Washington DC, US : July 18, 2026, Saturday 11:19 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|क्यानडाको डढेलोको धुवाँ अमेरिकामा फैलिँदा ….|इरानमाथि अमेरिकाको लगातार सातौँ रात हवाई आक्रमण|आज साँझदेखि देशभर मुसलधारे वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम उच्च, ६ प्रमुख राजमार्ग प्रभावित|साउनदेखि बैंक ब्याजदर थप घट्यो : निक्षेपकर्तालाई झट्का, ऋणीका लागि भने अवसर|माओवादीका पूर्वलडाकु रहेका एक व्यक्तिमाथि वैदेशिक रोजगारीका नाममा करोडौं रुपैयाँ ठगी गरेको आरोप|न्यायपरिषद्ले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा|अविरल वर्षाले देशभर जनजीवन प्रभावित, कम्तीमा ६ जनाको मृत्यु, २१ घाइते|ट्रम्पको चेतावनी : ‘आज राति इरानमाथि फेरि ठूलो आक्रमण हुन्छ’|संयुक्त अरब इमिरेट्स (यूएई) ले सोमबार आफ्ना दुईवटा तेल ट्यांकरमाथि इरानले क्रुज मिसाइल आक्रमण गरेको आरोप|आधुनिक कतारका निर्माता तथा विश्व राजनीतिमा सानो खाडी राष्ट्रलाई प्रभावशाली शक्ति बनाउने कतारका पूर्व अमिर (फादर अमिर) शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन

देशको वित्तीय प्रणालीमा कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न नसक्दा बैंकहरूमा लगानीयोग्य पुँजी थुप्रिएको अवस्था

  NepalMother.com | २२ मंसिर २०८२, आईतवार १९:५०

काठमाडौं । बैंकिङ प्रणालीमा लामो समयदेखि लगानीयोग्य पुँजी (तरलता) अत्यधिक रहँदै आएपछि नेपाल राष्ट्र बैंकले पटक–पटक विभिन्न उपकरण प्रयोग गरी मुद्रा प्रशोचनमार्फत तरलता व्यवस्थापन गर्दै आएको छ । चालू आर्थिक वर्षको मंसिर २० सम्म राष्ट्र बैंकले विभिन्न अवधिमा कुल ९ खर्ब १७ अर्ब ३९ करोड ५३ लाख रुपैयाँबराबरको तरलता प्रशोचन गरेको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकहरूले स्थायी निक्षेप सुविधा (एसडीएफ) अन्तर्गत ५ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ जम्मा गरेका छन् भने अन्य निक्षेप संकलनतर्फ ३ खर्ब ५३ अर्ब रुपैयाँ राष्ट्र बैंकमा राखिएको छ । यसका अतिरिक्त बैंकहरूले कुल ८ खर्ब ७२ अर्ब ६० करोड रुपैयाँ राष्ट्र बैंकमा बोलकबोलमार्फत निश्चित ब्याजदरमा राखेका छन् । बैंकिङ प्रणालीबाट यसरी राष्ट्र बैंकमा तानिएको रकम राष्ट्र बैंकका लागि दायित्व हो । यो रकम प्रशोचन गरेपछि हाल बजारमा खुद तरलता ४४ अर्ब ७९ करोड ५३ लाख रुपैयाँ मात्रै बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ ।

देशको वित्तीय प्रणालीमा कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न नसक्दा बैंकहरूमा लगानीयोग्य पुँजी थुप्रिएको अवस्था छ । यही अवस्थालाई व्यवस्थापन गर्न राष्ट्र बैंकले मंसिर २१ गते मात्रै ८४ दिनको अवधिका लागि ९० अर्ब रुपैयाँ निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको छ । राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा. डिल्लीराम पोखरेलका अनुसार उक्त आह्वानमा तोकिएको रकमभन्दा बढी माग परेको छ । वर्तमान प्रवृत्ति हेर्दा आगामी दिनमा पनि आह्वान गरिएकोभन्दा बढी निक्षेप संकलनका लागि माग आउन सक्ने उनको अनुमान छ ।

डा. पोखरेलका अनुसार तरलताको अवस्था अझै केही समयसम्म यथावत् रहन सक्ने देखिन्छ । उनले भनेका छन्, “तरलतामा उल्लेख्य परिवर्तन आउन सरकारी खर्च बढ्नुपर्ने वा समग्र आर्थिक परिस्थितिमा ठूलो परिवर्तन हुनुपर्ने हुन्छ । तत्काल त्यस्तो अवस्था देखिँदैन । कर्जा प्रवाह पर्याप्त रूपमा नबढ्दा बैंकिङ प्रणालीमा पैसा थुप्रिने अवस्था कायम छ ।” पछिल्लो समय राष्ट्र बैंकले कर्जा नीतिमा केही खुकुलोपन ल्याएकाले कर्जाको माग केही बढ्न सक्ने अपेक्षा पनि गरिएको उनले बताए ।

यता, सार्वजनिक संस्थानमा गरिएको करिब ४७ अर्ब रुपैयाँ बराबरको सरकारी ऋण तथा सेयर लगानीको हिसाब नमिलेको तथ्य पनि सतहमा आएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वर्षौँदेखि सार्वजनिक संस्थानका बहीखातासँग सरकारी अभिलेख मेल नखाँदा राज्यको लगानी कहाँ र कसरी उपयोग भयो भन्नेबारे स्पष्ट तथ्यांक उपलब्ध छैन । सरकारी अभिलेखले बढी लगानी देखाउने र संस्थानहरूले कम देखाउने अवस्था देखिएपछि दशकौँ पुरानो हिसाबी गडबडीको जिम्मेवारी कसले लिने भन्ने प्रश्नसमेत अनुत्तरित बनेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार विभिन्न सार्वजनिक संस्थानमा सेयरतर्फ २६ अर्ब ३४ करोड २१ लाख र ऋणतर्फ २० अर्ब ५३ करोड १८ लाख गरी कुल ४६ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ बराबरको सरकारी लगानीको हिसाब मिल्न सकेको छैन । जलविद्युत् आयोजना, विमानस्थल, दूरसञ्चार, खानेपानी जस्ता ठूला पूर्वाधार परियोजनाका नाममा सरकारले सार्वजनिक संस्थानमा ठूलो लगानी गरे पनि आन्तरिक नियन्त्रण प्रणाली कमजोर हुनु, एकीकृत लेखा मापदण्ड नहुनु र स्पष्ट कानुनी मार्गदर्शनको अभावले यथार्थ मूल्याङ्कन हुन सकेको छैन ।

यही समस्या समाधान गर्ने उद्देश्यले ‘सेयर तथा ऋण लगानी नीति, २०८१’ जारी गरिएको भए पनि नीतिको कार्यान्वयन अघि गरिएका लगानीहरूको हिसाब मिलाउन अझै कठिनाइ रहेको छ । कानुन, नीतिगत स्पष्टता र ऋण भुक्तानीका शर्तहरू बिना गरिएका पटक–पटकका निर्णयकै कारण करिब ४७ अर्ब रुपैयाँ बराबरको लगानीको लेखाजोखा अलपत्र परेको देखिन्छ । नेपाल विद्युत् प्राधिकरण, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम, खानेपानी संस्थान जस्ता निकायमा यस्तो समस्या बढी देखिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपाल विद्युत् प्राधिकरणअन्तर्गत ग्रामीण विद्युतीकरण कार्यक्रममा कति लगानी भयो भन्ने यकिन तथ्यांक नै उपलब्ध छैन । वैदेशिक अनुदानबाट प्राप्त सहयोगलाई कहिले सेयर, कहिले ऋणका रूपमा गणना गर्ने निर्णयहरू फरक–फरक समयमा मन्त्रिपरिषद्‌बाट गरिए पनि त्यसको एकीकृत अभिलेख नहुँदा समस्या जटिल बनेको हो । यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरण स्थापना हुँदा साविक हवाई विभागको सम्पत्ति मूल्याङ्कनसमेत एकरूप छैन ।

सरकारी लगानीको हिसाब नमिल्नुमा केही प्रक्रियागत त्रुटि भएको भन्दै नेपाल विद्युत् प्राधिकरणले आवधिक रूपमा हिसाब मिलान भइरहेको प्रतिक्रिया दिएको छ । प्राधिकरणका अनुसार संस्थागत पुनर्संरचना, मन्त्रिपरिषद्‌का निर्णय कार्यान्वयनको ढिलाइ र सरकारी निकायबीच समन्वय नहुनु समस्याको मुख्य कारण हो ।

ऋण व्यवस्थापन कार्यालयका अनुसार ऋणको ब्याजदर, भुक्तानी तालिका परिमार्जन र ऋण लिने निकाय तथा खर्च गर्ने निकाय फरक हुँदा पनि हिसाब नमिलेको हो । कतिपय अवस्थामा सरकारले विकास साझेदारसँग समयमै ऋणको साँवा–ब्याज तिरिरहँदा सम्बन्धित सार्वजनिक संस्थानहरूले भने आयोजनामा ढिलाइ भएको बहानामा भुक्तानी तालिका परिवर्तनको माग गर्ने गरेका छन् ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ सम्म नेपाल सरकारले १५९ वटा सार्वजनिक संस्थान तथा निकायमा सेयर र ऋणमार्फत कुल ९ खर्ब ३० अर्ब ८८ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ । तर, यति ठूलो लगानीको प्रतिफल कमजोर देखिएको छ । प्रतिवेदनमा भाका नाघेको साँवा २ खर्ब ५९ अर्ब रुपैयाँभन्दा बढी र भाका नाघेको ब्याज १ खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी गरी कुल ४ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढी दायित्व रहेको उल्लेख छ ।

सार्वजनिक संस्थानको वित्तीय अनुशासन, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्ने प्रमुख माध्यम लेखापरीक्षण भए पनि धेरै संस्थानले समयमै लेखापरीक्षण गराएका छैनन् । आर्थिक वर्ष २०८०/८१ सम्ममा केवल २१ वटा संस्थानले मात्र नियमित अन्तिम लेखापरीक्षण गराएका छन् । कतिपय संस्थानले दशकौँदेखि लेखापरीक्षण नगरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

यता, जेन–जी आन्दोलनपछि लगानी वातावरण सुधार्ने उद्देश्यसहित लगानी बोर्डको पुनर्संरचना प्रक्रिया पनि अघि बढाइएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार निजी क्षेत्रको विश्वास बढाउने र नीतिगत स्थिरता सुनिश्चित गर्ने गरी बोर्ड पुनर्संरचना गरिँदैछ । निजी क्षेत्र, विज्ञ तथा राजनीतिक दलहरूको समेत सहभागितामा संस्थागत संरचना बनाउने तयारी भइरहेको उनले बताए ।

ज्ञवालीका अनुसार राजनीतिक परिवर्तनका कारण परियोजना प्रभावित हुने अवस्था रोक्न विपक्षी दललाई समेत समेट्ने संयन्त्र बनाइनेछ । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संरचनामा संसद्मा प्रतिनिधित्व गर्ने दल र निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहने व्यवस्था गर्न लागिएको छ । यसले लगानीमा स्थिरता, पारदर्शिता र दीर्घकालीन विश्वास बढाउने अपेक्षा गरिएको छ ।

त्यस्तै, कानुन परिवर्तनका कारण लगानीकर्ता र सरकारबीच भएका सम्झौतामा असर नपर्ने गरी सुरक्षा व्यवस्था गर्ने, ‘वान स्टप सर्भिस’ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र विभिन्न सरकारी निकायबीच समन्वय बढाउने तयारी समेत गरिएको छ । लगानी बोर्डका अनुसार परियोजनाको पूर्वतयारी कमजोर हुनु नेपालको मुख्य समस्या भएकाले आगामी दिनमा प्रस्तावित आयोजनाको प्रारम्भिक अध्ययन र तयारीमा विशेष ध्यान दिइनेछ ।

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor