Washington DC, US : February 16, 2026, Monday 10:40 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|बुटवलमा गुल्मेलीहरुले ल्याएको लोभ लाग्दो धार्मिक लहर|Heartbreaking True Story : “छायाँमा बाँचिरहेको छु। न घर छ, न देश, न त कतैको नागरिक भएको प्रमाण।”|अर्को आर्थिक संकट कहिले आउँछ भन्ने कसैले ठ्याक्कै भन्न सक्दैन, तर.. !|अग्रज लोक गायक बम बहादुर कार्कीको “जुन तारा झलल”|हजारौं “छोंटे राजा” र तिनका पछाडी लाग्नेको भीड हेर्नु भएकै छ, आज “बढे राजा” र उनको पछाडीको भीड पनि हेर्नुस !|कविता – धर्म|प्रधानमन्त्री सुशीला कार्कीले भनिन “हामी सबै मिलेर सफल, विश्वसनीय र ऐतिहासिक निर्वाचन सम्पन्न गर्नेछौँ”|हुने भनिएको यो निर्वाचन, यो राजनीति, यी नेता, यी उमेदवार र जनताका सन्दर्भमा लागेका सत्य तर तीता कुरा !|भ्रष्टाचार नियन्त्रणको सवालमा संवैधानिक निकाय र सरकारी संयन्त्रबीच प्रभावकारी समन्वय अभाव : अख्तियार दुरुपयोग अनुसन्धान आयोग|Breaking News: क्यानडाको सानो सहर टम्बलर रिजमा मंगलबार भएको सामूहिक गोलीकाण्डबारे विस्तृत विवरण सार्वजनिक

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्रीहरू देउवा, ओली र प्रचण्डको सम्पत्ति छानबिन औपचारिक रूपमा सुरु

  NepalMother.com | २२ आश्विन २०८२, बुधबार २१:४८

पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन तीव्र, देउवा–ओली–प्रचण्डको घरमा भेटिएको पैसा विषयमा अनुसन्धान अघि बढ्यो

काठमाडौं / सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्ति छानबिन औपचारिक रूपमा सुरु गरेको छ। साथै, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईलगायतका नेताहरूको सम्पत्ति छानबिनबारे पनि प्रारम्भिक छलफल भइरहेको विभाग स्रोतले पुष्टि गरेको छ।

सरकारमाथि जन–जी आन्दोलनका अभियन्ताहरूले लामो समयदेखि पूर्वप्रधानमन्त्री र मन्त्रीहरूले पदमा रहँदा आर्जन गरेको सम्पत्ति छानबिन गर्नुपर्ने माग गर्दै दबाब दिइरहेका थिए। त्यसैको प्रभावस्वरूप सरकारले अघिल्ला सबै प्रधानमन्त्रीहरूको सम्पत्ति परीक्षण गर्ने तयारी अघि बढाएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक वरिष्ठ अधिकारीका अनुसार, “देउवा, प्रचण्ड र ओलीको सम्पत्ति छानबिन सुरु भइसकेको छ, र बाँकी सबै पूर्वप्रधानमन्त्रीहरूको पनि छानबिनका विषयमा छलफल भइरहेको छ।”

अघिल्ला सरकारहरूका समयमा भएका ठूला आर्थिक घोटाला र शक्ति दुरुपयोगका घटनाबाट अर्बौं रुपियाँ जम्मा गरेको आरोप पूर्वप्रधानमन्त्रीहरू माथि पटक–पटक लाग्दै आएको छ। नागरिक समाज र जन–जी आन्दोलनका अभियन्ताहरूले ती सबै काण्डहरूको स्वतन्त्र छानबिन र सम्पत्ति शुद्धीकरण प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग माग गरिरहेका छन्।

यसबीच, सरकारले केही हप्ता अघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयको मातहतबाट हटाएर अर्थ मन्त्रालय मातहतमा ल्याएको छ। नयाँ संरचनाअनुसार अर्थ मन्त्रालयले विभागको नेतृत्वमा फेरबदल गर्दै सहसचिव गजेन्द्रकुमार ठाकुरलाई महानिर्देशकमा नियुक्त गरेको छ। ठाकुर यसअघि पनि सो विभागमा लामो समय काम गरिसकेका हुन्।

मन्त्रालय स्रोतका अनुसार, नयाँ नेतृत्वको प्राथमिकता नै पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिनलाई तीव्र बनाउने हो। तर विभागले हालसम्म स्पष्ट कार्ययोजना र रणनीति तयार गर्न बाँकी रहेको बताइएको छ।

विभागले जन–जी आन्दोलनका क्रममा आगलागीमा जलेका विभिन्न नेताहरूका घरमा भेटिएको ठूलो मात्राको पैसाबारे पनि अनुसन्धान थालेको छ। यसमा पूर्वप्रधानमन्त्रीहरूका साथै उनका निकट आफन्त र सहयोगीहरूको सम्पत्ति पनि छानबिनको दायरामा ल्याइने भएको छ।

२४ गतेको प्रदर्शन र आगजनीपछि देउवा, प्रचण्ड र कांग्रेस नेता दिपक खड्काको घरमा पैसाका थुप्रो जलेको दृश्य देखाउने भिडियोहरू भाइरल बनेका थिए। ती भिडियोहरूमा बूढानीलकण्ठस्थित देउवाको निवासमा हजार र पाँचसयका नोटका थुप्रा जलेको, र खड्काको घरबाट नोटहरू आकाशमा उडिरहेको दृश्य सार्वजनिक भएको थियो।

त्यस्तै, प्रचण्डको निवास खुमलटारमा पैसा राख्ने सेफ फोडिएको र डढेका नोटका थुप्रा भेटिएको प्रमाण पनि सार्वजनिक भएको थियो। स्थानीयहरूले सो घरमा “पैसा राख्ने सुरुङ भेटिएको” दाबी गरे पनि, पछि देउवा पक्षले “त्यो सुरुङ होइन, पानी ट्यांकी हो” भनेर सफाइ दिएको थियो।

विभागको टोलीले बूढानीलकण्ठ, बालकोट र खुमलटारस्थित ती तीनै निवासमा पुगेर मुचुल्का तयार पारिसकेको छ। स्रोतका अनुसार, जलेको र भेटिएको नोटहरू परीक्षणका लागि विदेशी फरेन्सिक प्रयोगशालामा पठाउने तयारी भइरहेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका एक उच्च अधिकारीले भने —

“यो केवल व्यक्तिको सम्पत्तिको मात्र मुद्दा होइन, यो प्रणालीगत भ्रष्टाचार र राजनीतिक दुरुपयोगको गहिरो जडसँग जोडिएको विषय हो। अब कुनै पनि व्यक्ति जाँचबिनभन्दा बाहिर रहन सक्दैन।”

छानबिन अघि बढेसँगै देशभरका राजनीतिक वृत्तमा तनावपूर्ण वातावरण सिर्जना भएको छ। विश्लेषकहरूका अनुसार, यदि यो अनुसन्धान पारदर्शी र निष्पक्ष ढंगले अघि बढाउन सकियो भने, यो नेपालको राजनीतिक शुद्धीकरणको ऐतिहासिक मोड बन्न सक्छ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।