Washington DC, US : November 12, 2026, Thursday 07:34 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|Breaking News : इरानसँगको युद्ध छिट्टै अन्त्य हुने ट्रम्पको घोषणा|अमेरिका र इजरायलको आक्रमणपछि इरानले देखायो भूमिगत ‘मिसाइल सिटी’|देशविदेशमा उल्लास पूर्वक भाइटीका मनाइँदै|Breaking News : ममता काफ्ले भट्ट हत्या प्रकरणमा ऐतिहासिक फैसला, पति नरेश भट्ट तीनवटै अभियोगमा दोषी ठहर|“यो भारत होइन, अमेरिका हो ! सभ्य बनौँ, सुध्रौँ, आफ्नो संस्कृतिको सम्मान गरौँ तर अरूलाई दुःख नदिऔँ !”|आजका संसारभरका मुख्य मुख्य समाचारहरु यस्ता छन !|११८औँ देवकोटा जयन्तीमा ‘हिमालको आवाज’ लोकार्पण|अमेरिकाको ओहायोमा BCC को ‘दसैँ–तिहार साँझ २०२६’ सम्पन्न|देउसी-भैलो कार्यक्रम २४ घण्टा सञ्चालन गर्न गृह मन्त्रालयको निर्देशन, शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न विशेष आग्रह|मध्यावधि निर्वाचनमा रिपब्लिकनको हारको मुख्य कारण इरान युद्ध भएको ट्रम्पद्वारा स्वीकार

पूर्वप्रधानन्यायाधीश जबरा प्रकरण : ‘पक्राउ’ कि ‘सुरक्षा’ ? मध्यराति घरबाट लगियो, करिब १०–११ घण्टापछि परिवारको जिम्मा, नेपालमा एकपछि अर्को आश्चर्यजनक घटना : ‘कानुनी राज्य नेपालमा के हुन लाग्यो ?’ भन्ने प्रश्न उठ्दै, प्रहरीले भन्छ- पक्राउ होइन, सुरक्षा दिएका हौँ, आलोचक भन्छन् - सुरक्षा दिने नाममा मध्यराति प्रहरी कार्यालय किन ? सत्य र न्यायको खोजी अभियानद्वारा अरू पूर्वपदाधिकारीमाथि पनि अनुसन्धानको माग

  NepalMother.com | ११ आश्विन २०८३, आईतवार ०८:१५

काठमाडौं । नेपालमा पछिल्लो समय विकसित भइरहेका राजनीतिक, प्रशासनिक र कानुनी घटनाक्रमबीच आइतबार पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि भएको प्रहरी कारबाहीले नयाँ बहस जन्माएको छ। मध्यराति निवासबाट प्रहरी कार्यालय लगिएका जबरा करिब १०-११ घण्टापछि परिवारको जिम्मा लगाइएपछि एउटा मूल प्रश्न अझै अनुत्तरित छ, उनी पक्राउ परेका थिए कि राज्यले सुरक्षा दिएको थियो ?

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली आइतबार बिहान करिब २-३ बजेको समयमा महाराजगञ्जस्थित जबराको निवास पुगेको थियो। उनलाई टेकुस्थित कार्यालयमा लगेर राखिएको थियो। केही सञ्चारमाध्यमले सुरुमा प्रहरी उच्च स्रोत उद्धृत गर्दै उनलाई नियन्त्रणमा लिइएको वा पक्राउ गरिएको समाचार दिएका थिए। पछि प्रहरीले भने जबरामाथि सुरक्षा खतरा रहेको सूचनाका कारण सुरक्षित स्थानमा लगिएको र कुनै मुद्दामा पक्राउ नगरिएको दाबी गर्‍यो।

प्रहरीले जबरामाथि कस्तो सुरक्षा खतरा थियो, कसबाट खतरा थियो र घरमै थप सुरक्षाकर्मी परिचालन गर्नुको सट्टा किन मध्यराति अपराध अनुसन्धान कार्यालय लैजान आवश्यक भयो भन्नेबारे स्पष्ट विवरण सार्वजनिक गरेको छैन। जबराले समेत आफूलाई त्यस्तो खतरा भएको जानकारी नभएको भन्दै घरमै सुरक्षा थप्न आग्रह गरेको विवरण सार्वजनिक भएको छ।

करिब १० घण्टापछि उनलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। प्रहरीले अब उनको घरमै सुरक्षा व्यवस्था गरिने बताएको छ।

यो घटनासँगै राजनीतिक दलका नेता, पूर्वन्यायाधीश, कानुन व्यवसायी, मानवअधिकारकर्मी तथा नागरिक समाजबाट सरकार र प्रहरीको कार्यशैलीमाथि प्रश्न उठ्न थालेका छन्। राष्ट्रिय मानवअधिकार आयोगको टोलीलाई समेत जबरासँग भेट गर्न तत्काल अनुमति नदिइएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको छ।

संविधानविद् विपिन अधिकारीको प्रश्न : सुरक्षा खतरा थियो भने घरमै सुरक्षा किन थपिएन ?

कानुनका प्राध्यापक तथा संविधानविद् विपिन अधिकारीले घटनाको कानुनी र संस्थागत पक्षमाथि गम्भीर प्रश्न उठाएका छन्।

उनका अनुसार पर्याप्त कानुनी आधार भए पूर्वप्रधानन्यायाधीशसमेत कानुनभन्दा माथि हुन सक्दैनन् र आवश्यक परे पक्राउ वा अनुसन्धान हुन सक्छ। तर प्रहरी स्वयंले फौजदारी मुद्दामा पक्राउ नगरिएको र ‘सुरक्षा खतरा’ का कारण लगिएको बताइरहेको अवस्थामा त्यो खतरा के थियो भन्ने सार्वजनिक रूपमा स्पष्ट हुनुपर्ने उनको तर्क छ।

उनले प्रश्न गरेका छन्, सुरक्षा खतरा थियो भने जबराको घरमै सुरक्षा थप्न सकिन्थ्यो, मध्यरातमा अपराध अनुसन्धान कार्यालय किन लैजानुपर्‍यो ?

अधिकारीले पर्याप्त कानुनी आधारबिना दबाब, भय वा प्रतिशोधको सन्देश जाने गरी राज्य संयन्त्र परिचालन भए त्यसको असर एउटा पूर्वप्रधानन्यायाधीशमा मात्र सीमित नहुने र बहालवाला न्यायाधीशहरूको संस्थागत स्वतन्त्रतामाथि समेत मनोवैज्ञानिक दबाब पर्न सक्ने चेतावनी दिएका छन्।

उनले राज्यका प्रमुख अंगबीच शक्ति पृथकीकरण, न्यायपालिकाको मर्यादा तथा संस्थागत सम्मानको दृष्टिले घटनाबारे गृहमन्त्री र सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।

‘सुरक्षा दिन प्रहरी कार्यालय लैजाने ?’ व्यंग्यात्मक टिप्पणी पनि

वरिष्ठ पत्रकार तीर्थ कोइरालाले घटनाबारे व्यंग्य गर्दै भनेका छन्, “सरकारको काम नै सुरक्षा दिने हो… भाषा मिल्यो भने कुनै दिन तपाईंलाई पनि सुरक्षा दिन बेर छैन।”

सामाजिक सञ्जालमा समेत ‘पक्राउ होइन सुरक्षा’ भन्ने प्रहरीको स्पष्टीकरणलाई लिएर प्रश्न उठाइएको छ। आलोचकहरूले सुरक्षा दिनकै लागि रातको समयमा निवासबाट अपराध अनुसन्धान कार्यालय पुर्‍याउनु असामान्य भएको टिप्पणी गरिरहेका छन्।

सत्य र न्यायको खोजी अभियानका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता एवं सामाजिक अभियन्ता ध्रुवलाल श्रेष्ठद्वारा अरू पूर्वपदाधिकारीमाथि पनि अनुसन्धानको माग

यसैबीच सत्य र न्यायको खोजी अभियानका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता एवं सामाजिक अभियन्ता ध्रुवलाल श्रेष्ठले विज्ञप्ति जारी गर्दै, यदि जबरालाई कुनै अपराधसम्बन्धी आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो भने राज्यले अन्य पूर्वउच्चपदस्थ अधिकारी तथा न्यायिक पदाधिकारीविरुद्ध रहेका उजुरीमाथि पनि समान रूपमा छानबिन अघि बढाउनुपर्ने माग गरेका छन्।

श्रेष्ठले राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र सुशीला कार्कीलगायत विभिन्न पूर्व तथा वर्तमान सार्वजनिक पदाधिकारीबारे आफूहरूबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको दाबी गर्दै ती उजुरीमाथि निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका छन्।

उनले धरानको सर्दु जलाधार क्षेत्रसँग सम्बन्धित विगतका न्यायिक फैसलाहरूको उदाहरण दिँदै पूर्वन्यायाधीशहरूको निर्णयसमेत कानुनअनुसार परीक्षण र अनुसन्धानको दायरामा आउनुपर्ने धारणा राखेका छन्।

घटनाले उठाएका मूल प्रश्न

पूर्वप्रधानन्यायाधीश जबरा प्रकरणमा यतिबेला मुख्य प्रश्न गिरफ्तारी भयो वा भएन भन्ने शब्दावलीमा मात्र सीमित छैन। राज्यले कुनै नागरिकलाई उसको इच्छाविपरीत निवासबाट प्रहरी कार्यालय लैजान कस्तो कानुनी अधिकार प्रयोग गर्‍यो ? यदि कारण सुरक्षा थियो भने त्यस्तो खतरा के थियो ? पक्राउ पुर्जी आवश्यक थियो कि थिएन ? सोधपुछ कुन विषयमा भयो ? र करिब १०–११ घण्टापछि रिहा गर्नुपर्ने अवस्था किन आयो ? भन्ने प्रश्न उठेका छन्।

नेपालको सर्वोच्च अदालतको करिब सात दशकको इतिहासमा कुनै पूर्वप्रधानन्यायाधीशलाई यसरी प्रहरी नियन्त्रणमा लिइएको घटना असाधारण मानिएको छ।

प्रहरीले जबराविरुद्ध तत्काल कुनै फौजदारी मुद्दा चलाउने योजना नरहेको बताएको छ। तर पक्राउ गरिएको हो कि केवल सुरक्षाका लागि लगिएको हो भन्ने विषयमा सुरुका प्रहरी प्रतिक्रिया र पछिल्ला स्पष्टीकरणबीच देखिएको अस्पष्टताले विवाद समाप्त हुनुको सट्टा थप प्रश्न जन्माएको छ।

अन्ततः प्रश्न एउटै छ – ‘पक्राउ’ होइन भने के थियो ?

कानुनी राज्यमा पूर्वप्रधानन्यायाधीश होस् वा सामान्य नागरिक, कसैलाई पनि कानुनभन्दा माथि राख्न सकिँदैन। प्रमाण र कानुनी आधार भए राज्यले अनुसन्धान गर्न सक्छ। तर राज्यका निकायले कसैलाई निवासबाट मध्यराति प्रहरी कार्यालय लैजाँदा त्यसको स्पष्ट कानुनी आधार, उद्देश्य र प्रक्रिया जनतासामु पारदर्शी हुनु पनि उत्तिकै आवश्यक हुन्छ।

त्यसैले जबरा प्रकरणपछि जनस्तरमा उठिरहेको प्रश्न सामान्य छैन,  यदि यो पक्राउ थिएन भने मध्यराति घरबाट अपराध अनुसन्धान कार्यालय लगेर घण्टौँ राख्नु के थियो ? र यदि साँच्चिकै सुरक्षा प्रदान गरिएको थियो भने घरमै सुरक्षा किन दिन सकिएन ? अनुत्तरित प्रश्नले नेपालमा कानुनी शासन, शक्ति पृथकीकरण, प्रहरी अधिकार र न्यायिक स्वतन्त्रताबारे नयाँ बहस सुरु गराएको छ।

राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरिएको विषयमा बुझ्न पुगेको आयोगको टोलीलाई भेट्न नदिएको भन्दै आपत्ति

राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरिएको विषयमा बुझ्न पुगेको आयोगको टोलीलाई भेट्न नदिएको भन्दै आपत्ति जनाएको छ ।

आयोगले एक विज्ञप्तिमार्फत अनुगमन कार्यमा अवरोध पुर्‍याउने प्रहरी कर्मचारीमाथि छानबिन गरी कानुनी दायरामा ल्याउन सरकारसँग मागसमेत गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी प्रेस विज्ञप्ति अनुसार राणा पक्राउको सत्यतथ्य बुझ्न र अनुगमन गर्न आयोगका पदाधिकारी टेकु पुगेका थिए । प्रहरीको उच्च नेतृत्वसँग यसबारे छलफल गर्दा समेत अनुगमनमा रोक लगाउनुको कुनै स्पष्ट कारण जानकारी नगराइएको आयोगको भनाइ छ । आवश्यकता अनुसार कुनै पनि सार्वजनिक वा निजी संस्थाको निरीक्षण तथा अनुगमन गर्ने, मानव अधिकार संरक्षणका लागि सुधार गर्नुपर्ने विषयमा सम्बन्धित निकायलाई सुझाव र निर्देशन दिने कानुनी अधिकार आयोगलाई रहेको स्मरणसमेत विज्ञप्तिमा गराइएको छ । साथै संवैधानिक तथा कानुनी प्रावधानविपरीत भेटघाट र अनुगमनमा अवरोध पुर्‍याइएको व्यवहारप्रति आयोगले खेद प्रकट गरेको छ ।

May be an image of temple and text

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।