Washington DC, US : September 5, 2026, Saturday 10:07 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

नौ दिन सम्म न सास न लाश , तनाब र पीडाकावीच दाहसंस्कार, पशुपति, देबघाट, त्रिबेणी, रिडी देखि नारायणघाटमा आशुको भेल बग्यो - बेपत्ता नागरिकका परिवारले कुशको शब बनाएर अन्त्यष्ठि गरे

  NepalMother.com | १९ भाद्र २०८३, शुक्रबार ०५:२२

– टंक पन्त
भोटेकोशीको उर्लदो बाढीले ऐया पनि भन्न नदिइ बेपत्ता बनाएका नागरिकहरुका धेरै परिवार नौ दिनका दिन कुशको शब बनाएर नदि किनार देखि अन्य स्थानमा आफनो धर्म संस्कृति अनुसार अन्त्यष्ठि गर्न बाध्य भए ।

नौ दिन सम्म न सास न लाश केही नभेटिदा असैह्य पीडा र तनाबमा छटपटिएको परिवारले नौ दिनका बिहीवार पशुपति, नारायणघाट, त्रिवेणी , देवघाट , रिडी लगायत अन्य स्थानमा कुशको शब बनाएर दाहसंस्कार गर्दा संबन्धित परिवार आफन्त मात्र रोएनन अरु जति पनि नागरिकहरु उपस्थित थिए उनीहरुले मनलाई थाम्नै सकेका थिएनन् । भावबिह्ल भएर थाम्न नसक्ने कैयौ परिवार बेहोस भएका थिए ।

कतिपय परिवार कुशको लाश बनाउदै गर्दा बेहोस भएर ढलेका थिए भने कतिपय परिवार घाटमा दागवत्ति दिदै गर्दा ढलेका थिए । जसको परिवारका सदस्य बेपत्ता भएका छन उनको परिवार मात्र होइन घाट जाने अन्य केहीको अबस्था पनि नाजुक हुन पुगेको थियो । कतिपयलाई पानी छम्केर वा कतिपयलाई पानी ख्वाई उठाउन सकिएको थियो भने कतिपयलाई अस्पताल नै लैजानुपरेको थियो । पशुपतिको घाटवाट दर्जन बढिलाई अस्पताल नै पुर्‍याउनुपरेको थियो । बाबुआमा वा कुनै अभिभावक नभएका तर परिवारमा सानो पांच बर्षको वालक मात्र बांचेको अबस्था पनि छ । सानो वावु नानुलाई बोकेर कुशको शवमा दागबत्ति दिन लगाउदाको दृश्य निकै कहाली लाग्दो र पीडादायी थियो । त्यो दृश्यले सबैलाई भाबबिह्वल बनाएको थियो ।

नौ दिन सम्म लाश पनि नभेटिएपछि र भेटिने पनि संभावना नदेखिएपछि अत्यन्तै पीडाकाबीच इञ्जिनियर २३ बर्षीय छोरा आभाषको अन्त्यष्ठि गर्न वाध्य भएको गणेश न्यौपाने भक्कानिदै भन्दै थिए । रसुवा हाइड्रोपावर कार्यालयमा दिनभरिको कामको प्लान संवन्धी बैठक गर्दै गर्दा बाढीले ऐया पनि भन्न नदिएको छोरा आभाष जस्ता धेरै छोरा छोरीलाई कुश बनाएर बिदाई गर्दा समेत कसैको मनले मानेको जस्तो देखिदैनथ्यो तर नमानी नहुने स्थिति दैवले पार्‍यो । कसैका छोरा छोरी , कसैको बाबु आमा कसैका आफन्त त कसैको सिंगो परिवार नै छैन । सिंगो परिवार गुमाउने सयौं नागरिक जसको खोजी गर्ने पनि कोही छैन । खोज्न आउने हुन्छन कि भनी अस्पतालको बाहिर तश्वीर टांगेर सहज बनाउन त खोजिएको छ तर कोही आएका छैनन ।

