Washington DC, US : February 10, 2026, Tuesday 05:40 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|रूसको सैन्य शक्ति गम्भीर रूपमा क्षतिग्रस्त, सैन्य संयन्त्र पुनर्निर्माण गर्दै|नेपालमा भ्रष्टाचार कायमै रहेको अन्तर्राष्ट्रिय सर्वेक्षण प्रतिबेदन|लाज शरम पनि मरेको हो ?!|Breaking News: तामाकोशी नदीमा यात्रुवाहक बस खस्दा ज्यान गुमाउनेको संख्या १२, ९ जनाको सनाखत, ३ जनाको परिचय खुल्न बाँकी|जाँचबुझ आयोगको म्याद थपप्रति सत्य र न्यायको खोजी अभियानको आपत्ति|Breaking News : साउदी अरेबियामा वैदेशिक रोजगारीका लागि गएका ७ सय ४८ जना नेपाली विभिन्न मुद्दामा जेलमा|नेपाली सम्पर्क विभाग साउदी अरेबियाको दोस्रो अधिवेशन सम्पन्न|जाँचबुझ आयोगको कार्यकाल २५ दिन बढाउने निर्णय, ओलीले काठमाडौंमा जनविश्वास गुमेपछि बालेन्द्र झापातिर आएको टिप्पणी|कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले केपी शर्मा ओली र बालेन्द्र साह प्रधानमन्त्रीका लागि उपयुक्त पात्र नभएको बताए|सर्वोच्च अदालतको संवैधानिक इजलासले चेक बाउन्सलाई आपराधिक दायराबाट कमजोर बनाउने प्रयासमा रोक

सर्वोच्च अदालतको संवैधानिक इजलासले चेक बाउन्सलाई आपराधिक दायराबाट कमजोर बनाउने प्रयासमा रोक

  NepalMother.com | २७ माघ २०८२, सोमबार ०९:०२

सर्वोच्च अदालतको संवैधानिक इजलासले बैंकिङ कारोबारमा चेक अनादर (बाउन्स) सम्बन्धी हालै संशोधित कानुन तत्काल कार्यान्वयन नगर्न आदेश दिँदै जेल र जरिबानासम्बन्धी सजाय खुकुलो बनाउने व्यवस्थामा कडाइ गरेको छ। यससँगै चेक बाउन्सलाई आपराधिक दायराबाट कमजोर बनाउने प्रयासमा रोक लागेको छ। संवैधानिक इजलासले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले चेक बाउन्समा सजाय नराख्ने वा अत्यन्तै खुकुलो बनाउने गरी गरेको कानुनी संशोधन लागू नगर्न सरकार र नेपाल राष्ट्र बैंकका नाममा अन्तरिम आदेश जारी गरेको हो। इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र डा. मनोजकुमार शर्मा सहभागी थिए।

अदालतले २०८२ वैशाख २३ गतेसम्म भएका आर्थिक कारोबारसँग सम्बन्धित चेक अनादरका घटनामा संशोधित कानुन प्रयोग नगर्न आदेश दिएको छ। यसले सो अवधिसम्म भएका सबै चेक बाउन्सका मुद्दामा विनिमय अधिकार पत्र ऐन, २०३४ अनुसारकै पुरानो कानुनी व्यवस्था लागू हुने स्पष्ट गरेको छ। सरकारले बैंकको चेक अनादरमा जेल र जरिबानाजस्ता कठोर सजाय हटाउने उद्देश्यले विनिमय अधिकार पत्र ऐन संशोधन गरेको थियो। उक्त संशोधनअनुसार खातामा रकम नभएको अवस्थामा बैंकले ४५ दिनसम्म चेक ‘होल्ड’ गर्ने, त्यसपछि मात्र चेक बाउन्सको सूचना दिने र सो सूचनापछि उजुरी प्रक्रियामा जान सकिने व्यवस्था गरिएको थियो। उजुरी परेपछि पनि थप छ महिनासम्म मेलमिलापको समय दिने प्रावधान राखिएको थियो।

सर्वोच्चले यस्तो प्रक्रियाले न्यायिक उपचार अनावश्यक रूपमा ढिलाइ हुने, हदम्यादसम्बन्धी अधिकार संकुचित हुने र नागरिकको सम्पत्तिसम्बन्धी मौलिक हकमा असर पर्ने प्रारम्भिक निष्कर्ष निकालेको छ। आदेशमा नयाँ व्यवस्थाले कानुनी उपचारको पहुँच कमजोर पार्न सक्ने जोखिम औंल्याइएको छ। पुरानो व्यवस्थाअनुसार, खातामा पर्याप्त रकम नभएको थाहा हुँदाहुँदै चेक जारी गरेमा चेक काट्ने व्यक्तिबाट चेकको रकम र ब्याज असुल गरी तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिबाना हुन सक्ने प्रावधान थियो। संशोधित कानुनले यही सजाय हटाएको थियो, जसलाई सर्वोच्चले तत्कालका लागि रोकिदिएको छ।

नेपाल सरकारले २०८२ वैशाख २४ गते राजपत्रमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) ऐन, २०८२’ प्रकाशित गरेपछि चेक बाउन्ससम्बन्धी मुद्दाहरू प्रहरीमार्फत अघि बढ्ने व्यवस्था लागू भएको थियो। तर अदालतको अन्तरिम आदेशपछि अब अन्तिम फैसला नआएसम्म पुरानै कानुनी व्यवस्था कायम रहनेछ। रिट निवेदक अधिवक्ता राजकुमार सुवालले संशोधनले विनिमय अधिकार पत्र ऐनको पाँच वर्षे हदम्यादसम्बन्धी व्यवस्था संकुचित बनाउने, सम्पत्तिको हक र न्यायिक उपचारको मौलिक अधिकारमा बन्देज लगाउने खतरा रहेको दाबी गरेका थिए। उनले नयाँ व्यवस्थाले चेकको रकमको स्रोत खुलाउनुपर्ने पुरानो व्यवस्था हटाएकाले सम्पत्ति शुद्धीकरणको जोखिम बढ्न सक्ने प्रश्न पनि उठाएका थिए।

अदालतको आदेशपछि चेक अनादरका पुराना मुद्दाहरूमा पुनः कानुनी उपचारको ढोका खुलेको सुवालको भनाइ छ। उनका अनुसार, “पुरानो प्रावधान खारेज हुँदा चार वर्षभित्रका चेक बाउन्सका मुद्दामा न्यायिक उपचार नै नहुने अवस्था आएको थियो। अदालतको आदेशले पुराना चेकहरू पनि कानुनी रूपमा प्रयोगयोग्य बनाएको छ।” सर्वोच्च अदालतका पूर्वरजिष्ट्रार तथा वरिष्ठ अधिवक्ता श्रीप्रसाद पण्डितले आदेशलाई न्यायोचित भन्दै स्वागत गरेका छन्। उनका अनुसार, बैंकिङ कसुरका विषयमा विधायिकी अधिकारको दुरुपयोग भएको अवस्थालाई अदालतले रोकिदिएको हो।

संवैधानिक इजलासको अन्तिम फैसला आउन बाँकी रहे पनि अन्तरिम आदेशले चेक बाउन्समा सजाय नहुने गरी गरिएको कानुनी संशोधन हालका लागि निष्क्रिय बनेको छ। यसले ऋणदाता र ऋणी दुवै पक्षलाई तत्काल राहत दिएको कानुन व्यवसायीहरूको निष्कर्ष छ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।