Washington DC, US : May 28, 2026, Thursday 11:27 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|Breaking News : इरान र अमेरिकाबीच फेरि तनाव|अमेरिकी सेनाले तेहरानविरुद्ध थप “आत्मरक्षात्मक” सैन्य कारबाही|इरानसँगको युद्धमा अमेरिकी राष्ट्रपति Donald Trump ले अपेक्षित सफलता हासिल गर्न नसकेको निष्कर्ष|दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व, लाइसेन्स नवीकरण र सेयर संरचनालाई लिएर फेरि गम्भीर विवाद सतहमा|European Union ले नेपाली वायुसेवालाई आफ्नो आकाशमा लगाएको प्रतिबन्ध तत्काल हट्ने सम्भावना नरहेको स्पष्ट संकेत|डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले स्थायी बसोबास अनुमति अर्थात् ‘ग्रीन कार्ड’ आवेदन प्रक्रियामा ठूलो परिवर्तन गर्दै नयाँ कडा नियम लागू|नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले पराजित|cartoon|ट्रम्प जुनियरको विवाह समारोहमा सहभागी हुने कि नहुने भन्ने दुविधामा डोनाल्ड ट्रम्प|लगातार तीन आर्थिक वर्षसम्म स्थिर रहेको सरकारी कर्मचारीको तलब अब बढ्ने संकेत

Breaking News : इरान र अमेरिकाबीच फेरि तनाव

  NepalMother.com | १४ जेष्ठ २०८३, बिहीबार ०६:०१

इरान र अमेरिकाबीचको तनाव फेरि चुलिएको छ । अमेरिकी सेनाले दक्षिणी इरानमा पुनः हवाई कारबाही गरेपछि Islamic Revolutionary Guard Corps (आईआरजीसी) ले मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेको दाबी गरेको छ ।

आईआरजीसीले कुन अमेरिकी सैन्य अड्डालाई निशाना बनाइएको हो भन्ने स्पष्ट पारेको छैन । तर अमेरिकी सैन्य अड्डा रहेको Kuwait ले आफ्नो आकाशमा “शत्रुतापूर्ण मिसाइल र ड्रोन खतराहरू” अवरोध गरिएको जनाएको छ । यद्यपि ती आक्रमण कहाँबाट आएका थिए भन्नेबारे खुलाइएको छैन ।

यसअघि अमेरिकी सेनाले होर्मुज जलडमरूमध्यमाथि उडिरहेका इरानी ड्रोनहरू खसालेको र इरानको रणनीतिक बन्दरगाह सहर बन्दर अब्बासस्थित एक सैन्य स्थलमा आक्रमण गरेको जनाएको थियो । अमेरिकी सेनाका अनुसार उक्त स्थानबाट पाँचौं ड्रोन प्रक्षेपणको तयारी भइरहेका बेला हमला गरिएको हो । इरानी सञ्चारमाध्यमहरूले बन्दर अब्बासको पूर्वी क्षेत्रमा विस्फोटको आवाज सुनिएको बताएका छन् ।

अमेरिकी सेनाको मध्य कमाण्ड United States Central Command (सेन्टकम) ले आफ्ना कारबाहीहरू “मापन गरिएको, पूर्ण रूपमा रक्षात्मक र युद्धविराम कायम राख्न केन्द्रित” रहेको दाबी गरेको छ । सेन्टकमका अनुसार होर्मुज क्षेत्रमा खतरा उत्पन्न गरिरहेका चारवटा इरानी आत्मघाती ड्रोन पनि अमेरिकी सेनाले खसालेको थियो ।

तर इरानले अमेरिकी कारबाहीलाई युद्धविरामको “गम्भीर उल्लंघन” भन्दै कडा विरोध गरेको छ । तेहरानले कुनै पनि शत्रुतापूर्ण गतिविधिको जवाफ दिने चेतावनीसमेत दिएको छ ।

यसअघि सोमबार पनि अमेरिकाले दक्षिणी इरानमा “आत्मरक्षात्मक” कारबाही गरेको पुष्टि गरेको थियो । त्यस क्रममा इरानी मिसाइल साइटहरू र होर्मुज जलडमरूमध्यमा बारुद बिछ्याउन खोजिरहेका डुंगाहरूलाई निशाना बनाइएको अमेरिकी दाबी छ । युद्धका कारण हजारौं व्यापारिक जहाजहरू अहिले पनि होर्मुज क्षेत्रमा रोकिएका छन् ।

अमेरिकाले होर्मुज जलडमरूमध्य हुँदै यात्रा गर्ने जहाजबाट शुल्क उठाउने इरानी निकाय “पर्सियन गल्फ स्ट्रेट अथोरिटी” माथि नयाँ प्रतिबन्धसमेत लगाएको छ । अमेरिकी अर्थ मन्त्रालयले उक्त निकायलाई रकम तिर्ने जहाजहरू पनि प्रतिबन्धको जोखिममा पर्न सक्ने चेतावनी दिएको छ ।

विश्वको करिब पाँचौं भाग तरल प्राकृतिक ग्यास र तेल यही जलमार्ग हुँदै ओसारपसार हुने भएकाले यसको असर अन्तर्राष्ट्रिय ऊर्जा बजारमा समेत परेको छ । इरानले भने आफूले “नेभिगेसन सेवा” बापत शुल्क उठाइरहेको र जलमार्ग व्यवस्थापन जारी रहने जनाएको छ ।

अमेरिकी अर्थमन्त्री Scott Bessent ले इरानको कदमलाई “वैश्विक समुद्री व्यापारमाथिको दबाब” भन्दै आलोचना गरेका छन् ।

यसैबीच आईआरजीसीले अमेरिकी ड्रोन खसालिएको तथा इरानी हवाई क्षेत्रमा प्रवेश गरेको अमेरिकी लडाकु विमान र अर्को ड्रोनमाथि गोली चलाइएको दाबी पनि गरेको छ । तर घटना कहिले भएको हो भन्ने खुलाइएको छैन ।

तीन महिनादेखि जारी युद्ध अन्त्यका लागि अमेरिका र इरानबीच वार्ता चलिरहे पनि सहमति अझै टुंगोमा पुगेको छैन । अमेरिकी राष्ट्रपति Donald Trump ले बुधबार इरान “कमजोर अवस्थामा वार्तामा आएको” दाबी गर्दै आवश्यकता परे पुनः ठूला सैन्य आक्रमण हुन सक्ने चेतावनी दिएका छन् ।

ट्रम्पले खाडी राष्ट्रहरूलाई Abraham Accords मा सहभागी भई इजरायलसँग सम्बन्ध सामान्य बनाउन पनि आग्रह गरेका छन् ।

इरानी सरकारी टेलिभिजनले हालै सम्भावित मस्यौदा सम्झौताका केही विवरण सार्वजनिक गर्दै होर्मुज जलडमरूमध्य पुनः खोल्ने र अमेरिकी सेना क्षेत्रबाट फिर्ता हुने व्यवस्था समावेश गरिएको दाबी गरेको थियो । तर ह्वाइट हाउसले त्यसलाई “पूर्ण रूपमा बनावटी” भन्दै अस्वीकार गरेको छ ।

यद्यपि दुवै पक्षले गत साता वार्तामा केही प्रगति भएको संकेत दिएका थिए । तर पछि इरानले सम्झौता “तत्काल हुन नसक्ने” जनाएको थियो भने ट्रम्पले आफ्ना वार्ताकारहरूलाई “हतार नगर्न” निर्देशन दिएको बताएका छन् ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।