आदरणीय सुशीला दिदी,
प्रधान न्यायाधीश भेसकैकी, देश दुनियाँ बुझेकी हजुरलाई म बबुरो भाइ सिकाउने क्षमता र हैसियत राख्दै राख्दिन, त्यो दुस्साहस पनि गर्दिन तर वर्तमान संविधानलाई नै आधार मानेर अगाडी जाने हो भने, रामचन्द्र पौडेलको आदेशमा देशलाई अगाडी लाने हो भने देशले निकास पाउने होइन थप जटिलता तर्फ लाग्यौँ है हामी। हजुरले यी दुई मूलभूत कुरा निर्क्योल नगरी प्रधानमन्त्री बन्न मान्नुहुन्छ भन्ने लागेको थिएन मलाइ । हुन त हजुरको पनि योजना र भिजन होला । तपाईँ पनि असफल भएको, देश झन् झन् जटिलता तर्फ अगाडी बढेको देख्न चाहँदैनौँ हामी । षडयन्त्र शुरु भैसकेका छन्, ओली, देउवा र प्रचण्डहरू एउटै कित्तामा गइसकेका छन् । उनीहरूले तपाईँलाई असफल बनाउन एक कित्तामा उभिइसकेका छन् ।
हो उनीहरू राम्रो गर्न सक्दैनन् तर बिगार्न पर्याप्त छन् है सजक हुनुहोला। तसर्थ बेलैमा सचेत हुँदै अगाडी बढ्नु होला । ती कलिला बाल बालिकाको रगत त्यसै खेर नजाओस्, देशले जुन तहको क्षति व्यहोरेको छ त्यसलाई कम आकलन नगरियोस्। नेपाल आमाको मुहार हँसाउन तपाईँलाई सफलता मिलोस् शुभकामना दिदी ।
सुशीला दिदी र जेंजी भाइ बहिनीहरू, गम्भीर भएर सोंच्नु होला यी ४ बुँदा :
१- यही संविधान अन्तर्गत हुने निर्वाचनको परिणाम विगत दोहोरिने मात्रै हो, आशा निराशामा परिणत हुने छन् तसर्थ असफल संविधान खारेज गरी नयाँ अन्तरिम संविधान बनाउन आवश्यक छ । त्यो गरिएन भने ठुलो भुल हुने छ भन्ने लाग्छ मलाइ ।
२- भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीलाई जेल हाल्न, तिनको श्रोत नखुलेको अकुत सम्पत्ति राष्ट्रियकरण गर्न ढिलो मात्र भयो भने नेपाल गयो, बुझ्नुहोला।
३- कसैको नक्कल गरेर होइन, देश काल परिस्थिति हेरेर, देश र जनतालाई केन्द्रमा राखेर अहिलेको समय सापेक्ष संविधान निर्माण गर्ने तर्फ पाइला अगाडी बढुन् ।
४- यही संविधान, यही लुटतन्त्र, यही सङ्घीयता नामको आठ सय भन्दा बढी छोटे राजा बनाउने, पाल्ने कथित गणतन्त्र नामको घामड तन्त्रलाई निरन्तरता दिइयो भने त्यो अर्को राष्ट्रघात हुने छ चेतना भया !
नेपाल आमा हाँसेको देख्न पाउँ, नेपाल आमा संग लिन केही छैन, लिने पनि छैन, आफु सक्दो योगदान दिन पाउँ एउटा स्वतन्त्र नागरिकका रुपमा, बस यत्ति हो । नेपाल आमाको जय होस् ।
– रामप्रसाद खनाल
प्रतिक्रिया