जसको परिवारका एक दुई जना बेपत्ता भए उनीहरुका परिवारले नौ दिनका दिन बिहीवार देवघाट, रिडी, नारायणघाट, पशुपति लगायतका तीर्थस्थलहरुमा दाहसंस्कार गरे । कैलाश मानसरोवरवाट फर्किदै गर्दा नेपाल र चीनको सीमानामा बाढीले बेपत्ता भएकी सुमी अधिकारीको कुशको शब जस्ताको तस्तै बनाएर रुपन्देही भलवारीवाट देवघाट दाहसंस्कार गर्न लगियो । अष्ट्रेलियावाट मानसरोवर पुगेर फर्केकी सुमी अधिकारीले आफना श्रीमान नवराज पाण्डेलाई भदौ १० गते बिहान ८ः३० बजेतिर म्यासेज गरेर इमिरिगेशन क्रस गर्न लागेको खबर गरेकी थिइन तर त्यसपछि १५ मिनेटमै न उनले पुनः म्यासेज गरिन् न अष्ट्रेलियावाट आफनो प्यारा श्रीमानले पटक पटक कहां पुग्यो भनी गरेको म्यासेजको रिप्लाई नै गरिन् । चार बर्षको सानो छोरा , ६ बर्षको छोरीले मामु कहिले आउनु हुन्छ भन्न थालिसकेका थिए ती अबोध बेवीहरुको जवाफ फर्काउन त के तिनीहरुको अनुहार पनि हेर्न नसकी नबराज श्रीमती सुमीलाई भेटाउन सकिन्छ कि भन्ने आशा बोकेर तत्काल भान्जा संभवलाई साथमा लिइ नेपाल फर्किए ।

नेपाल फर्किनासाथ नवराज, संभव, दिदी शारदा , भान्जा सक्षमलाई साथमा लिएर अस्पतालहरु मात्र होइन रसुवा देखि त्रिवेणी सम्मका नदि किनार पुगे तर सुमीलाई भेटाउन सकेनन र अन्ततः नौ दिनका दिन देवघाटबाट कुशको सुमी बनाएर बिदा गरे । केएन पाण्डे, नवराज पाण्डे, गणेश न्यौपाने, कल्पना कण्डेल न्यौपानेको परिवार पीडा भोग्ने केबल प्रतिनिधि पात्र मात्र हुन । यो पीडा र असैह्यका कारण कुशको शब बनाएर दाहसंस्कार गर्नेहरु बिहीवार धेरै थिए । नौ दिन सम्म खोजी गर्नेहरु सयौ थिए तर लाश पनि नभेटिएपछि बिहीवार कुशको शब बनाएर दाहसंस्कार गर्नेहरुको संख्या ढेडसय भन्दा बढि भएको दावी गरिएको छ ।

जिन्दगी पनि कस्तो ? परिवार भित्रको प्यारो छोरा, छोरी बाबु आमा जसलाई भोटेकोशीवाट आएको उर्लदो वाढीले एक शब्द पनि बोल्न दिएन । ०८३ भदौ १० गते बिहान करीब पौने नौ बजेतिर आएको बाढीमा परेका हजारौ नागरिक मध्ये केही सयको मात्र लाश भेटियो अन्य हजारौको लाश भेटिएन र अझै भेटिएको छैन । ९ दिन सम्म परिवारले सास वा लाश भेटिन्छ कि भनेर पर्खिरहे तर न त सास भेटियो त न लाश नै । त्यो ९ दिन सम्मको पीडा र तनाब यस्तो थियो त्यसको कुनै कल्पना नै गर्न सकिएन ।
रसुवा देखि बिदुर सम्मका नदि क्षेत्रका बस्ती वजार वगरमा परिणत भएको अबलोकन गर्दा यस्तो लाग्छ नेपालले के गल्ती गरेको थियो र यस्तो पत्याउनै नसकिने कहाली लाग्दो बिनाश भोग्नुपर्‍यो ? भौतिक क्षतिको कुनै लेखाजोखा नै छैन भने मानवीय क्षतिको पीडाले सिगो देश नेपाल रोएको छ । नेपालीहरुका मन बिछिप्त भएको छ । यति हुंदा पनि जीवित मानबले सहनै परेको छ । सबै भन्दा सहनै नसक्ने पीडा जसका परिवारमा कोही बाबा आमा हुनुहुन्छ तर छोरा छोरी छैनन भने कसैको परिवारमा साना साना बाबु नानी मात्र बाचेका छन् तर बाबा आमा वा अभिभावक कोही पनि छैनन त्यस्तो परिवार सबै भन्दा बढी बिछिप्त अबस्थामा छ । नौ दिन सम्म त्यो परिवारमा कसैले केही खानेकुरा मुखमा हाल्न सकेको अबस्था थिएन । यसरी नौ दिन सम्म बिछिप्त भएर पीडै पीडामा समय कटाएको परिवारले छातीमा निकै ठूलो ढुंगा जस्तो थाम्नै नसक्ने गहौं भारीकावीच निर्णय गर्न नमान्दा नमान्दै पनि निर्णय गर्न बाध्य भयो र कुशको लाश बनाएर आफनो संस्कृति धर्म अनुसार दाहसंस्कार गरे ।

नेपालमा भोटेकोशीबाट आएको बाढीले पुर्‍याएको मानवीय र भौतिक क्षतिको बिबरण अझै पनि एकीन हुन बांकी छ तर लाशको खात बढ्दै गएको छ भने बाढीमा परेर हराउनेको संख्या दैनिक १० हजार भन्दा कम नभएको आंकलन गरिएको छ । सिंगो देशका लागि इतिहासमै सबै भन्दा दर्दनाक क्षणमा यति खेर सम्पूर्ण नेपाली छन । जलवायु परिवर्तनका कारण तिब्बतमाथिको हिंउको ठूलो पहाड नै खसेपछि भोटेकोशी एक सय मिटर माथि सम्म उर्लेर आउदा रसुवाको टिमुरे स्याप्रुवेसीलाई समुन्द्रको ठूलो माछाले एकै गासमा मानबलाई कर्लप्पै निले जसरी निल्यो । त्यो भेलले नुवाकोटको त्रिशुली बजारलाई पनि सत्यानाश बनायो । दुइ दर्जन बढी सडक मार्गका पुल बगे । गाइ बस्तु,भेडा वाख्रा, लत्ता कपडा भांडाकुडा गरगहना बाहेक भौतिक क्षति नै १० खर्ब बढी भएको अनुमान गरिएको छ । करीव १० हजार नागरिकहरु त्यो उर्लदो बाढीमा परेर अहिले बेपत्ता छन् । झण्डै सात सय मेघावाटको हाइड्रोपावर ध्वंश भएका छन ।

चीनको सीमानाको इमिरिगेशन भवन देखि स्यापु्‌्र्‌वेसी, टिमुरे, त्रिशुली जस्ता वजार सम्पूर्ण रुपमा बगरमा परिणत मात्र भएनन बजारका नागरिकहरुले बाढीको भेलमा परेर ऐया पनि भन्न पाएनन । अहिले पनि सुरक्षा निकायले ज्यानको वाजी थापेर उद्धार कार्यलाई जारी राखेको छ । नेपाली सेना , नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धारका लागि निर्वाह गरेको भूमिका निकै प्रशंसनीय छ । सिगो सरकार पनि त्यहि रुपमा लागेको छ । अब उद्धार गरिएका १० हजार भन्दा बढि नागरिकलाई खानपान र बसोवासको राम्रो ब्यबस्था गर्नुपर्ने खाचो छ । थुप्रै बिधार्थीहरुको शिक्षाका लागि बिशेष ब्यबस्था गर्नुपर्ने छ भने तनाबमा रहेका बिद्यार्थी र नागरिकहरुलाई काउन्सिलिङको खाचो बढदै गएको छ ।
– tanka.panta@gmail.com

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor