Washington DC, US : July 10, 2026, Friday 03:18 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|उत्कृष्ट २५ कविता सार्वजनिक|बिरानो बन्दै पर्वतका रमणीय गाउँहरु|अमेरिका–इरानबीचको सैन्य टकराव झन् खतरनाक मोडमा|अमेरिका इरान तनाव थप चर्कियो, खाडी क्षेत्रमा मिसाइल आक्रमण र प्रतिआक्रमणको श्रृंखला|अस्पतालको औषधि खरिदमा पनि ३ करोड रुपैयाँ अनियमितता, ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा|एक चीन नीतिमाथि प्रश्न उठेको भन्दै सात पूर्वराजदूतको सरकारलाई चेतावनी|ट्रम्प–नेतन्याहुबीच दूरी बढेको चर्चा, मध्यपूर्व नीतिमा नयाँ मोडको संकेत|विश्वकप फुटबलको गौरवशाली इतिहास|बागमतीको पवित्रता पुनर्स्थापनासँगै पशुपति क्षेत्रको धार्मिक गरिमा अझ उचो बनाउने महत्वाकांक्षी योजना|खामेनीको अन्त्येष्टिमा लाखौँ लाखले दिए श्रद्धाञ्जली !

किरण बाबु पुनको नेतृत्वमा सांस्कृतिक संस्थानको ऐतिहासिक फड्को Historic Leap of the Cultural Corporation Under the Leadership of Kiran Babu Pun

  NepalMother.com | ३० जेष्ठ २०८३, शनिबार ०३:५७

सांस्कृतिक संस्थानमा किरण बाबु पुनको नेतृत्व : ‘सही व्यक्तिलाई सही जिम्मेवारी’ को उदाहरण

काठमाडौं । नेपालको कला, संस्कृति, संगीत र सांस्कृतिक संरक्षणको क्षेत्रमा पछिल्लो समय सांस्कृतिक संस्थानको गतिविधि र उपलब्धिका विषयमा व्यापक चर्चा हुन थालेको छ । विशेषगरी महाप्रबन्धक किरण बाबु पुनको नेतृत्वमा संस्थानले हासिल गरेका उपलब्धिहरूलाई कला, संगीत तथा सांस्कृतिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले सकारात्मक रूपमा लिएका छन् ।

कला तथा संस्कृतिको क्षेत्रमा लामो समयदेखि सक्रिय, अध्ययनशील र अनुभवी व्यक्तित्वका रूपमा परिचित किरण बाबु पुन सांस्कृतिक संस्थानको नेतृत्वमा पुगेपछि संस्थानले नयाँ गति लिएको कलाकारहरू बताउँछन् । धेरैको भनाइमा उनको नियुक्ति “सही व्यक्तिलाई सही जिम्मेवारी” दिइएको उदाहरणका रूपमा स्थापित भएको छ ।

संस्थानको नेतृत्व सम्हालेपछि उनले सुशासन, पारदर्शिता, संस्थागत सुधार, डिजिटल प्रविधिको प्रयोग, सांस्कृतिक सम्पत्तिको संरक्षण तथा आम्दानी वृद्धि जस्ता विषयलाई प्राथमिकतामा राखेका छन् । परिणामस्वरूप वर्षौंसम्म घाटामा रहेको सांस्कृतिक संस्थान इतिहासमै पहिलोपटक नाफामा जान सफल भएको छ । यो उपलब्धिलाई सांस्कृतिक क्षेत्रले एउटा महत्वपूर्ण मोडका रूपमा लिएको छ ।

लोकगायक, संगीतकर्मी, नृत्यकर्मी, रंगकर्मी, साहित्यकार तथा सांस्कृतिक अभियन्ताहरूले समेत सांस्कृतिक संस्थानभित्र देखिएको परिवर्तनलाई सकारात्मक रूपमा हेरेका छन् । उनीहरूका अनुसार संस्थान केवल औपचारिक कार्यक्रम गर्ने निकायको रूपमा सीमित नरही सांस्कृतिक उत्पादन, प्रशिक्षण, अनुसन्धान, अभिलेखीकरण र डिजिटल प्रवर्द्धनको केन्द्रका रूपमा विकसित हुन थालेको छ ।

विशेषगरी रेकर्डिङ स्टुडियो निर्माण, अभ्यास कक्षको व्यवस्थापन, सांस्कृतिक कार्यक्रमहरूको विस्तार, राष्ट्रिय दोहोरी गीत प्रतियोगिताको अवधारणा, डिजिटल प्रकाशन प्रणालीको सुरुआत, कलाकारमैत्री वातावरण निर्माण तथा सांस्कृतिक पर्यटनसँग सम्बन्धित कार्यक्रमहरूले संस्थानप्रति नयाँ आशा जगाएको कला क्षेत्रका व्यक्तिहरूको भनाइ छ ।

कला क्षेत्रका धेरै व्यक्तिहरूको धारणा छ— कुनै पनि संस्थाको नेतृत्व त्यही क्षेत्रको ज्ञान, अनुभव र दूरदृष्टि भएको व्यक्तिको हातमा पुगेमा परिणाम स्वतः देखिन थाल्छ । सांस्कृतिक संस्थानमा किरण बाबु पुनको नेतृत्वले यही कुरालाई पुष्टि गरेको उनीहरू बताउँछन् ।

पछिल्ला वर्षहरूमा अस्तित्व संकट र आर्थिक समस्याबाट गुज्रिएको संस्थान आज फेरि सांस्कृतिक गतिविधिको केन्द्र बन्दै गएको छ । कलाकारहरू भन्छन्, “संस्थानमा परिवर्तन सम्भव छ भन्ने कुरा किरण बाबु पुनको नेतृत्वले प्रमाणित गरेको छ ।”

संस्कृति, कला र संगीत क्षेत्रका जानकारहरूका अनुसार नेपालको मौलिक संस्कृति, लोककला, लोकसंगीत र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनका लागि संस्थागत नेतृत्व महत्वपूर्ण हुन्छ । उनीहरूका अनुसार किरण बाबु पुनले संस्थानलाई केवल प्रशासनिक रूपमा मात्र नभई सांस्कृतिक दृष्टिकोणबाट समेत अघि बढाउने प्रयास गरेका छन् ।

यही कारणले आज कला, संगीत र सांस्कृतिक क्षेत्रका धेरै व्यक्तिहरूले सांस्कृतिक संस्थानमा भइरहेको परिवर्तनको चर्चा गर्दै किरण बाबु पुनको कार्यशैली र नेतृत्वको प्रशंसा गरिरहेका छन् । उनीहरूले आगामी दिनमा पनि यस्तै परिणाममुखी, पारदर्शी र सांस्कृतिक विकास केन्द्रित नेतृत्व कायम रहनुपर्ने धारणा व्यक्त गरेका छन् ।

नेपालको सांस्कृतिक इतिहाससँग गाँसिएको सरकारी निकाय सांस्कृतिक संस्थानले आफ्नो स्थापना कालदेखि पहिलोपटक खुद नाफा कमाएर नयाँ इतिहास रचेको छ। लामो समयसम्म आर्थिक, प्रशासनिक र संरचनागत समस्याले थलिएको संस्थानले महाप्रबन्धक किरण बाबु पुनको नेतृत्वमा उल्लेखनीय सुधार गर्दै घाटाबाट नाफाको यात्रासम्म पुग्न सफल भएको हो।

नेपाल सरकारको मन्त्रिपरिषद्को २०८० माघ ३ गतेको निर्णयअनुसार महाप्रबन्धक नियुक्त भएका पुनले माघ ८ गते पदभार ग्रहण गरेका थिए। जिम्मेवारी सम्हालेको भोलिपल्टै उनले संस्थानभित्र वर्षौंदेखि चल्दै आएको हल, अभ्यास कक्ष र अन्य संरचनामा दिइने विभिन्न छुट तथा सहुलियतको परम्परा अन्त्य गर्दै सुशासनको सुरुआत गरेका थिए। संस्थानको इतिहासमा उक्त निर्णयलाई सुधार अभियानको पहिलो कदमका रूपमा हेरिएको छ।

समस्याको चाङमाथि नेतृत्वको परीक्षा

पुनले जिम्मेवारी सम्हाल्दा संस्थान आर्थिक तथा प्रशासनिक रूपमा अत्यन्तै जटिल अवस्थामा थियो। कर्मचारीको तलब भुक्तानीमै समस्या थियो भने कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमा वर्षौंदेखि जम्मा हुन नसकेको रकमका कारण करोडौँ रुपैयाँ दायित्व सिर्जना भएको थियो। अवकाशप्राप्त कर्मचारीलाई दिनुपर्ने उपदान बाँकी थियो। संस्थानको सम्पत्तिको उचित उपयोग हुन सकेको थिएन, राजनीतिक हस्तक्षेप व्यापक थियो र विभिन्न स्वार्थ समूहको प्रभावले संस्थान आफ्नो मूल उद्देश्यबाट विचलित भइसकेको थियो।

सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि स्थापना भएको संस्थान अस्तित्व संकटसम्म पुगेको अवस्थामा सुधार र आम्दानी वृद्धि दुबै कामलाई एकसाथ अगाडि बढाउनु नेतृत्वका लागि ठूलो चुनौती बनेको थियो।

६७ वर्षे इतिहास बोकेको संस्थाको पुनर्जागरण

वि.सं. २०१६ सालमा ‘राष्ट्रिय नाचघर’ का रूपमा स्थापना भएको संस्था २०२९ सालमा पुनर्गठन भई ‘सांस्कृतिक संस्थान’ बनेको थियो। कलाकार कर्मचारीका रूपमा कार्यरत रहने विशिष्ट प्रकृतिको यो संस्था नेपालको सांस्कृतिक धरोहर संरक्षण र प्रवर्द्धनको महत्वपूर्ण केन्द्र मानिन्छ।

महाप्रबन्धक पुनले संस्थानलाई परम्परागत ढाँचाबाट बाहिर निकाल्दै डिजिटल युगअनुकूल रूपान्तरण गर्ने रणनीति अघि सारे। उनले “संस्कृति + प्रकृति + जनशक्ति = समृद्धि” भन्ने दीर्घकालीन अवधारणालाई संस्थागत योजनाको केन्द्रमा राखेका छन्। उहाँको दृष्टिमा नेपालको सांस्कृतिक सम्पदा, प्राकृतिक स्रोत र दक्ष मानवशक्तिलाई उत्पादन तथा पर्यटनसँग जोड्न सके मात्रै संस्कृतिमार्फत समृद्धि सम्भव हुन्छ।

पहिलोपटक नाफा, आयमा उल्लेखनीय वृद्धि

अर्थ मन्त्रालयद्वारा प्रकाशित ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा–२०८३’ अनुसार सांस्कृतिक संस्थानले इतिहासमै पहिलोपटक २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यसअघि निरन्तर घाटामा रहेको संस्थानका लागि यो उपलब्धि ऐतिहासिक मानिएको छ।

त्यसअघि प्रकाशित ‘वार्षिक स्थिति समीक्षा–२०८२’ प्रतिवेदनमा संस्थानले सञ्चालन आयमा ६९.४७ प्रतिशत वृद्धि गरेको उल्लेख गरिएको थियो। सामाजिक क्षेत्रका सार्वजनिक संस्थानमध्ये उक्त वृद्धि सबैभन्दा उल्लेखनीय मानिएको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०८२ भदौ ५ गते जारी गरेको प्रेस विज्ञप्तिमा समेत संस्थानको नाफा र सुधारलाई विशेष उपलब्धिका रूपमा उल्लेख गरिएको थियो।

संरचनागत विकासमा अभूतपूर्व उपलब्धि

संस्थानले वर्षौंदेखि योजनामै सीमित रहेका अनेकौं पूर्वाधार निर्माण सम्पन्न गरेको जनाएको छ। तीमध्ये आधुनिक रेकर्डिङ स्टुडियो, सेमिनार हल, साउण्डप्रूफ अभ्यास तथा प्रशिक्षण कक्ष, ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिका लागि प्रवेशद्वारमा र्याम्प, पुस्तकालय तथा हल सामग्री व्यवस्थापन कक्ष प्रमुख छन्।

यस्ता संरचनाहरूले संस्थानको कार्यसम्पादन मात्र नभई सांस्कृतिक उत्पादन र प्रशिक्षणलाई समेत नयाँ स्तरमा पुर्‍याएको दाबी गरिएको छ।

डिजिटल रूपान्तरणतर्फ निर्णायक कदम

पुनको नेतृत्वमा संस्थानले पहिलोपटक युट्युब मोनेटाइजेशन तथा मोबाइल एपमार्फत सामग्री प्रकाशनको व्यवस्था सुरु गरेको छ। साथै अनलाइन हल बुकिङ, अनलाइन कलाकार प्रमाणीकरण र अनलाइन टिकट बुकिङ प्रणाली लागू गरिएको छ।

संस्थानका कलाकारले सिर्जना गरेका सामग्री डिजिटल माध्यमबाट विश्वभर पुग्ने वातावरण निर्माण गरिएको बताइएको छ। यसले संस्थानलाई सांस्कृतिक उद्योगतर्फ उन्मुख गराएको विश्लेषण गरिएको छ।

पुराना सांस्कृतिक सम्पदाको पुनर्जागरण

महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कृति ‘मुनामदन’ मा आधारित ऐतिहासिक गीति नाटकको हराएको श्रव्य सामग्री पुनः खोजी गरी प्रदर्शनमा ल्याइएको छ। वर्षौंदेखि बन्दजस्तै अवस्थामा पुगेको उक्त प्रस्तुति पुनर्जीवित हुनु संस्थानको महत्वपूर्ण उपलब्धिमध्ये एक मानिएको छ।

त्यसैगरी ‘संस्कृति अध्ययन’ नामक अनुसन्धानमूलक जर्नल प्रकाशन सुरु गरिएको छ।

सांस्कृतिक कार्यक्रमको विस्तार

संस्थानले गाईजात्रा विशेष कार्यक्रम, हास्यव्यंग्य प्रस्तुति, सांस्कृतिक साँझ, राष्ट्रिय दोहोरी गीत प्रतियोगिता, लोकसंस्कृति सम्मेलन, खाद्य संस्कृति प्रदर्शनी, सातै प्रदेशका मौलिक संस्कृतिसँग सम्बन्धित कार्यक्रमलगायत थुप्रै गतिविधिलाई वार्षिक कार्यक्रममा समेटेको छ।

पहिलोपटक संस्थान आफैं आयोजक बनेर राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सञ्चालन गर्ने नीति पनि अघि सारिएको छ।

कर्मचारी हित र आर्थिक दायित्व व्यवस्थापन

वर्षौंदेखि रोकिएको कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषमा नियमित रकम जम्मा गर्ने व्यवस्था गरिएको छ। अवकाशप्राप्त कर्मचारीलाई वितरण गरिने उपदानका लागि आन्तरिक आम्दानी समेत प्रयोग गरी दायित्व घटाइएको छ। आगामी आर्थिक वर्षभित्र उपदान सम्बन्धी समस्या पूर्ण रूपमा समाधान गर्ने लक्ष्य राखिएको जनाइएको छ।

शिक्षा, पर्यटन र अन्तर्राष्ट्रिय सहकार्य

काठमाडौं महानगरपालिकासँगको सहकार्यमा ‘बुक फ्री फ्राइडे’ कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयमा संगीत, नृत्य र अभिनय प्रशिक्षण सञ्चालन गर्ने प्रणाली विकास गरिएको छ।

त्यसैगरी नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) सँगको सहकार्यमा दिगो पर्यटन परियोजनाअन्तर्गत सांस्कृतिक पर्यटन प्याकेज निर्माणमा संस्थान साझेदार संस्था बन्न सफल भएको छ।

सांस्कृतिक सम्पदाको संरक्षणमा विशेष पहल

संस्थानले राष्ट्रिय नाचघरदेखि हालसम्म उत्पादित श्रव्यदृश्य सामग्री तथा अन्य सांस्कृतिक सम्पत्तिको खोज, अभिलेखीकरण र प्रतिलिपि अधिकार संरक्षणका लागि विशेष समिति गठन गरेको छ।

अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण अभियानमा पनि सक्रिय भूमिका निर्वाह गर्दै भूमे पर्व र नचारू स्याईं नाचलाई राष्ट्रिय सूचीमा समावेश गराउन संस्थानले महत्वपूर्ण भूमिका खेलेको जनाएको छ।

सरकारले पनि दियो निरन्तरता

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गर्दा पनि किरण बाबु पुनलाई निरन्तरता दिएको थियो। यसलाई उहाँको कार्यसम्पादनप्रतिको विश्वास र मूल्याङ्कनका रूपमा व्याख्या गरिएको छ।

भविष्यको लक्ष्य

महाप्रबन्धक पुनले आगामी दिनमा संस्थानको मेगा हल रहेको भवनमा थप एक तला निर्माण गरी आधुनिक डिजिटल छायांकन हल स्थापना गर्ने योजना अघि सारेका छन्। उनका अनुसार यसले सांस्कृतिक उत्पादन, डिजिटल सामग्री निर्माण र आम्दानी वृद्धिलाई थप गति दिनेछ।

संस्थानको दाबी अनुसार, सुशासन, डिजिटल रूपान्तरण, सांस्कृतिक उद्योगको विकास र आर्थिक आत्मनिर्भरताको दिशामा भएका यी प्रयासहरूले सांस्कृतिक संस्थानलाई केवल एउटा सरकारी निकायबाट आधुनिक सांस्कृतिक उत्पादन केन्द्रमा रूपान्तरण गर्ने आधार तयार गरेको छ।

No photo description available.

No photo description available.

No photo description available.

May be an image of text

May be an image of one or more people and scarf

No photo description available.

No photo description available.

Historic Leap of the Cultural Corporation Under the Leadership of Kiran Babu Pun

Achieves Net Profit for the First Time, Institutional Reforms Open a New Chapter

Kathmandu.

Leadership of Kiran Babu Pun at the Cultural Corporation: An Example of “The Right Person in the Right Place”

Kathmandu – The activities and achievements of Nepal’s Cultural Corporation have recently become a topic of widespread discussion in the fields of art, culture, music, and cultural preservation. In particular, individuals associated with the arts, music, and cultural sectors have viewed the accomplishments achieved under the leadership of General Manager Kiran Babu Pun in a highly positive light.

Artists and cultural figures say that the institution gained new momentum after Kiran Babu Pun, a well-known, experienced, and dedicated personality in the fields of art and culture, assumed its leadership. Many regard his appointment as a classic example of placing “the right person in the right position.”

Since taking charge, Pun has prioritized good governance, transparency, institutional reform, the use of digital technology, preservation of cultural assets, and revenue growth. As a result, the Cultural Corporation, which had operated at a loss for years, has managed to record a profit for the first time in its history. The cultural community views this achievement as a significant turning point.

Folk singers, musicians, dancers, actors, writers, and cultural activists have all welcomed the transformation taking place within the institution. According to them, the organization is no longer limited to hosting formal programs but is gradually evolving into a center for cultural production, training, research, archiving, and digital promotion.

They point to initiatives such as the construction of a modern recording studio, improved practice facilities, expansion of cultural programs, the introduction of a National Dohori Song Competition, digital publishing systems, artist-friendly working environments, and culture-based tourism programs as reasons for renewed optimism about the institution’s future.

Many cultural figures believe that whenever an institution is led by someone who possesses expertise, experience, and vision in the relevant field, positive results naturally follow. They say Kiran Babu Pun’s leadership has proven exactly that.

After years of financial difficulties and concerns about its relevance, the institution has once again emerged as a vibrant center for cultural activities. Artists commonly remark, “Kiran Babu Pun’s leadership has demonstrated that meaningful change is indeed possible within the institution.”

Experts in culture, arts, and music emphasize that effective institutional leadership is essential for preserving and promoting Nepal’s indigenous culture, folk arts, folk music, and cultural heritage. They believe Pun has sought to advance the institution not only administratively but also from a broader cultural perspective.

For this reason, many people from Nepal’s artistic, musical, and cultural sectors continue to praise Kiran Babu Pun’s leadership style and the positive transformation occurring within the Cultural Corporation. They hope that such result-oriented, transparent, and culturally focused leadership will continue in the years ahead.

A New Chapter in Nepal’s Cultural History

The Cultural Corporation, a government institution deeply connected to Nepal’s cultural history, has created a new milestone by earning a net profit for the first time since its establishment. Under the leadership of General Manager Kiran Babu Pun, the institution has successfully transformed itself from a loss-making organization burdened by long-standing financial, administrative, and structural challenges into a profitable one.

Pun was appointed General Manager by a decision of the Government of Nepal’s Council of Ministers on January 17, 2024 (Magh 3, 2080 BS) and officially assumed office on January 22, 2024 (Magh 8, 2080 BS). The very next day, he launched a reform campaign by abolishing long-standing practices of granting discounts and special privileges for halls, rehearsal spaces, and other facilities. This move is widely regarded as the first major step toward establishing good governance within the institution.

Leading Through Challenges

When Pun took office, the institution faced severe financial and administrative difficulties. Employee salaries were problematic, while millions of rupees remained unpaid to the Employees Provident Fund and Citizens Investment Trust. Retirement benefits owed to former employees had accumulated for years.

Institutional assets were underutilized, political interference was widespread, and various interest groups had diverted the organization from its original mission. Reviving the institution while simultaneously increasing revenue and preserving cultural heritage represented a major challenge.

Revitalizing a 67-Year Legacy

Originally established in 1959 (2016 BS) as the National Theater (Rastriya Nachghar), the institution was reorganized in 1972 (2029 BS) as the Cultural Corporation. It remains one of Nepal’s most important cultural institutions, employing artists directly and serving as a center for cultural preservation and promotion.

Pun introduced a vision centered on adapting the institution to the digital era. His long-term philosophy, “Culture + Nature + Human Resources = Prosperity,” has become the foundation of institutional planning. He believes that Nepal’s cultural heritage, natural resources, and skilled human capital can generate prosperity when effectively linked to production, tourism, and innovation.

First-Ever Profit and Significant Revenue Growth

According to the Ministry of Finance’s Annual Review of Public Enterprises 2083, the Cultural Corporation recorded a net profit of NPR 2.9 million (29 lakh rupees), the first profit in its history.

The previous year’s report had already highlighted a 69.47 percent increase in operating income, one of the highest growth rates among social-sector public institutions.

The Ministry of Culture, Tourism and Civil Aviation also recognized the institution’s financial turnaround and reforms as notable achievements in an official press release.

Major Infrastructure Development

The institution has completed numerous infrastructure projects that had remained only on paper for years. These include:

  • A modern recording studio
  • A seminar hall
  • Soundproof rehearsal and training rooms
  • Accessibility ramps for senior citizens and persons with disabilities
  • A library
  • Hall equipment management facilities

These developments have strengthened both institutional operations and cultural production activities.

A Bold Digital Transformation

Under Pun’s leadership, the institution launched YouTube monetization and mobile app-based content distribution for the first time. It also introduced:

  • Online hall booking
  • Online artist certification
  • Online ticket booking systems

These initiatives have enabled artists’ works to reach audiences worldwide and have positioned the institution as a growing player in Nepal’s cultural industry.

Revival of Cultural Heritage

One of the institution’s most celebrated achievements has been the revival of the historic musical drama Muna Madan, based on the renowned work of national poet Laxmi Prasad Devkota. Audio materials that had been lost for years were recovered, allowing the production to return to the stage.

The institution has also launched the research journal Culture Studies (Sanskriti Adhyayan).

Expansion of Cultural Programs

The Cultural Corporation has expanded its annual programs to include:

  • Gaijatra special performances
  • Comedy and satire productions
  • Cultural evenings
  • National Dohori Song Competitions
  • Folk culture conferences
  • Traditional food festivals
  • Province-based cultural showcases

For the first time, the institution itself has become the organizer of a National Dohori Song Competition.

Employee Welfare and Financial Responsibility

The institution has resumed regular contributions to the Employees Provident Fund and Citizens Investment Trust. It has also reduced long-standing gratuity liabilities through increased internal revenue and aims to fully resolve outstanding retirement benefit obligations in the coming fiscal year.

Education, Tourism, and International Partnerships

In partnership with the Kathmandu Metropolitan City, the institution has developed training programs in music, dance, and acting under the “Book Free Friday” initiative.

It has also partnered with the Nepal Tourism Board and the United Nations Development Programme to develop cultural tourism packages under sustainable tourism projects.

Preserving Cultural Assets

The institution has established a dedicated committee to identify, document, archive, and protect copyrights related to audiovisual materials and other cultural assets produced since the era of the National Theater.

It has also played an active role in Nepal’s national intangible cultural heritage listing campaign, helping secure recognition for cultural traditions such as the Bhume Festival and Nacharu Syain Dance.

Government Recognition and Continuity

Even when the government led by Balen Shah canceled numerous political appointments, Kiran Babu Pun was retained in his position. This decision has been widely interpreted as recognition of his performance and achievements.

Looking Ahead

Pun has proposed adding another floor to the institution’s Mega Hall building and establishing a modern digital filming studio. He believes this project will further increase cultural production, digital content creation, and revenue generation.

According to the institution, these efforts in good governance, digital transformation, cultural industry development, and financial sustainability are laying the foundation for transforming the Cultural Corporation from a traditional government body into a modern cultural production hub and a model institution for Nepal’s cultural future.

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।