Washington DC, US : July 9, 2026, Thursday 09:19 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|उत्कृष्ट २५ कविता सार्वजनिक|बिरानो बन्दै पर्वतका रमणीय गाउँहरु|अमेरिका–इरानबीचको सैन्य टकराव झन् खतरनाक मोडमा|अमेरिका इरान तनाव थप चर्कियो, खाडी क्षेत्रमा मिसाइल आक्रमण र प्रतिआक्रमणको श्रृंखला|अस्पतालको औषधि खरिदमा पनि ३ करोड रुपैयाँ अनियमितता, ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा|एक चीन नीतिमाथि प्रश्न उठेको भन्दै सात पूर्वराजदूतको सरकारलाई चेतावनी|ट्रम्प–नेतन्याहुबीच दूरी बढेको चर्चा, मध्यपूर्व नीतिमा नयाँ मोडको संकेत|विश्वकप फुटबलको गौरवशाली इतिहास|बागमतीको पवित्रता पुनर्स्थापनासँगै पशुपति क्षेत्रको धार्मिक गरिमा अझ उचो बनाउने महत्वाकांक्षी योजना|खामेनीको अन्त्येष्टिमा लाखौँ लाखले दिए श्रद्धाञ्जली !

उत्कृष्ट २५ कविता सार्वजनिक दोस्रो विश्वव्यापी खुला ‘आरुष–टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता–२०८२’

  NepalMother.com | २५ असार २०८३, बिहीबार ०९:१३

काठमाडौं, असार २५ । नेपाली साहित्यमा नयाँ पुस्ताका सर्जकलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो विश्वव्यापी खुला ‘आरुष–टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता–२०८२’ को उत्कृष्ट २५ कविताको नतिजा सार्वजनिक गरिएको छ।

प्रतियोगिताको आयोजना साहित्यिक पत्रकार संघ (सापस) ले गरेको हो। संघले जारी गरेको विज्ञप्तिअनुसार वरिष्ठ समालोचक प्रमोद प्रधान संयोजक रहेको निर्णायक समितिले प्राप्त सयौं सिर्जनामध्ये उत्कृष्ट २५ कविता छनोट गरेको हो।

यस वर्ष छनोटमा परेका कविताहरूले राष्ट्रप्रेम, सामाजिक चेतना, युवा पुस्ताको मनोविज्ञान, मानवीय संवेदना, वातावरण संरक्षण, समकालीन राजनीति, परिवर्तन, प्रेम तथा जीवनदर्शनजस्ता विविध विषयलाई सशक्त रूपमा उठाएका छन्। आयोजकका अनुसार प्रतियोगिताले युवा पुस्तामा सिर्जनशील लेखन संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्य बोकेको छ।

उत्कृष्ट २५ मा परेका कविता

प्रतियोगितामा उत्कृष्ट २५ भित्र स्थान बनाउन सफल भएका कविता तथा स्रष्टाहरू यसप्रकार छन्–

  1. जागौँ वीर युवा – विपेन आदिमा
  2. जेनजीबहादुर – सुनिता अधिकारी
  3. कवितामा देश – तुलसी घिमिरे
  4. प्रेमका परम गणितहरू – गुञ्जन राई
  5. आवाजहरूको विद्रोह – सङ्गीता खरेल
  6. मुखौटाहरूको महोत्सव – रमेश दाहाल
  7. बलिदानीहरूको आवाज – सरस्वती विश्वकर्मा (सारा)
  8. स्वाभिमान – ‘प्यासी’ (अनुमोदन)
  9. गाउँ जाने बाटो – मदन घिमिरे
  10. मान्छे हरायो – किरण विश्वकर्मा
  11. सहर अब सहर होइन – अञ्चु सुवेदी
  12. के गर्व गर्नु छ ? – गोपाल खनाल
  13. शून्यहरूको आत्मकथा अनन्तसम्म – राजु उवरकोटी
  14. फूलकुमारी – सरिता जोशी
  15. भित्तेपात्रोहरू – मोहित जोशी
  16. म र झोला – मनिभक्त राई
  17. के म नेपाली होइन र ? – कंडेल
  18. क्षमायाचना – सुरज पराजुली
  19. जेनजेड पुस्तासँग प्रकृति र वातावरण संरक्षणका कुरा – माधवहरि पौडेल
  20. मैले कविता लेख्न सकेको छैन – परिवेश मुन्छे
  21. मान्छे : एक अनन्त अन्वेषण – इन्द्रप्रसाद गोतामे (जगतजंग)
  22. परिवर्तन – शून्य नयन
  23. युवालाई आह्वान – सुशील पौडेल
  24. एकलव्यको दोस्रो प्रहार – शुभचन्द्र राई
  25. लग्दै छ वृद्धाश्रम – निशा काफ्ले

