Washington DC, US : July 27, 2026, Monday 02:36 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|सुनसरीको कप्तानगञ्ज हिंसा : मृतक संख्या दुई पुग्यो, सामुदायिक सद्भावमा गम्भीर चोट|अमेरिका : फुड फेस्टिभलमा तीनको मृत्यु, दुई वर्षीय बालकसहित चार घाइते, एक पक्राउ, अर्कोको खोजी जारी|प्रहरीको गोलीबाट युवाको मृत्यु, कर्फ्यु उल्लंघनपछि सेना परिचालन|सर्वोच्च अदालतमा महाअभियोगको तयारीले नयाँ राजनीतिक तरंग|अब फेरि स्वर्ग गए पनि, नर्क गए पनि संगै जाने सहमति भएछ, ल बधाई छ !|प्रतिनिधि सभाका सदस्यहरूका लागि स्वकीय सचिवको सङ्ख्या थप गर्ने विषयलाई लिएर ‘राष्ट्रिय जेन–जी नागरिक अभियान’ को बिरोध प्रदर्शन|विकास कि विस्थापन ? राज्य किन मानव अधिकार उल्लङ्घनतर्फ उन्मुख हुँदैछ ?|गीत : प्रेम नशा रहेछ भुल्न सक्दिनँ|भूमिकाको पीडा !|इरान समर्थित यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको दक्षिणी सहर जिजानमा मिसाइल आक्रमण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कांग्रेस, एमाले र तत्कालीन माओवादी “बहुदल” मिलेर यसरी गरेका रहेछन ८ अर्ब भन्दा बढीको भ्रस्टाचार

  NepalMother.com | २२ मंसिर २०८२, आईतवार १७:०४

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको ठूलो आर्थिक अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहुदलीय राजनीतिक नेतृत्व, उच्च प्रशासनिक अधिकारी, प्राविधिक कर्मचारी तथा चिनियाँ निर्माण कम्पनीसम्मलाई समेट्दै ऐतिहासिक आकारको भ्रष्टाचार मुद्दा दायर गरेको छ । ८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी विगो दाबी गरिएको यो मुद्दा पछिल्ला वर्षहरूमा अख्तियारले अघि सारेको सबैभन्दा गम्भीर र बहुपक्षीय प्रकरणमध्ये एक मानिएको छ ।

अख्तियारले प्रस्तुत गरेको अभियोग अनुसार, पोखरा विमानस्थल निर्माण प्रक्रियामा कांग्रेस, एमाले र तत्कालीन माओवादीबाट मन्त्री बनेका व्यक्तिहरू, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक, सचिव, सहसचिव, इञ्जिनियर तथा परामर्शदाता समूहको मिलेमतोमा अस्वाभाविक रूपमा लागत बढाएर राज्यलाई अर्बौँ रुपैयाँ नोक्सानी पुर्‍याइएको छ । एउटै मुद्दामा यति धेरै पूर्वमन्त्री, सचिव र उच्च पदस्थ अधिकारीहरू विरुद्ध आरोपपत्र दायर हुनु आफैँमा दुर्लभ घटना हो ।

भ्रष्टाचार मुद्दा लाग्नेहरूमा कांग्रेसबाट पटक–पटक अर्थमन्त्री बनेका डा. रामशरण महत, एमालेबाट मन्त्री बनेका भीमप्रसाद आचार्य र दीपक अमात्य, माओवादीबाट मन्त्री बनेका स्वर्गीय पोस्टबहादुर बोगटी, तथा खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा माओवादीकै सिफारिसमा मन्त्री बनेका रामप्रसाद श्रेष्ठ छन् । पोस्टबहादुर बोगटीको निधन भइसकेकाले उनकी पत्नी तथा पूर्वसांसद राममाया बोगटीलाई प्रतिवादी बनाइएको छ । यीमध्ये रामकुमार श्रेष्ठ यसअघि नै गैरकानूनी सम्पत्ति आर्जनमा दोषी ठहर भइसकेका व्यक्ति हुन् ।

अख्तियारले पाँच पूर्वमन्त्री, ९ जना पूर्वसचिव, नागरिक उड्डयन प्राधिकरणका सञ्चालक समिति सदस्य, महानिर्देशक, उपमहानिर्देशक, इञ्जिनियर, परामर्शदाता र कर्मचारीसहित ५५ जना व्यक्ति तथा चिनियाँ निर्माण कम्पनी चाइना सीएएमसी इञ्जिनियरिङ कम्पनी लिमिटेडविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगका अनुसार, पोखरा विमानस्थल निर्माणमा सुरुआती लागत अनुमान १६९ दशमलव ६९ मिलियन अमेरिकी डलरबाट अस्वाभाविक रूपमा २४४ दशमलव ०४ मिलियन डलर पुर्‍याइयो । यसरी ७४ दशमलव ३४ मिलियन डलर लागत बढाउँदा तत्कालीन विनिमयदरअनुसार ८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको दाबी अख्तियारको छ ।

