” झापा जिल्ला दमक नपा स्थायी घर भई, हाल काठमाडौं वालुवाटारस्थित सरकारी आवासमा डेढ वर्षे करारमा लिई बसोबास गरिरहेका । तित्राको जस्तो एकदमै तीतो बोली बोल्ने । उखानटुक्का र ब्यंग्यवाणमा विशेष रुची राख्ने । अन्दाजी ७५ वर्षका वृद्ध मानिस, नामको अगाडि डाक्टर तथा बा, बा तथा कवि, कवि तथा पार्टी अध्यक्ष, पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलगायतका पदवी झुण्ड्याउन मरिहत्ते गर्ने, खड्गप्रसाद ओली वास्तविक नाम भएका वृद्ध मानिस, यही मिति–२०८२ साल भदौ २४ गते अपराह्नदेखि हराइरहेका छन् । उक्त नाम, व्यहोरा र हुलिया भएका अभियुक्तले ३४ जना बालबालिकाको गैरन्यायिक हत्या गरी फरार भएकाले, भेटाउनु हुने महानुभावले नजिकैको प्रहरी चौकीमा बुझाइदिनु हुन हार्दिक अनुरोध गर्दछौं” भनेर नयाँ सरकारले कहिले सूचना जारी गर्छ ? कि गर्दैन ??
प्रतिक्रिया