१ – २००७ सालमा राजा र जनता मिलेर ल्याएको प्रजातन्त्र मासेर २०१७मा किन निर्दलीय व्यवस्था ल्याउनु पर्यो होला ए प्रजाबादीहरू?
२ – बोल्न नदिएर विकास र निर्माणको महेन्द्र पथमा मात्र किन लाग्यौ ए राष्ट्रबादि हरू?
३ – २०४६मा प्रजातन्त्र पुनर्स्थापन भएर ५ वर्ष नपुग्दै ४० बुँदे पर्चा छरेर बहुदलीय संसदीय व्यवस्था विरुद्ध किन धावा बोल्यौ ए माओबादि हरू?
४ – २०७२को संविधान जारी भएको यतिका वर्षपछि अहिले फेरि गणतन्त्र विरुद्ध आफै माहोल बनाउने कुबुद्धि कताबाट आयो होला ए नक्कली वामपन्थीहरू?
५ – प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र पछि अब के नेपालमा “जनगणतन्त्र” ल्याउन खोजेको हो ए समाजबादिहरु?
६ – “तन्त्र” र “वाद”मा अलमल गर्दागर्दै देश “बरबाद” भएको हेक्का छ कि नाइँ ए तस्करका नाइकेहरू??
७ – सधै आफ्नो अनुकूल सरकार मात्र बनाउने कि,समयानुकूल देश बनाउने खालको मौलिक राजनीतिक प्रणाली विकास गर्ने हो ए खातेहरू?
८ – राजनीति पेशा हो कि सेवा हो ए नव-सामन्तहरू?
९ – देश र जनताको हित हुन्छ भनी गद्दी नै त्याग्न सक्ने राजालाई के मुखले गाली गर्छौ ए लेन्डुपहरु ??
१० – जे गरे नि टुलुटुलु हेरेर मात्र बस्ने, गुनासो मात्र गर्ने, सधै अरूको मुख ताक्ने, एक छाक मासु भातमा बिक्ने, निदाएको अभिनय गर्ने यो के तरिका हो ए “आफू लगायत सबै फटाहा” भएका वीर नेपालीहरू ???
* २०४६ सालको एक पूर्व आन्दोलनकारीको प्रश्न !!!

प्रतिक्रिया