अभियोगपत्रमा उल्लेख भएअनुसार, प्रभावग्राही नभएका टेण्डर रद्द गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै त्यसको बेवास्ता गरियो । कानुनमा नभएको परामर्शदाता टोली गठन गरी लागत अनुमान बढाइयो । डिजाईन परिवर्तन, अनावश्यक परिमार्जन र अस्वाभाविक मूल्य कायम गराई चिनियाँ ठेकेदारलाई फाइदा पुर्‍याउने काम गरिएको आरोप छ । परामर्शदाता टोलीले परियोजनाको भौगोलिक बनावट र वर्षालाई कारण देखाउँदै अस्फाल्टको सट्टा सिमेन्ट कंक्रिट प्रयोग गर्न सिफारिस गरी लागत एकाएक बढाएको अभियोगपत्रमा उल्लेख गरिएको छ ।

अख्तियारले तत्कालीन पर्यटन सचिव सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, अर्थसचिव सुमनप्रसाद शर्मा, कानुन सचिव भेषराज शर्मा, सहसचिवहरू रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा, लोकबहादुर खत्री, सुरेश आचार्य लगायतमाथि लागत बढाउने प्रस्ताव अघि बढाएर भ्रष्टाचारमा संलग्न भएको आरोप लगाएको छ । त्यस्तै, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक रतिशचन्द्र लाल सुमन, त्रिरत्न मानन्धर, हाल निलम्बित महानिर्देशक प्रदीप अधिकारी, उपमहानिर्देशकहरू तथा प्राविधिक कर्मचारीहरू पनि मुद्दामा तानिएका छन् ।

पोखरा विमानस्थलको ठेक्का पाउन चिनियाँ कम्पनी चाइना सीएएमसीले सुरुदेखि नै उच्च लागतमा परियोजना हात पार्ने प्रयास गरेको, प्राविधिक तथा आर्थिक रूपमा अयोग्य ठहर भइसकेपछि पनि विभिन्न निकायमा दबाब र चलखेलमार्फत सम्झौता गराइएको अख्तियारको निष्कर्ष छ । प्रारम्भिक अध्ययन र बोलपत्रमा अयोग्य ठहर भइसकेको कम्पनीलाई अनुकूल हुने गरी नियम परिवर्तन, मन्त्रिपरिषद् हुँदै सम्झौता गरिनु नै यो प्रकरणको मूल समस्या रहेको अभियोगपत्रमा उल्लेख गरिएको छ ।

यसअघि प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले पोखरा विमानस्थल निर्माणमा झण्डै १० अर्ब रुपैयाँ बराबरको अनियमितता भएको ठहर गर्दै अख्तियारलाई अनुसन्धान गर्न पत्राचार गरेको थियो । उपसमितिको प्रतिवेदनले लागत वृद्धिसँगै कर छुट, डाँडा कटान, परामर्शदाता नियुक्ति र निर्माण गुणस्तरमा समेत प्रश्न उठाएको थियो । अख्तियारले हाल लागत अस्वाभाविक रूपमा बढाइएको पक्षमा केन्द्रित भएर मुद्दा दायर गरेको जनाएको छ, अन्य विषयमा अलग अनुसन्धान जारी रहेको पनि स्पष्ट पारेको छ ।

चार दिनअघि नलिन्चोक हेलिपोर्ट प्रकरणमा पनि भ्रष्टाचार मुद्दा खेपेका प्रदीप अधिकारीलाई विशेष अदालतले थुनामा पठाइसकेको छ । पोखरा विमानस्थल मुद्दामा उनको बयान सुरु गर्ने तयारी गरिएको छ । अख्तियार स्रोतका अनुसार, यो मुद्दाले नेपालको सार्वजनिक पूर्वाधार निर्माणमा राजनीतिक, प्रशासनिक र व्यावसायिक स्वार्थ कसरी जोडिन्छ भन्ने कुरालाई स्पष्ट रूपमा उजागर गरेको छ ।

बहुदलीय संलग्नता, अर्बौँको विगो र विदेशी ठेकेदारसम्म तानिएको यो प्रकरणले अब विशेष अदालतको फैसलामार्फत राज्यको भ्रष्टाचारविरुद्धको प्रतिबद्धता कति प्रभावकारी छ भन्ने कुरा परीक्षण गर्नेछ ।

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor