अहिलेसम्मकै ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा, आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ३९ हजारले श्रम स्वीकृति लिए
काठमाडौं / नेपालीहरू वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेका छन् र हालसम्मकै सबैभन्दा धेरै संख्या आर्थिक वर्ष २०८१/८२ मा श्रम स्वीकृति लिई विदेशिएका छन्। वैदेशिक रोजगार विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीका अनुसार साउन १ गतेदेखि असार मसान्तसम्मको एक वर्षको अवधिमा कुल ८ लाख ३९ हजार २७० जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।
यो तथ्यांकमा भारतबाहेकका देशहरूमा जानेको मात्र समावेश छ, किनभने भारतमा रोजगारीका लागि श्रम स्वीकृति आवश्यक छैन।
२०८०/८१ मा ७ लाख ४१ हजार २९७ जनाले श्रम स्वीकृति लिएका थिए। योसँग तुलना गर्दा २०८१/८२ मा ९७ हजार ९७३ जनाले बढी स्वीकृति लिएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा १३.२१ प्रतिशत वृद्धि देखिएको छ।
गत वर्ष स्वीकृति लिनेहरूमध्ये ७ लाख ४४ हजार ८०८ जना पुरुष र ९४ हजार ४६२ जना महिला छन्।
विभागका अनुसार, गत आर्थिक वर्ष दैनिक औसतमा २,२९९ भन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जाने श्रम स्वीकृति लिएका छन्।
साउन: ५९,५७५
भदौ: ५७,४९३
असोज: ५३,५२५
कात्तिक: ७०,९९०
मंसिर: ८४,२२६
पुस: ६७,२५८
माघ: ७२,४४१
फागुन: ६८,९६३
चैत: ७३,४०३
वैशाख: ७८,०५०
जेठ: ७४,४४६
असार: ७८,८७९
श्रम स्वीकृति लिनेहरूको ९१.३७% निम्न १० देशहरूमा गएका छन्:
संयुक्त अरब इमिरेट्स (UAE): २,७४,५९१
साउदी अरेबिया: १,५२,५९७
कतार: १,४०,७९१
कुवेत: ५९,०६५
मलेसिया: ४९,१८७
रोमानिया: २७,८७४
जापान: २३,०७१
दक्षिण कोरिया: १४,२२४
क्रोएसिया: १३,८३५
बहराइन: ११,६२४
यीमध्ये पाँच देश खाडी क्षेत्रका, दुई एसिया (उत्तरपूर्वी) र दुई युरोपका छन्।
आर्थिक वर्ष २०७२/७३ देखि २०८१/८२ सम्म कुल ४६ लाख २१ हजार ४८२ श्रम स्वीकृति जारी गरिएका छन्।
वर्षवार विवरण:
२०७२/७३: ४,०३,१७४
२०७३/७४: ३,८३,४९३
२०७४/७५: ३,५४,०८२
२०७५/७६: २,३६,२०८
२०७६/७७: १,९०,४५३
२०७७/७८: ७२,०८१
२०७८/७९: ६,३०,०९७
२०७९/८०: ७,७१,३२७
२०८०/८१: ७,४१,२९७
२०८१/८२: ८,३९,२७०
आर्थिक वर्ष २०५०/५१ देखि २०८१/८२ सम्म कुल ८५ लाख ५१ हजार ४६६ वटा श्रम स्वीकृति जारी गरिएका छन्। वैदेशिक रोजगारी नेपालको अर्थतन्त्र र जनशक्तिको महत्त्वपूर्ण आधार बनिरहेको यो तथ्यले झल्काउँछ।
प्रतिक्रिया