Washington DC, US : September 18, 2026, Friday 06:00 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|भ्युजको भोकमा हराउँदै गएको पत्रकारिताको धर्म र मर्म|करिब ३ करोड ४५ लाख अमेरिकी आधिकारिक गरिबी रेखामुनि|Breaking News : अमेरिकी राष्ट्रपतिलाई अधिकार दिने विधेयक अमेरिकी कांग्रेसबाट पारित भएपछि…..|बाढीपीडितहरूको सहयोगार्थ टोक्योमा गायिका कारेन शाक्यको विशेष सांगीतिक कार्यक्रम|क्यानडा-ईयू सम्बन्ध नयाँ चरणमा : ‘एसोसिएट सदस्य’ बन्ने प्रस्तावलाई कार्नीको स्वागत, ट्रम्पको ट्यारिफ चेतावनी|AI गलत हातमा परे मानव अस्तित्वमै खतरा हुन सक्छ : राजा चार्ल्स|ब्रिक्समा नेपाललाई निम्तो नगर्नुको कारण !|Breaking News : ट्रम्पको १५९ इरानी युद्धपोत डुबाएको दाबी, तेल र ग्यासको मूल्यमा थप दबाब|अख्तियार: ४० हजार ८४२ उजुरी, १७५ मुद्दा, २५ अर्ब २३ करोड बिगो दाबी|ट्रम्प भन्छन- इरान युद्ध अन्त्यतिर, तर अमेरिकाको लागत $38 अर्ब नाघ्यो; रुसमाथि गुप्तचर सहयोगको आरोप

के हामी साँच्चै मान्छे पनि हौँ ?? - रामप्रसाद खनाल

  NepalMother.com | ११ भाद्र २०८३, बिहीबार १०:२१

लाशहरूबाट गहना तान्ने
हामी नेपाली !
बाढीले बगाएर ल्याएका
ग्यास सिलिन्डर, भाँडाकुँडा र सामान
ज्यान जोखिममा राखेर हाम फाल्ने र तान्ने
हामी नेपाली !

किनारामा लाशका खात छन्,
कसैको सिन्दूर बगेको छ,
कसैको काख रित्तिएको छ,
कसैको घर, सपना, भविष्य
एकै भेलमा हराएको छ
तर हाम्रो मन किन रुँदैन ?

प्रहरी कराइरहेको छ
“खतरा छ, सावधान !
नजिक नजानुहोस् !”
तर हामीलाई बाढी पनि तमासा लाग्छ,
पहिरो पनि दृश्य लाग्छ,
मृत्युको मुखमै पुगेर
भिड लगाउँछौँ,
एउटा भिडियोका लागि,
एउटा फोटोका लागि,
अनि ‘भ्युज’ का लागि !

कोही पानीमा बगिरहेको हुन्छ,
हामी मोबाइल ठड्याइरहेका हुन्छौँ
कोही “बचाऊ !” भन्दै चिच्याइरहेको हुन्छ,
हामी क्यामेराको कोण मिलाइरहेका हुन्छौँ
हात दिनुपर्ने ठाउँमा
फोन निकाल्छौँ,
उद्धार गर्नुपर्ने बेला
भिडियो खिचेर बस्छौँ
हामी नेपाली !

शोकको यस्तो घडीमा पनि,
सनसनीपूर्ण शीर्षक चाहिन्छ,
रुवाइको क्लोजअप चाहिन्छ,
लाशको तस्बिर चाहिन्छ,
अरूको पीडा बेचेर
आफ्नो ‘भ्युज’ बढाउनुपर्छ !

के यही हो मानवता ?
के यही हो मानवीय संवेदना ?
कहाँ हरायो हाम्रो मन ?
कहाँ हरायो हाम्रो विवेक ?

एकलाई पर्दा
अर्कोलाई किन दुख्दैन ?
उसको बच्चा बग्दा
आफ्नो बच्चाको अनुहार किन सम्झिँदैनौँ ?
उसकी आमा रुँदा
आफ्नी आमाको आँसु किन देख्दैनौँ ?
उसको घर भत्किँदा
आफ्नो घर किन सम्झिँदैनौँ ?

विपद् उत्सव होइन,
मृत्यु तमासा होइन,
पीडा ‘कन्टेन्ट’ होइन,
आँसु व्यापार होइन !
हामीले बुझ्ने कहिले ??
वाह हामी नेपाली !

हामीले संसारलाई
सगरमाथा देखायौँ,
बुद्ध देखायौँ,
अतिथि देवो भवः भन्यौँ
तर के यहि हो हाम्रो बिबेक ?
यस्तै हुन्छ मानबियता ?
यस्तै हुन्छ धर्म र कर्तब्य ??

हामी सुध्रिने कहिले ?
मानवता जाग्ने कहिले ?
मान्छेको पीडामा
मान्छे भएर उभिने कहिले ?
प्रश्न अरूलाई होइन,
आज आफैलाई सोधौँ

हामी नेपाली त हौँ ?!
तर के हामी साँच्चै
मान्छे पनि हौँ ??!!

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।