Washington DC, US : February 16, 2026, Monday 08:59 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|बुटवलमा गुल्मेलीहरुले ल्याएको लोभ लाग्दो धार्मिक लहर|Heartbreaking True Story : “छायाँमा बाँचिरहेको छु। न घर छ, न देश, न त कतैको नागरिक भएको प्रमाण।”|अर्को आर्थिक संकट कहिले आउँछ भन्ने कसैले ठ्याक्कै भन्न सक्दैन, तर.. !|अग्रज लोक गायक बम बहादुर कार्कीको “जुन तारा झलल”|हजारौं “छोंटे राजा” र तिनका पछाडी लाग्नेको भीड हेर्नु भएकै छ, आज “बढे राजा” र उनको पछाडीको भीड पनि हेर्नुस !|कविता – धर्म|प्रधानमन्त्री सुशीला कार्कीले भनिन “हामी सबै मिलेर सफल, विश्वसनीय र ऐतिहासिक निर्वाचन सम्पन्न गर्नेछौँ”|हुने भनिएको यो निर्वाचन, यो राजनीति, यी नेता, यी उमेदवार र जनताका सन्दर्भमा लागेका सत्य तर तीता कुरा !|भ्रष्टाचार नियन्त्रणको सवालमा संवैधानिक निकाय र सरकारी संयन्त्रबीच प्रभावकारी समन्वय अभाव : अख्तियार दुरुपयोग अनुसन्धान आयोग|Breaking News: क्यानडाको सानो सहर टम्बलर रिजमा मंगलबार भएको सामूहिक गोलीकाण्डबारे विस्तृत विवरण सार्वजनिक

प्रचण्ड माधबका सपना यसरी पुरा होलान ?

  NepalMother.com | ३ माघ २०८२, शुक्रबार ०८:५७

२०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्र एक्लैले झन्डै बहुमत सिट जित्दै पहिलो दलका रूपमा उदायो। संसदीय राजनीतिमा पहिलो पटक सहभागी भएकै निर्वाचनमा सबैभन्दा ठूलो दल बनेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने र नेकपा एमालेले सरकारलाई समर्थन गर्‍यो। तर, ठूलो राजनीतिक तामझामका साथ बनेको त्यो सरकार नौ महिना पनि टिक्न सकेन। आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने दाबी गर्दै प्रचण्डले सरकार छोडे र माओवादी देशव्यापी अभियानमा होमियो।

२०६५ देखि २०७० सालसम्म संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा माओवादीमा पार्टी प्रवेशको लहर चलेको थियो। मेची–महाकाली अभियान सञ्चालन गरियो, प्रचण्ड जहाँ पुगे पनि आमसभा ‘विशाल’ देखिन्थे। विशेषगरी मधेससँग प्रचण्डको सम्बन्ध निकै निकट देखियो। तर २०७० सालको निर्वाचन परिणामले त्यो उत्साहलाई पूर्ण रूपमा खारेज गरिदियो – माओवादीले मधेसमा एक सिट पनि जित्न सकेन।

त्यसबेला पार्टी कार्यालय पेरिसडाँडामा पार्टी प्रवेश गर्नेहरूको भीड यति ठूलो थियो कि अध्यक्ष प्रचण्डले सबैको निधारमा टीका लगाउन नभ्याएर टाढैबाट अबिर छर्केर स्वागत गर्नुपरेको स्मरण आज पनि नेताहरू गर्छन्। तर आमसभा र भीडको उत्साह जस्तो चुनावी परिणाम भने आउन सकेन।

झन्डै १२ वर्षपछि फेरि पेरिसडाँडामा उस्तै दृश्य देखियो। गत मंगलबार नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय समिति सदस्यहरूलाई शपथ गराइँदा पार्टी कार्यालयमा घुइँचो लाग्यो। २४९९ सदस्यीय केन्द्रीय समितिमध्ये काठमाडौंमा उपस्थित सदस्यहरूले पेरिसडाँडामै शपथ लिए भने अन्य सदस्यहरूले भर्चुअल माध्यमबाट शपथ ग्रहण गरे।

यी सबै केन्द्रीय सदस्य आगामी निर्वाचनमा १६५ निर्वाचन क्षेत्रमा परिचालित हुने हो भने, एउटा निर्वाचन क्षेत्रमा औसतमा १६ जनाभन्दा बढी केन्द्रीय सदस्य खटिनुपर्ने अवस्था देखिन्छ। केन्द्रीय समिति सदस्यहरू मात्रै पार्टी कार्यालयको आँगन भरिँदा, साविक माओवादीको करिब ६० प्रतिशत हिस्सेदारीमा बनेको नवगठित नेकपाका संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल उत्साहित देखिए।

माधवकुमार नेपालले देशभर भएका सभाहरू र सहभागीहरूको संख्याबारे सिलसिलेवार विवरण प्रस्तुत गरे भने प्रचण्डले आगामी निर्वाचनपछि नेकपालाई देशकै सबैभन्दा ठूलो दल बनाउने दाबी गरे। २० भन्दा बढी राजनीतिक दल र समूह मिलेर बनेको नेकपाले जनविश्वास कति जित्न सक्छ भन्ने परीक्षण आगामी फागुन २१ गते हुने निर्वाचनबाट हुने निश्चित छ।

तर, विभिन्न वैचारिक पृष्ठभूमिका दल र समूहलाई एउटै संगठनभित्र समेटेर अघि बढाउनु प्रचण्डका लागि ठूलो चुनौती बनेको छ। स्वयं प्रचण्डले पनि स–साना संगठन जोड्दैमा पार्टी ठूलो हुन्छ, देशभर कार्यकर्ता बढ्छन् र आफू जहाँबाट उठे पनि चुनाव जितिन्छ भन्नेमा पूर्ण भरोसा नभएको संकेत दिएका छन्। त्यसैले उनले आगामी निर्वाचनका लागि आफ्नो परम्परागत आधार क्षेत्र रुकुमपूर्व रोजेका छन्।

नेकपामा एक्लै–एक्लै प्रवेश गर्नेहरूको पनि लामो सूची छ। उनीहरू न कुनै साझा राजनीतिक एजेन्डामा छलफल गरेर आएका छन्, न त स्पष्ट वैचारिक एकरूपता नै देखिन्छ। उग्रवामपन्थी धारका नेता गोपाल किराँतीदेखि काठमाडौंमा सडक विस्तारविरुद्ध आन्दोलन गरेर राजनीतिमा आएका सुमन सायमीसम्म एउटै पार्टीभित्र अटाएका छन्। किराँतीले यो एकतालाई राजनीतिक आवश्यकता र जनयुद्धकालीन सम्बन्धको निरन्तरताका रूपमा व्याख्या गरेका छन्।

यसैबीच, सुमन सायमी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी छोडेर नेकपामा समाहित भएका छन्। उपत्यकामा कमजोर देखिएको पार्टी संगठनलाई सुदृढ बनाउने अपेक्षा नेकपाको देखिन्छ। तर सडक विस्तारका क्रममा विस्थापित भएकाहरूको मुद्दामा भने प्रचण्डले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारको निर्णयबाट समेत दूरी कायम गरेका छन्। पार्टी एकताको सहमतिमा विस्थापित नागरिकको पुनर्वास र आवासको हक सुनिश्चित गर्ने प्रतिबद्धता उल्लेख गरिएको छ।

एकता प्रक्रियाका दृश्यहरू पनि बहुरंगी देखिएका छन्। कम्युनिस्ट शब्दावलीप्रति नै असहजता व्यक्त गर्नेहरू समेत पार्टी एकतामा आएका छन्। देशभक्त पार्टीका शैलेन्द्रमान बज्राचार्यले कम्युनिस्ट नेताहरूलाई ‘कमरेड’ भन्न अस्वीकार गर्दै प्रचण्डलाई नेवारी भाषामा ‘पासा’ भनेर सम्बोधन गरे।

भदौ २३ र २४ गतेको ‘जेन–जी आन्दोलन’ ले पुराना नेताहरूको प्रतिस्थापनको माग अघि सारेको थियो। त्यसपछिको राजनीतिक दबाबका कारण एमालेले महाधिवेशनको मिति अगाडि सार्‍यो, नेपाली कांग्रेस विभाजनसम्म पुग्यो र माओवादी केन्द्रमा पनि आन्तरिक पुनर्संरचना भयो। यही क्रममा प्रचण्डले आफू बाहेक अन्य सबै पद खारेज हुने गरी पार्टी समिति विघटन गरेका थिए। पछि नेकपा एकीकृत समाजवादीसँग एकता गर्ने क्रममा जनार्दन शर्माको समूह अलग्गिन पुग्यो।

हाल प्रचण्ड नेतृत्वको नेकपामा १८ वटा दल तथा समूह जोडिएका छन्। तर तीमध्ये धेरैको संगठनात्मक पकड कमजोर छ र जनस्तरमा उनीहरू पहिल्यै परीक्षण भइसकेका छन्। त्यसैले प्रचण्ड स्वयंले पनि ठूला सभा गरेर मात्रै भोट पाइने समय सकिएको स्वीकार गरेका छन्। ‘अब घरघर, टोलटोलमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्नुपर्छ,’ उनले भनेका छन्।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।