Washington DC, US : February 16, 2026, Monday 09:51 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|बुटवलमा गुल्मेलीहरुले ल्याएको लोभ लाग्दो धार्मिक लहर|Heartbreaking True Story : “छायाँमा बाँचिरहेको छु। न घर छ, न देश, न त कतैको नागरिक भएको प्रमाण।”|अर्को आर्थिक संकट कहिले आउँछ भन्ने कसैले ठ्याक्कै भन्न सक्दैन, तर.. !|अग्रज लोक गायक बम बहादुर कार्कीको “जुन तारा झलल”|हजारौं “छोंटे राजा” र तिनका पछाडी लाग्नेको भीड हेर्नु भएकै छ, आज “बढे राजा” र उनको पछाडीको भीड पनि हेर्नुस !|कविता – धर्म|प्रधानमन्त्री सुशीला कार्कीले भनिन “हामी सबै मिलेर सफल, विश्वसनीय र ऐतिहासिक निर्वाचन सम्पन्न गर्नेछौँ”|हुने भनिएको यो निर्वाचन, यो राजनीति, यी नेता, यी उमेदवार र जनताका सन्दर्भमा लागेका सत्य तर तीता कुरा !|भ्रष्टाचार नियन्त्रणको सवालमा संवैधानिक निकाय र सरकारी संयन्त्रबीच प्रभावकारी समन्वय अभाव : अख्तियार दुरुपयोग अनुसन्धान आयोग|Breaking News: क्यानडाको सानो सहर टम्बलर रिजमा मंगलबार भएको सामूहिक गोलीकाण्डबारे विस्तृत विवरण सार्वजनिक

इरानका अन्तिम राजाका निर्वासित छोरा अर्थात युबराज रेजा पहलवीले विश्व समुदायलाई इरानमा भइरहेको सरकारविरोधी आन्दोलनलाई सहयोग गरी वर्तमान शासन ढाल्न आह्वान

  NepalMother.com | ३ माघ २०८२, शुक्रबार १५:५५

इरानका अन्तिम राजाका निर्वासित छोरा अर्थात युबराज रेजा पहलवीले विश्व समुदायलाई इरानमा भइरहेको सरकारविरोधी आन्दोलनलाई सहयोग गरी वर्तमान शासन ढाल्न आह्वान गरेका छन्। उनले “इस्लामिक गणतन्त्र पतन हुनेछ – यदि होइन, कहिले भन्ने प्रश्न मात्र बाँकी छ” भन्दै इरानको वर्तमान शासनको अन्त्य अवश्यंभावी भएको दाबी गरेका छन्।

अमेरिकामा निर्वासन जीवन बिताइरहेका पहलवीले वाशिङ्टनमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा इरानको शक्तिशाली सुरक्षा निकाय इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईआरजीसी) को नेतृत्व तहलाई लक्षित गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे। उनले आईआरजीसीको कमाण्ड तथा नियन्त्रण संरचनामाथि लक्षित ‘सर्जिकल स्ट्राइक’ जस्तो कारबाही भए आन्दोलनलाई सहज बनाउने र थप जनधनको क्षति रोक्न सकिने दाबी गरे।

मानवअधिकार संस्थाहरूका अनुसार गत डिसेम्बर २८ देखि सुरु भएको आन्दोलनमा हालसम्म कम्तीमा २ हजार ५ सय ९५ प्रदर्शनकारी मारिएका छन्। आन्दोलन सुरुमा महँगी, बेरोजगारी र मुद्राको अवमूल्यनविरुद्ध भए पनि क्रमशः इरानका सर्वोच्च नेता अली होसेनी खामेनेईको शासन अन्त्यको मागमा रूपान्तरित भएको छ। इरानी सरकारले भने यी प्रदर्शनलाई ‘विदेशी शक्तिद्वारा उक्साइएका दंगा’ को संज्ञा दिएको छ।

पहलवीले इरानको सुरक्षा संयन्त्रभित्रै केही समूहले आन्दोलन दमनमा सहभागी हुन अस्वीकार गरेको दाबी गर्दै सरकारले विदेशी मिलिसियाका लडाकुहरू प्रयोग गरेर प्रदर्शन दबाउन खोजेको आरोप लगाए। आन्दोलन दबाउन सरकारले इन्टरनेट तथा सञ्चार सेवामा झण्डै पूर्ण बन्द लगाएको उनले बताए।

उनले विश्व शक्तिहरूलाई इरानमाथि थप आर्थिक दबाब सिर्जना गर्न, इरानी कूटनीतिज्ञहरूलाई निष्कासन गर्न, सबै राजनीतिक बन्दीको तत्काल रिहाइ माग गर्न तथा ‘स्टारलिंक’ जस्ता उपग्रह इन्टरनेट सेवा प्रयोग गरी इरानी जनतालाई सुरक्षित सञ्चार सुविधा उपलब्ध गराउन आग्रह गरे।

“इरानी जनता मैदानमै निर्णायक संघर्ष गरिरहेका छन्। अब अन्तर्राष्ट्रिय समुदायले पनि पूर्ण रूपमा उनीहरूको साथ दिनुपर्छ,” पहलवीले भने, “विश्वको सहयोग भए वा नभए पनि यो शासन पतन हुनेछ। तर सहयोग मिले छिटो पतन हुन्छ र कम मानिसको ज्यान जान्छ।”

उनले आफूले अमेरिकी उच्च अधिकारीहरूसँग छलफल गरेको भन्ने समाचारबारे टिप्पणी गर्न अस्वीकार गरे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति भरोसा व्यक्त गरे। “म विश्वास गर्छु, राष्ट्रपति ट्रम्प आफ्ना वचनमा अडिग व्यक्ति हुन् र अन्ततः इरानी जनताको पक्षमा उभिनेछन्,” उनले भने।

यसअघि ट्रम्पले इरानी सरकारलाई प्रदर्शनकारी हत्या नगर्न चेतावनी दिएका थिए र आवश्यक परे ‘कडा कदम’ चाल्ने बताएका थिए। पछि उनले ‘हत्या रोकिएको’ जानकारी आफूले पाएको बताएका थिए, तर सैन्य कारबाहीको सम्भावनालाई पूर्ण रूपमा अस्वीकार भने गरेनन्।

उता, इरानको संसद सभामुखले अमेरिकाले आक्रमण गरे इजरायल तथा मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य र ढुवानी केन्द्रहरू वैध लक्ष्य बन्ने चेतावनी दिएका छन्। यसैबीच अमेरिका र बेलायतले कतारस्थित अल–उदैद हवाई अखडाबाट केही कर्मचारी फिर्ता बोलाएका छन्, जसलाई सावधानीपूर्वक कदमका रूपमा व्याख्या गरिएको छ।

पहलवीले इरान फर्कने प्रतिबद्धता पनि जनाउँदै नयाँ संविधान निर्माणको खाका प्रस्तुत गरेका छन्। भावी नेतृत्वबारे सोध्दा उनले “निर्णय इरानी जनताले नै गर्ने” बताए। धर्म र राज्यको पृथकीकरण, व्यक्तिगत स्वतन्त्रता, भौगोलिक अखण्डता र जनताले रोज्ने लोकतान्त्रिक शासन प्रणालीमा आधारित राज्य संरचनाको पक्षमा आफू रहेको उनको भनाइ छ।

इरानमा हालको आन्दोलन तेहरानका व्यापारीहरूले महँगी र राष्ट्रिय मुद्राको तीव्र अवमूल्यनविरुद्ध हड्ताल गरेपछि सुरु भएको थियो। त्यसपछि आन्दोलन देशभर फैलँदै शासनविरोधी नारामा परिणत भयो। प्रदर्शनकारीहरूले “तानाशाहको मृत्यु होस्” र “यसै वर्ष खामेनेई ढालिनेछन्” जस्ता नारा लगाएका छन्।

अमेरिकास्थित मानवअधिकार संस्था एचआरएएनए (Human Rights Activists News Agency) का अनुसार हालसम्म २२ हजार १०४ भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन्। जनवरी ८ देखि इरानमा इन्टरनेट लगभग पूर्ण रूपमा अवरुद्ध छ। विदेशी सञ्चारमाध्यमलाई देशभित्रबाट रिपोर्टिङ गर्न नदिइएकाले तथ्य संकलन र पुष्टि गर्न कठिनाइ भइरहेको छ।

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई यी दिनहरूमा गोप्य बंकरमा लुकेर बसिरहेका छन्। उनी अहिले आफू ‘निशानामा परेको व्यक्ति’ भइसकेको कुरा राम्ररी बुझिसकेका छन्। अब उनी सजिलै आफ्नै घरको आँगनमा निश्चिन्त बसेर समय बिताउने अवस्थामा छैनन्।

इरानमा भइरहेका सरकारविरोधी आन्दोलनलाई सहयोग गर्न अमेरिकाले अब के कदम चाल्न सक्छ भन्ने सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै दुई नाम उल्लेख गरेका छन्—कासेम सुलेमानी र अबु बक्र अल–बग्दादी।

कासेम सुलेमानी इरानको मध्यपूर्व रणनीतिका मुख्य सैन्य योजनाकार थिए। उनलाई ट्रम्पकै आदेशमा सन् २०२० जनवरी ३ मा बग्दाद अन्तर्राष्ट्रिय विमानस्थल नजिक अमेरिकी ड्रोन आक्रमणमा मारिएको थियो। त्यस्तै, इस्लामिक स्टेट (आईएस) का नेता अबु बक्र अल–बग्दादीले सन् २०१९ अक्टोबर २७ मा उत्तरी सिरियामा अमेरिकी सेनाले लुकेको स्थानमा छापा मार्दा आत्मघाती भेस्ट विस्फोट गराएर आफू र दुई बालबालिकाको ज्यान लिएका थिए।

तर खामेनेईले अर्को उदाहरण पनि मनन गर्नुपर्ने अवस्था छ—हिज्बुल्लाहका नेता हसन नसरल्लाह। उनलाई सन् २०२४ सेप्टेम्बर २७ मा लेबनानको बेरुतस्थित एक अग्लो आवासीय भवनमुनि करिब ६० फिट गहिराइमा बैठक गरिरहेका बेला इजरायली हवाई आक्रमणमा मारिएको थियो।

हालै भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अपहरण गर्न अमेरिकी सेनाले कराकासमा कमान्डो शैलीमा गरेको असफल प्रयास पनि खामेनेईको मानसपटलबाट टाढा छैन।

तर खामेनेई हटाइएमा इरानमा चलिरहेका आन्दोलनको भविष्य के हुन्छ ? इस्लामिक गणतन्त्रको भविष्य कुन दिशामा जान्छ ? यी प्रश्नको स्पष्ट उत्तर कसैसँग छैन।

राष्ट्रपति ट्रम्प अहिले आफ्ना विकल्पहरू तौलिरहेका छन्। यस्तो अवस्थामा सर्वोच्च नेता र उनको शासनको भविष्य के हुन्छ भन्ने प्रश्न गहिरिँदै गएको छ।

इरानी जनतामाझ अत्यन्त अलोकप्रिय नेता

८६ वर्षका आयतोल्लाह खामेनेई दशकौँदेखि इरानी जनताका लागि घृणित पात्र बनेका छन्। देशभर प्रदर्शनकारीहरूले लामो समयदेखि उनको पतनको माग गर्दै आएका छन्। उनको शासन विश्वकै सबैभन्दा दमनकारी शासनमध्ये एक मानिन्छ।

३६ वर्षसम्म इस्लामको नाममा शासन गरेका खामेनेईले निरन्तर अमेरिका र पश्चिमविरोधी नीति अपनाए भने सत्ता जोगाउन रुस र चीनमा निर्भर रहे। अधुरो र असफल आणविक नीतिले इरानलाई रुसपछि दोस्रो सबैभन्दा कडा अन्तर्राष्ट्रिय प्रतिबन्धमा पुर्‍यायो, जसले देशलाई गरिबी र संकटमा धकेल्यो।

मध्यपूर्वमा शक्ति प्रदर्शन गर्ने प्रयासले क्षेत्रलाई युद्धमा धकेल्यो। इजरायल नष्ट गर्नुपर्ने उनका अभिव्यक्तिले इजरायलसँगको संघर्षलाई थप चर्कायो।

हालैका आन्दोलनमा खामेनेईले सुरक्षाबललाई प्रदर्शनकारीमाथि गोली चलाउन खुला अनुमति दिएको आरोप लाग्दै आएको छ। इन्टरनेट बन्द गरिएकाले वास्तविक क्षतिको आँकडा आउन गाह्रो भए पनि शहरदेखि गाउँसम्म हजारौँ मानिस मारिएको अनुमान गरिएको छ, जसले आन्दोलनको व्यापकता देखाउँछ।

खामेनेईपछि के ?

खामेनेई हटाइएमा शासनको शीर्ष तहमा परिवर्तन अवश्यंभावी हुनेछ। तर त्यसपछि के हुन्छ भन्ने स्पष्ट छैन। अराजकता फैलिन सक्छ, तर धेरैको अनुमानमा इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्सले सत्ता खाली ठाउँ भरिदै सैनिक शासन स्थापना गर्न सक्छ।

येल विश्वविद्यालयका प्राध्यापक तथा लेखक अराश अजीजीका अनुसार शासनभित्रकै एउटा ठूलो समूह खामेनेई हट्नुलाई अवसरका रूपमा हेर्न सक्छ। “शासनको महत्वपूर्ण हिस्सा परिवर्तन चाहन्छ। खामेनेई हटाउन चाहन्छ। इस्लामिक गणतन्त्रका केही मूल नीति र संरचना फाल्न चाहन्छ। त्यसैले अमेरिकी आक्रमणलाई पनि प्रक्रियालाई तीव्र बनाउने अवसरका रूपमा लिन सक्छन्,” उनी भन्छन्।

सत्ताका सम्भावित दावेदारहरू

इरानी संसदका सभामुख मोहम्मद–बाघेर घालिबाफ, जो स्वयं रिभोल्युशनरी गार्डका पूर्व कमाण्डर हुन्, एक सम्भावित पात्र मानिन्छन्। तर खामेनेईले उनलाई कहिल्यै पूर्ण विश्वास गरेका थिएनन्।

पूर्व राष्ट्रपति हसन रुहानी पनि सम्भावित नाममध्ये एक हुन्, जसले आफूलाई मध्यमार्गी इस्लामवादी र सुधारवादीहरूको विकल्पका रूपमा प्रस्तुत गरिरहेका छन्।

तर सेंट एन्ड्र्युज विश्वविद्यालयका प्राध्यापक अली अन्सारीका अनुसार सुधारवादीहरू अब प्रभावहीन भइसकेका छन्। “वास्तवमा सुधारवादी भन्ने कुरा अब छैन। यहाँ शासक र शासित मात्र छन्,” उनी भन्छन्।

सडकमा गुञ्जिएको नाम: रेजा पहलवी

इरानका शहर–शहरमा हाल सबैभन्दा धेरै सुनिएको नाम हो—रेजा पहलवी। इरानका अन्तिम शाहका छोरा, ६५ वर्षीय पहलवी अधिकांश जीवन अमेरिकामा निर्वासनमा बिताएका छन्।

शाहको शासनकाल, विशेषगरी १९७० को दशकलाई धेरै इरानीले समृद्धिको समयका रूपमा सम्झन्छन्। यही कारण पछिल्ला वर्षहरूमा पहलवीप्रतिको समर्थन बढेको देखिन्छ।

तर उनी एकीकृत नेता भने होइनन्। उनले विदेशी भूमिमा बसेर विपक्षी शक्तिलाई एकताबद्ध गर्न सकेका छैनन् र इरानभित्र कुनै संगठनात्मक आधार छैन। धेरैका अनुसार उनको लोकप्रियता शासनविरोधी विकल्पको अभावका कारण हो।

चाथम हाउसकी विश्लेषक सानम वकिल भन्छिन्, “यी आन्दोलन कुनै एक व्यक्तिका लागि होइनन्। यो लगभग पाँच दशकदेखि कायम शासन प्रणाली पूरै रूपान्तरण गर्ने संघर्ष हो।”

आन्दोलनको निरन्तरता

पछिल्ला १६ वर्षमा इरानी जनता पटक–पटक सडकमा उत्रिएका छन्। सन् २०२२ मा महसा अमिनीको हिरासतमा मृत्यु भएपछि ‘महिला, जीवन, स्वतन्त्रता’ आन्दोलन चर्किएको थियो, जुन बल प्रयोग गरेर दबाइयो।

यसपटक आन्दोलन अर्थतन्त्र र रोटीका लागि हो। मुद्रा रियालको अवमूल्यनले व्यापारी र सर्वसाधारणको जीवन असह्य बनाएको छ। अन्तर्राष्ट्रिय प्रतिबन्धभन्दा पनि गलत शासन र व्यवस्थापन मुख्य कारण भएको विश्लेषकहरू बताउँछन्।

प्राकृतिक ग्यासको विशाल भण्डार हुँदाहुँदै इरानमा ग्यास, बिजुली र पानीको अभाव छ। दशकौँको उपेक्षाले वातावरणीय संकट गहिरिँदै गएको छ।

खामेनेईले व्यापारीहरूको गुनासो जायज भएको स्वीकारे पनि समस्याको दोष ‘शत्रुहरू’ माथि थोपरेका छन्।

खामेनेईलाई थाहा छ—यी समस्याको समाधान उनीसँग छैन। तर हालका रक्तपातपछि पनि उनले सोच्न सक्छन्—यो आत्मविश्वास गुमाउने समय होइन। फलामे मुट्ठीले शासन चलाइरहनुपर्छ।

किनभने उनको विश्वासमा, उनी ‘शुद्ध इस्लाम फैलाउन’ र ‘ईश्वरलाई सन्तुष्ट पार्न’ शासन गर्न जन्मिएका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानभर फैलिएको सरकारविरोधी आन्दोलनको बीचमा अमेरिकाले हालसम्म सैन्य आक्रमण नगर्नुको कारण खुलासा गरेका छन्। उनले इरानले सयौँ नागरिकको फाँसी सजाय कार्यान्वयन रोक्ने निर्णय गरेपछि आफूले सैन्य कारबाहीबाट पछि हट्ने निर्णय गरेको संकेत दिएका हुन्।

शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पसँग अरब तथा इजरायली अधिकारीहरूले इरानमाथि आक्रमण नगर्न मनाएको हो कि भन्ने प्रश्न सोधिएको थियो। त्यसको जवाफमा ट्रम्पले “मलाई कसैले मनाएको होइन, मैले आफैँ निर्णय गरेको हुँ” भन्दै इरानले फाँसी सजाय स्थगित गरेको विषयलाई मुख्य आधार बनाए।

ट्रम्पले सोही दिन सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत पनि प्रतिक्रिया जनाए।
“इरानको नेतृत्वले हिजो तय गरिएका सबै फाँसी (८०० भन्दा बढी) रद्द गरेको कुराको म निकै सम्मान गर्छु। धन्यवाद!” ट्रम्पले लेखेका छन्।

यसअघि ह्वाइट हाउसकी प्रेस सचिव करोलिन लेभिटले पनि इरानले फाँसी सजाय रोक्ने निर्णय गरेको जानकारी पत्रकारहरूलाई दिएकी थिइन्। उनले इरानसँग व्यवहार गर्दा अमेरिकाका सबै विकल्प अझै खुला रहेको स्पष्ट पारेकी थिइन्।

“इरानको सन्दर्भमा यत्ति भन्न चाहन्छु—यदि हत्या र दमन जारी रह्यो भने त्यसको गम्भीर परिणाम हुनेछ भन्ने सन्देश राष्ट्रपति र उनको टोलीले इरानी शासनलाई दिएको छ,” लेभिटले बिहीबार भनिन्।
“राष्ट्रपतिले हिजो नै सार्वजनिक रूपमा जानकारी गराउनुभएको थियो कि हत्या र फाँसी रोकिएको छ। आजको अवस्थामा हिजो तय गरिएका करिब ८०० फाँसी रोकिएको कुरा राष्ट्रपतिले बुझेका छन्।”

तर ट्रम्पको अभिव्यक्तिले ती ८०० फाँसी पहिले नै रोकिएका थिए कि दुई दिन लगातार यति ठूलो संख्यामा फाँसी रद्द गरिएको हो भन्ने विषय भने स्पष्ट भएको छैन।

ह्वाइट हाउसले हालसम्म कति फाँसी रोकिएको हो वा इरानमाथि सैन्य आक्रमणको विकल्प पूर्ण रूपमा हटाइएको हो कि होइन भन्नेबारे औपचारिक प्रतिक्रिया दिएको छैन। फक्स न्युज डिजिटलले संयुक्त राष्ट्रसंघस्थित इरानको स्थायी प्रतिनिधिमण्डलसँग पनि प्रतिक्रिया मागेको थियो, तर तत्काल कुनै जवाफ प्राप्त भएको छैन।

यसैबीच, इरानविरोधी प्रदर्शनहरू अन्तर्राष्ट्रिय रूपमा पनि देखिन थालेका छन्। इजरायलको होलोन शहर र बेलायतको लन्डनमा प्रदर्शनकारीहरूले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईका तस्बिर जलाउँदै विरोध प्रदर्शन गरेका छन्।

इरानमा सन् २०२५ डिसेम्बरदेखि देशव्यापी आन्दोलन सुरु भएको हो। ती आन्दोलनहरू देशको गम्भीर आर्थिक संकट र धार्मिक शासन प्रणालीविरुद्ध गरिएको जनमतसंग्रह (रेफरेन्डम) को मागसँग जोडिएका छन्। प्रदर्शनहरू तीव्र बन्दै गएपछि इरानी सुरक्षाबलले कडा दमन गरेको आरोप लाग्दै आएको छ।

ट्रम्प प्रशासनले इरानलाई चेतावनी दिँदै यदि दमन र हत्या पुनः सुरु भए अमेरिकाले कडा कदम चाल्न सक्ने संकेत गरेको छ। यद्यपि, हालको अवस्थामा इरानले फाँसी सजाय स्थगित गरेपछि सैन्य आक्रमण तत्कालका लागि रोकिएको बुझाइ गरिएको छ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।