भन्छन् पाउनु पर्छ खान सबले, काटेर गाई पनि
बोक्छन् ती ध्वज देशको जहल्यै, हौँ राष्ट्रवादी भनी
खा खा खा तँ सबै सबै जिनिस खा, आमा चपाएर खा
सत्ता भूत छ ग्रस्त त्यो मगजमा, हो जात त्यस्तै बना ॥
खाऊ जे मन लाग्छ मिल्छ घरमा, पाइन्छ मात्ने सुरा
बस् तेरो यति मात्र होस् मगजमा,गाई नकाट्ने कुरा
मेरा चोक पवित्र छन् मठहरू, छन् चोकचोकैभरि
हिन्दूराष्ट्र विषे नहोस् नगरमा, चर्चा बटुल्ने गरी ॥
मुद्दा मिल्छ हजार नाम नपुगे, चाहिन्न अग्ला धुरा
खान्छन् जात विषे हुँदैन जगमा, काट्ने र मार्ने कुरा
बस्छन् मुस्लिम सानले मुलुकमा, हिन्दू छिमेकीसँगै
गाई काट्न पऱ्यो खुला सहरमा, भन्दैन खान्छन् भलै ॥
छैनन् जात र भेदभाव समका, राम्रा नराम्रा शिरा
मान्छेको व्यवहार हुन्छ पहिलो, मान्छे उचाल्ने तला
जित्छन् युद्ध जसै मनोबल भए, सत् राष्ट्रवादी भए
यौटै राज्य हुनेछ नत्र गतिलो, के काम राजा सय?।
जान्छौ घुम्न विदेशमा तर कतै, देख्छौ र काट्दै पशु?
खान्छन् भिन्न अनेक जात तहले, सम्मान बाँढ्छन् बरू
बाँचोस् धर्म सहिष्णुता गजबले, संस्कारको बृद्धि होस्
चिन्छन् यावत सभ्यता अनरको, नेपाल आराध्य होस्॥
प्रतिक्रिया