहित्य जोगाउनु भन्दा कुर्सी जोगाउनु ठूलो हो। भाषा मरे पनि मतपत्र त रहन्छ भन्ने भ्रम छ। हामी युवा हौँ हामीले जे गरे पनि हुन्छ भन्ने मनस्थितिबाट सरकार बाहिर निस्कनुपर्छ। नेपालको मौतिक भाषा साहित्य, कला र संस्कृतिमा दिनप्रतिदिन भइरहेको विदेशी हस्तक्षेप र त्यसकालागि प्रयोग गरिएका नेपाली सर्जकलाई चिन्न र हटाउन सक्नुपर्छ। मोतीरामको सालिक अगाडि बसेर गजल भन्दै चुट्किला सुनाएर मोतीको अपमान गरिरहने अधिकार राजनैतिक प्राज्ञलाई कसले दियो?

भाषा मरे देश मर्छ। साहित्य मरे संस्कृति मर्छ।

आज फेरि एउटा पहिरो गएको छ — शब्दकोशमा, प्रज्ञा-प्रतिष्ठानमा, गजलमा।

यो पहिरो रोक्न अब डोजरले होइन, कलमले जोत्नुपर्छ। के यो देशमा देशप्रेमी सर्जक जन्मिएका छैनन्?

 

May be an image of temple and text

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।