Washington DC, US : August 7, 2026, Friday 08:04 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

देउवा परिवारमाथिको अनुसन्धान जारी स्वदेश फिर्ती र कांग्रेसको राष्ट्रिय भेलाले बढायो राजनीतिक सरगर्मी

  NepalMother.com | २२ श्रावण २०८३, शुक्रबार ०७:५८

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनको परिवारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण प्रकरणको अनुसन्धान जारी रहेको नेपाल प्रहरीले जनाएको छ। अर्कोतर्फ, विदेशमा रहेका देउवाको आसन्न स्वदेश फिर्ती र कांग्रेसको संस्थापनइतर पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलाले पार्टीभित्रको विवादलाई थप पेचिलो बनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाटमा देउवा परिवारसँग सम्बन्धित विषय अनुसन्धानकै क्रममा रहेको जानकारी दिए। उनले अनुसन्धानको विस्तृत विवरण भने सार्वजनिक गरेनन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसअघि देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणाविरुद्ध अदालतबाट पक्राउ अनुमति लिएको बताइएको थियो। त्यसपछि देउवा पक्ष सर्वोच्च अदालत पुगेको थियो। सर्वोच्च अदालतले पक्राउसम्बन्धी प्रक्रिया तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

देउवा दम्पती हाल देशबाहिर छन्। उनीहरूविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत रेड नोटिस जारी गराउने प्रक्रिया पनि अघि बढाइएको थियो। तर आवश्यक कागजी तथा प्रक्रियागत मापदण्ड पूरा नभएको भन्दै इन्टरपोलबाट रेड नोटिस जारी नभएको बताइएको छ।

साउन २६ मा देउवा फर्किने तयारी

हाल हङकङमा रहेको बताइएका देउवा साउन २६ गते नेपाल फर्किने तयारीमा रहेको नेपाली कांग्रेसको संस्थापनइतर पक्षले जनाएको छ। आरजु राणा पनि उनीसँगै फर्किने वा नफर्किने विषय भने स्पष्ट भइसकेको छैन।

कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाका अनुसार देउवा स्वदेश फर्किएपछि पार्टीको संस्थापनइतर पक्षले आयोजना गर्ने राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ।

शुक्रबार चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा कोइरालाले देउवा स्वदेश फर्किने क्रममा पक्राउ वा ‘धरपकड’को अवस्था सिर्जना भए त्यसको विरोध गरिने बताए।

उनले सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा पुनरवलोकनको अनुमति दिएको प्रसंग उल्लेख गर्दै विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाए। आफूहरू नै अन्ततः पार्टीको आधिकारिक पक्षका रूपमा स्थापित हुने उनको दाबी छ।

देउवाले पार्टीको आधिकारिक नेतृत्वसम्बन्धी विवादमा अनुकूल निर्णय पाए कांग्रेस पुनः एक ढिक्का हुने कोइरालाको भनाइ छ।

साउन २९ देखि ३१ सम्म राष्ट्रिय भेला

कांग्रेसको संस्थापनइतर पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ। भेलालाई व्यवस्थित र प्रभावकारी बनाउन ३२ वटा उपसमिति गठन गरिएको छ।

यसअघि साउन १६ गते चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै डा. शशांक कोइरालाको नेतृत्वमा राष्ट्रिय भेला आयोजक समिति घोषणा गरिएको थियो। अहिले सोही समितिले विभिन्न नेता तथा पदाधिकारीलाई जिम्मेवारी बाँडफाँट गरेको छ।

पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वसहमहामन्त्री उमाकान्त चौधरी, एनपी साउद, रमेश लेखक, डा. प्रकाशशरण महत, मीन विश्वकर्मा, दीपक खड्का, मोहनबहादुर बस्नेत, पूर्णबहादुर तामाङ, जीतजंग बस्नेत, कुन्दनराज काफ्ले, भीमसेनदास प्रधान, गुरु बराल र वीरबहादुर बलायरलगायत नेताहरूलाई विभिन्न जिम्मेवारी दिइएको छ।

पार्टीभित्र सहमतिको सम्भावना कमजोर हुँदै गएको अवस्थामा संस्थापनइतर समूहले भेलाको तयारी तीव्र पारेको हो।

शेखर कोइराला भने अझै ‘मझधार’मा

कांग्रेसको वर्तमान शक्ति संघर्षमा सबैभन्दा बढी चासोका साथ हेरिएका नेता डा. शेखर कोइराला भने अहिलेसम्म स्पष्ट रूपमा कुनै एक पक्षमा उभिएका छैनन्।

साउन १६ गतेको पत्रकार सम्मेलनमा शशांक कोइरालाले राष्ट्रिय भेलाप्रति शेखरको समर्थन रहेको बताएका थिए। उनका अनुसार शेखरलाई आयोजक समितिको संयोजक बन्नसमेत आग्रह गरिएको थियो, तर उनले प्रस्ताव स्वीकार गरेनन्।

शशांकले त्यसबेला भनेका थिए, “शेखर दाइसँग मैले पटक–पटक अनुरोध गरेँ। उहाँ व्यस्त भएकाले आउन सक्नुभएन, तर उहाँले आफ्नो सहमति रहेको बताउनुभएको छ।”

तर शेखर स्वयं राष्ट्रिय भेलामा सहभागी हुने वा नहुने भन्ने विषय अहिलेसम्म निश्चित भएको छैन। उनको सचिवालयले समेत सहभागिताको पुष्टि गरिसकेको छैन।

उनी अहिले विराटनगरमा रहेको बताइएको छ। काठमाडौं फर्किने मिति र आगामी राजनीतिक कदमबारे पनि औपचारिक निर्णय सार्वजनिक भएको छैन।

विशेष महाधिवेशनदेखि नै देखिएको द्विविधा

शेखर कोइरालाको यो द्विविधा कांग्रेसको पछिल्लो विशेष महाधिवेशनदेखि नै देखिएको थियो। विशेष महाधिवेशनका पक्षधर नेताहरूले उनलाई नेतृत्व लिन आग्रह गरेका थिए। हालका सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मासहितका नेताले समेत उनलाई अगाडि आउन आग्रह गरेको बताइन्छ।

विशेष महाधिवेशनको मागमा हस्ताक्षर गर्ने धेरै नेता शेखरनिकट थिए। तर निर्णायक घडीमा उनी मौन रहे। उनीसँग निकट केही नेताले भने महाधिवेशनमा सहभागी भएर सम्बोधनसमेत गरेका थिए।

१४औँ महाधिवेशनमा शेखरले तत्कालीन सभापति देउवासँग सभापति पदमा प्रतिस्पर्धा गरेका थिए। उनले करिब ४०.१३ प्रतिशत मत प्राप्त गरेका थिए। अन्ततः देउवा पुनः सभापतिमा निर्वाचित भए।

त्यसपछि शेखर कांग्रेसभित्र वैकल्पिक नेतृत्वको प्रमुख अनुहारका रूपमा उदाएका थिए। धनराज गुरुङ, गगन थापा, जीवन परियारलगायत नेताहरूको बलियो उपस्थितिले उनको राजनीतिक आधार थप मजबुत भएको थियो। १५औँ महाधिवेशनमा उनी सभापतिको स्वाभाविक दाबेदार बन्ने आकलनसमेत गरिएको थियो।

त्यसका लागि उनले देशव्यापी दौडाहा गरेका थिए, पार्टी नेतृत्वका निर्णयहरूको आलोचना गरेका थिए र राष्ट्रिय राजनीतिका विषयमा सक्रिय धारणा राख्दै आएका थिए।

तर पछिल्लो विशेष महाधिवेशनबाट गगन थापासहितको समूह नेतृत्वमा पुगेपछि शेखरको भावी राजनीतिक बाटो फेरि अन्योलपूर्ण बनेको देखिन्छ।

‘पहिलो प्राथमिकता पार्टी एकता’

शेखरनिकट नेताहरूका अनुसार उनी अहिले पनि कांग्रेस विभाजन हुन नदिनुपर्ने पक्षमा छन्। उनी संस्थापन र असन्तुष्ट दुवै पक्षसँग संवादमा रहेको उनीनिकट नेताहरू बताउँछन्।

नेता सञ्जयकुमार गौतमका अनुसार शेखरको पहिलो प्राथमिकता पार्टीलाई मिलाएर लैजानु हो।

“शेखर दाइले दुवै पक्षलाई संयमता अपनाउन भन्नुभएको छ। हामी पनि पार्टी मिलाउने प्रयासमै छौँ,” गौतमले भने, “संस्थापन पक्षलाई अडानबाट केही पछि हटेर समन्वय गर्न उहाँले आग्रह गरिरहनुभएको छ।”

पार्टी एकताको वातावरण बने राष्ट्रिय भेला केही दिन सार्न सकिने तर्कसमेत शेखरले अघि सारेको बताइएको छ।

तर कुनै पनि किसिमको सहमति बन्न नसके शेखरले अन्ततः राजनीतिक निर्णय लिनुपर्ने उनीनिकट नेताहरू स्वीकार गर्छन्।

“दुवैतिरबाट कुनै निष्कर्ष निस्किएन भने केही न केही निर्णय त गर्नैपर्छ। उहाँले निर्णय नै लिनुहुन्न भनेर बुझ्नु पनि गलत हुन्छ,” गौतमले बताए।

कांग्रेस संकटको निर्णायक घडी

एकातिर पार्टीको आधिकारिक नेतृत्वसम्बन्धी कानुनी विवाद, अर्कोतिर देउवा परिवारमाथि चलिरहेको अनुसन्धान, देउवाको सम्भावित स्वदेश फिर्ती र साउन २९ देखि सुरु हुने संस्थापनइतर समूहको राष्ट्रिय भेला—यी सबै घटनाक्रमले कांग्रेसको आन्तरिक राजनीति निर्णायक मोडमा पुगेको देखाउँछन्।

कांग्रेसको पुरानो संस्थापन पक्ष देउवाको फिर्तीलाई राजनीतिक शक्ति प्रदर्शनको अवसर बनाउन खोजिरहेको देखिन्छ भने अर्को पक्ष पार्टी नेतृत्वको वर्तमान संरचनालाई वैधानिक र राजनीतिक रूपमा स्थापित गर्न प्रयासरत छ।

यही बीचमा डा. शेखर कोइरालाको भूमिका सबैभन्दा बढी अर्थपूर्ण बन्न सक्ने देखिएको छ। उनले पार्टी एकताको पक्षमा मध्यस्थता जारी राख्छन्, राष्ट्रिय भेलासँग खुलेर जोडिन्छन् वा कुनै अलग राजनीतिक बाटो रोज्छन् भन्ने कुराले कांग्रेसको भावी शक्ति समीकरणमा महत्वपूर्ण प्रभाव पार्न सक्छ।

साउन २६ मा देउवाको सम्भावित स्वदेश फिर्ती र त्यसको तीन दिनपछि सुरु हुने राष्ट्रिय भेलासम्मका घटनाक्रम कांग्रेसको वर्तमान संकट कुन दिशातर्फ जान्छ भन्ने निर्धारण गर्ने महत्वपूर्ण घडी बन्ने देखिएको छ।

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor