Washington DC, US : March 13, 2026, Friday 06:02 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको सिट बाँडफाँट|Breaking News : इरानमा विरोध प्रदर्शन रोक्न गुप्तचर इकाइले कडा चेतावनी जारी, नयाँ सर्वोच्च नेता “घाइते तर सम्भवत जीवित”|अमेरिकी सेनाको इन्धन भर्ने सैन्य विमान KC-135 इराकमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार छ जनामध्ये चार जना सैनिकको मृत्यु|पानी परे पछि बल्ल अलिकति सुधार भएको छ राजधानीको बायु प्रदुषण|एनआरएनलाई विदेशी जस्तो बनाइयो|Breaking News : ट्रम्प प्रशासनलाई अदालतबाट अस्थायी राहत, मिसाइल र ड्रोन आक्रमण घटे पनि युद्ध झन् फैलिने संकेत|Breaking News : ५७ मध्ये ६ दल मात्रै संसद प्रवेशको अवस्थामा, ५१ दल थ्रेसहोल्डभन्दा तल, राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा अगाडि|च्याप्टरको छैटौँ वार्षिकोत्सव र अन्तर्राष्ट्रिय महिला दिवस न्यूयोर्कमा सम्पन्न|“ब्यालिस्टिक मिसाइल आक्रमण करिब ९० प्रतिशतले घटेको र एकतर्फी आक्रमण गर्ने ड्रोन करिब ८३ प्रतिशतले कम”|ट्रम्पले इरानसँग भइरहेको युद्ध धेरै लामो समय नचल्ने दाबी गरे

“जेन्जीहरूलाई फेरि कसैले नझुक्याउन, राष्ट्र बचाउने अभियानमा लागौं” सत्य र न्यायको खोजी अभियान, नेपालका अध्यक्ष ध्रुवलाल श्रेष्ठद्वारा प्रेस विज्ञप्ति जारी

  NepalMother.com | ६ मंसिर २०८२, शुक्रबार ०८:३५

काठमाडौं, नेपाल / देशभक्त, राष्ट्रवादी नेपालीहरू तथा जेन्जी पुस्ताको अस्मिता जोगाउने अभियानमा आबद्ध युवाहरू एउटै मञ्चमा एकताबद्ध भइरहेका बेला, सत्य र न्यायको खोजी अभियानका अध्यक्ष ध्रुवलाल श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिले देशको राजनीतिक, न्यायिक र प्रशासनिक संरचनामा गहिरो प्रश्न उठाएको छ।

श्रेष्ठका अनुसार, राज्य शक्तिको दुरुपयोग, सरकारी तहमा हुने संगठित भ्रष्टाचार, राज्य आक्रान्त प्रवृत्ति र दण्डहीनता विरुद्ध उठेको पहिलो जेन्जी आन्दोलनलाई मध्यरातमा दमन गरी, अहिले अवैध रूपमा बनेको अन्तरिम सरकारले आन्दोलनका हत्यारा र योजनाकारलाई कारबाही गर्नुको सट्टा “सुरक्षा कवच” प्रदान गरिरहेको आरोप लगाइएको छ। यही परिस्थितिमा सुरु भएको दोस्रो जेन्जी आन्दोलनमा अदृश्य शक्तिहरूको घुसपैठ भई राष्ट्रिय सम्पदामा ठूलो क्षति हुन सक्ने उच्च सम्भावना रहेको चेतावनी वक्तव्यमा दिइएको छ।

अन्तरिम सरकारका चालबाजी र न्यायिक नेतृत्वमाथिको आरोप

विज्ञप्तिमा भनिएको छ – पूर्व गठबन्धन सरकारले नियुक्त गरेका न्यायिक नेतृत्वमा रहेका केही व्यक्तिहरू अदृश्य शक्तिको योजनाअनुसार पुनः जेन्जीहरूलाई झुक्याई सत्ताको नेतृत्व कब्जा गर्न दगुर्दै छन्। उनीहरूले जेन्जीहरूकै हत्यारा प्रवृत्ति भएका समूहको चाकरी गर्दै, “हाम्रो नेतृत्वमै पुराना शक्तिहरू कानुनी शिकंजाबाट जोगिन्छन्” भन्ने भ्रम छर्न खोजिरहेको आरोप लगाइएको छ।

मिडियामा भ्रम फैलाउने प्रयास भइरहेको भन्दै, यसतर्फ सबै राष्ट्रवादी युवाहरूले सचेत हुनुपर्ने श्रेष्ठको आग्रह छ।

न्यायालय कब्जा र भ्रष्ट आदेशबारे गम्भीर खुलासा

श्रेष्ठले जारी गरेको वक्तव्यमा नेपालका केही महत्वपूर्ण राष्ट्रिय सम्पदासम्बन्धी मुद्दामा:

  • ललिता निवास

  • सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्र

  • धरानको सर्दु जलाधार

जस्ता सरकारी जग्गा “भू–माफियालाई मिल्नेगरी अदालतले अवैध फैसला गरेको” गम्भीर आरोप लगाइएको छ।

उनी भन्छन्, “न्यायपरिषद गठन नभईकन संविधानविपरीत न्यायालयलाई राजनीतिक कब्जामा राखियो, रातभर एनेक्स बिल्डिङमा आफ्ना मान्छे थुनेर भागबण्डामा नियुक्ति गरियो, जसले C-051088, C-051089, C-051090 नम्बरका उजुरीहरू अख्तियारमा दर्ता हुँदाहुँदै पनि कारबाही भएन। अख्तियारमा नै भ्रष्टहरू भर्ति गरिएकाले देशद्रोही निर्णय गर्नेहरू अहिले पनि सुरक्षित छन्।”

श्रेष्ठका अनुसार, जेन्जीयुक्त राष्ट्रवादी सरकार गठन भएपछि यी सबै मुद्दाहरूलाई प्राथमिकताका साथ अघि बढाइनेछ।

सोच्छ बर्जन हुने जोखिम : जेन्जी पुनः नठगियोस्

उनी भन्छन् “विगतमा आफ्नै बिरुद्ध उजुरी दर्ता भइरहँदा कहिल्यै नबोल्नेहरू, अहिले जेन्जीहरूले अन्तरिम सरकार असफल भएको भन्दै विकल्पको खोजी थालेपछि मात्रै रोदन गर्न थालेका छन्। जेन्जीहरूले बेलैमा यस्ता चालबाजी बुझेनन् भने उनीहरू फेरि एकपटक ठगिन्छन्।”

होटल याक एन्ड यती प्रकरणबारे प्रमाण सार्वजनिक गर्ने तयारी

श्रेष्ठले आफूविरुद्धका आरोपहरू प्रमाणित गर्न चुनौती दिनेहरूलाई कठोर प्रश्न गरेका छन्—“केसरी अदालतलाई कब्जामा लिइयो?”

  • “नेपाल औद्योगिक विकास निगमको अर्बौं मूल्य पर्ने सरकारी जग्गामा प्रशस्त चौडा राजमार्ग हुँदाहुँदै पनि किन ‘होटेललाई बाटो छैन’ भन्दै सरकारी जग्गा निजी स्वार्थमा मिलाइयो?”

निकट भविष्यमा पत्रकार सम्मेलन गरी समस्त प्रमाण सार्वजनिक गर्ने, चुनौती दिनेहरूलाई साक्षी सहित उपस्थित हुन निम्तो गर्ने र
“हाम्रो प्रमाण गलत ठहरियो भने हामी कानूनी कारबाही भोग्न तयार छौं”
भनेर कडा प्रतिबद्धता पनि वक्तव्यमा गरिएको छ।

राष्ट्र बचाउनको लागि दोस्रो जेन्जी आन्दोलन महत्वपूर्ण

विज्ञप्तिको अन्त्यमा अध्यक्ष श्रेष्ठले भन्छन्—“दोस्रो जेन्जी आन्दोलनमा कुनै पनि दृश्य वा अदृश्य देशी–विदेशी शक्तिको घुसपैठ हुन नदिन सबै सजग बनौँ।
धन–जन–सम्पत्ति नष्ट हुने काम रोक्न,
र राष्ट्रवादी तथा जेन्जीहरूको संयुक्त, स्वच्छ, दह्रो र भ्रष्टाचार–शून्य कार्यकारी सरकार बनाउन अहिले नै निर्णायक ध्यान दिन जरुरी छ।”

उनी थप भन्छन्— “जेन्जीहरूलाई फेरि कसैले नझुक्याउन । राष्ट्रबचाउने अभियानमा आम नागरिकको ऐतिहासिक योगदान अभिलेखित रहोस्।”

– सत्य र न्यायको खोजी अभियान, नेपाल

May be an image of text that says 'दलहरुले देश सिद्ध्याइरहंदा किन नयां दलहरु च्याउ झैं उप्िहेका छन्...! हामी, दलहरुले पालैपालो देश द्रोही काम गेरर देशको अस्मिता नै लूटने काम गरेर नेपालको राष्टरियतानै नरहने स्थीतिमा पूर्याउन लागे भनेर दलवाहिर रहेर देशद्रोहीहरुलाई नंग्याउने काम मात्रै गरेनौं राष्ट्रपति देखि प्रधान न्यायाधीशहरु समेतका स्वेतपोष अपराधिहरु विरुद्ध अख्ियारमा प्रमाणिक उजुरीहरु दायरे गयों, गर्दै छों, तर देशको देश तरल राजनीतिक अवस्थावाट फाइदा उठाइ एकाएक सांसद, मन्त्रि, प्रधानमत्रि हुने सपनामा आश्चर्यजनक ढंगवाट च्याउसरी राजनीतिक दलहरू दर्ता भएको अवस्थाले स्वतन्त्र राष्ट्रवादीहरु नेपाल जोगाउनका लागि अझ वढी संवेदनसिल वन्नु पर्ने परिस्थिती सृजना भएको छ| -सत्य र न्यायको खोजी अभियान'

May be an image of text

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।