आकर्षक पुरस्कारको व्यवस्था

प्रतियोगिताका विजेतालाई नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ। प्रथम हुने कविले रु. ३० हजार, द्वितीयले रु. २० हजार तथा तृतीयले रु. १० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेछन्। यसबाहेक उत्कृष्ट २५ भित्र स्थान बनाउन सफल सबै स्रष्टालाई पनि विशेष प्रमाणपत्र प्रदान गरिने कार्यक्रम रहेको छ।

कडा मापदण्डमा भएको प्रतिस्पर्धा

प्रतियोगितामा सहभागी हुनका लागि केही विशेष मापदण्ड निर्धारण गरिएको थियो। सहभागीको उमेर ४० वर्ष ननाघेको हुनुपर्ने, कविता अप्रकाशित हुनुपर्ने तथा समसामयिक विषयवस्तुमा आधारित सिर्जना मात्र स्वीकार गरिने व्यवस्था गरिएको थियो। कविता बुझाउने अन्तिम म्याद २०८२ पुस मसान्त तोकिएको थियो।

यस प्रतियोगिताका लागि अमेरिकामा बसोबास गर्दै आएकी समाजसेवी सपना राउत ले आर्थिक प्रायोजन गरेकी हुन्। आयोजकले उहाँको योगदानले नेपाली साहित्यका नयाँ प्रतिभालाई प्रोत्साहन गर्न महत्वपूर्ण सहयोग पुगेको जनाएको छ।

नेपाली साहित्यको पुरानो संस्था

वि.सं. २०२९ मा स्थापना भएको साहित्यिक पत्रकार संघ नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा साहित्यिक पत्रकारिताको क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि सक्रिय संस्थाका रूपमा परिचित छ। संस्थाले आफ्नो स्वर्ण महोत्सवको विशेष समापन कार्यक्रम वि.सं. २०८० साउन २९ गते सम्पन्न गरेको थियो।

संघले हरेक वर्ष चैत १९ गते कथा दिवस मनाउँदै आएको छ। साथै कवितायात्रा, साहित्यिक बनभोज, आत्मवाचन, सम्मान तथा अभिनन्दन कार्यक्रम, मैनाली कथा पुरस्कार, व्यथित काव्य पुरस्कार, लोकप्रिया पुरस्कार, भवानी साहित्यिक पत्रकारिता पुरस्कार तथा सापस साहित्यिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ।

यसैगरी विगतमा गाइजात्रा कार्यक्रम, स्रष्टा सम्मान, रथारोहण, कविता क्यासेट, स्मारिका तथा सिर्जना बुलेटिन प्रकाशनजस्ता विविध साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको संघले पछिल्लो समय म्युजिक नेपाल सँगको सहकार्यमा कवि भूपी शेरचन का कविताहरू विभिन्न कविहरूको स्वरमा अडियो रेकर्ड गरी डिजिटल माध्यममार्फत सार्वजनिक गर्ने अभियान पनि अघि बढाएको छ।

आयोजकका अनुसार यस्ता प्रतियोगिताले युवा पुस्तामा सिर्जनात्मक लेखनप्रति आकर्षण बढाउनुका साथै नेपाली कविताको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।