Washington DC, US : September 15, 2025, Monday 05:41 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)
                                                                  Old Archive > 

ताजा समाचार
|भ्लादिमिर पुटिन र भोलोदिमिर जेलेन्स्कीबीचको गहिरो दुश्मनी नै रुस–युक्रेन वार्ता सम्भावनाको मुख्य अवरोध : ट्रम्प|अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिकाद्वारा पत्रकार र सञ्चार माध्यममाथि भइरहेका धम्की र आक्रमणको कडा निन्दा|जेनजी आन्दोलनका शहीद परिवारलाई १५ लाख क्षतिपूर्ति|म : सुदीपभद्र खनाल|पेरिसमा सहिदहरूको सम्झनामा दीप प्रज्वलन|जेनजी पुस्ताको आव्हानमा भएको आन्दोलन, संयुक्त राष्ट्रसंघ र नेपाल|अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई एक परदेशीको खुल्ला पत्र|Cartoon|Breaking News : मन्त्रिपरिषद् विस्तार, ओमप्रकाश अर्याल, कुलमान घिसिङ र रामेश्वर खनाल मन्त्री|युवाको रगतले लत्पतिएको नेपालमा बिद्रोहको आगो सल्केको त्यो दिन

Breaking News : प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवाससहित विभिन्न नेताका घर, होटल, विद्यालय र सरकारी कार्यालयमा तोडफोड तथा आगजनी

  NepalMother.com | २४ भाद्र २०८२, मंगलवार ०३:५९

काठमाडौंमा हिंसा चर्कियो : नेताहरुका निवास, होटल र सरकारी कार्यालयमा आगजनी

काठमाडौं, २४ भदौ, २०८२ – सरकारविरुद्ध जारी ‘जेन–जी’ आन्दोलन आज थप उग्र बनेको छ। आक्रोशित प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवाससहित विभिन्न नेताका घर, होटल, विद्यालय र सरकारी कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन्।


ओली निवासमा आगजनी

भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री ओलीको निजी निवासमा आज बिहानै आगजनी भएको हो। प्रहरीको प्रयासका बाबजुद प्रदर्शनकारी रोकिएनन्। अश्रुग्यास प्रहारपछि समेत भीडलाई नियन्त्रणमा लिन नसक्दा ओली निवासमा आगो लगाइएको हो।


हिल्टन होटल र अन्य सम्पत्ति आक्रोशको निशाना

नक्सालस्थित हिल्टन होटलमा पनि आगजनी भएको छ। होटल प्रहरी प्रधान कार्यालय नजिकै भएकाले घटनाले थप तनाव उत्पन्न गराएको छ। त्यस्तै, राष्ट्रपति रामचन्द्र पौडेलको बोहराटारस्थित घर, नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित घर र एमाले, एकीकृत समाजवादी नेताहरू माधवकुमार नेपाल, शंकर पोखरेल र गोकर्ण विष्टका निवासमा समेत तोडफोड र आगजनी भएको छ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौंको सुरक्षा अवस्था नियन्त्रण बाहिर जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा बन्द गरिएको छ। गोठाटारलगायत क्षेत्रमा निरन्तर आगलागीका घटना बढेपछि हवाई सुरक्षामा खतरा देखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीले बताएका छन्। सबै उडानहरू स्थगित गरिएका छन् भने विमानस्थलको सुरक्षामा नेपाली सेना खटाइएको छ।


कांग्रेस नेताका घर र मन्त्री क्वार्टरमा आक्रमण

भैंसेपाटीस्थित मन्त्री क्वार्टरमा समेत प्रदर्शनकारी छिरेर तोडफोड गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा समेत आगजनी भएको छ। यसैबीच कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै कांग्रेस–एमालेबीचको सातबुँदे सहमति औचित्यहीन भएको र प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्।


विद्यार्थी संगठन नेताहरूको राजीनामा

सरकारी दमनमा २१ जनाभन्दा बढी विद्यार्थीको मृत्यु भएपछि विद्यार्थी संगठनका नेताहरूले पनि राजीनामा दिन थालेका छन्। एमाले निकट अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले पद त्याग गरेका छन्। उनले विद्यार्थीहरूको हक र जीवन रक्षा गर्न असफल भएको स्वीकार गर्दै संगठनमा रहिरहन नैतिकताले नदिएको बताएका छन्। यसअघि अखिलका उपाध्यक्ष विकास श्रेष्ठले पनि राजीनामा दिएका थिए।


देशभर चर्किएको आन्दोलन

सामाजिक सञ्जाल प्रतिबन्ध, व्यापक भ्रष्टाचार, नेताहरूको विलासी जीवनशैलीविरुद्ध उठेको आन्दोलनले देशभरका प्रमुख शहर अशान्त बनाएका छन्। काठमाडौं, विराटनगर, पोखरा, जनकपुर, बिर्तामोडलगायत स्थानमा प्रदर्शन हिंसात्मक बन्दै गएको छ। सार्वजनिक सम्पत्तिसँगै प्रहरी कार्यालयहरूमा समेत आगजनी भइरहेको छ।

भक्तपुरको बालकोटस्थित ओली निवासमा प्रदर्शनकारीले आगजनी गरे

फोटो : बाह्रखरी

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।