Washington DC, US : July 26, 2026, Sunday 07:19 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|सर्वोच्च अदालतमा महाअभियोगको तयारीले नयाँ राजनीतिक तरंग|अब फेरि स्वर्ग गए पनि, नर्क गए पनि संगै जाने सहमति भएछ, ल बधाई छ !|प्रतिनिधि सभाका सदस्यहरूका लागि स्वकीय सचिवको सङ्ख्या थप गर्ने विषयलाई लिएर ‘राष्ट्रिय जेन–जी नागरिक अभियान’ को बिरोध प्रदर्शन|विकास कि विस्थापन ? राज्य किन मानव अधिकार उल्लङ्घनतर्फ उन्मुख हुँदैछ ?|गीत : प्रेम नशा रहेछ भुल्न सक्दिनँ|भूमिकाको पीडा !|इरान समर्थित यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको दक्षिणी सहर जिजानमा मिसाइल आक्रमण|प्रश्नपत्र लिक विवादपछि भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा|के के भइरहेको छ भारतको आन्दोलनमा ? अब के हुन्छ ?|अमेरिका साउदी आणविक सम्झौता सार्वजनिक हुने तयारी

नागरिकता खोई अभियान : पुरानै नागरिकताको निरन्तरता माग वंशजकै नागरिकताको निरन्तरताका लागि प्रवासी नेपालीहरुले आवाज उठाए

  NepalMother.com | २ चैत्र २०८१, आईतवार १८:०२

नेपाल सरकारले संविधानअनुसार प्रदान गर्न सुरू गरेको गैरआवासीय नागरिकताले नेपालीहरुलाई तेस्रो दर्जा दिएकोले वंशजकै नागरिकताको निरन्तरताका लागि प्रवासी नेपालीहरुले आवाज उठाएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएन) टेक्सस च्याप्टर र नागरिकता खोई अभियानले शनिबार टेक्ससको ड्यालसमा आयोजना गरेको कार्यक्रममा प्रवासी नेपालीहरुले गैरआवासीय नेपाली नागरिकतालाई सरकारी निकायले नै नचिनेका कारण पुरानै नागरिकताको निरन्तरता हुनुपर्ने माग गरेका हुन् ।

नागरिकता खोइ अभियानका संयोजक वासुदेव घिमिरले विगत डेढ वर्षमा नेपालमा रहेर व्यवसाय गर्दा, गैरआवासीय नागरिकता लिएपछि सरकारी निकायहरुले नै दिएको सास्तीका बारेमा चर्चा गर्दै पहिले जन्मसिद्ध रुपमा प्राप्त गरेको वंशजकै नागरिकता निरन्तरता दिँदा नेपाल सरकारलाई कुनै पनि कोणबाट हानि नहुने उल्लेख गरे ।

वंशजको नागरिकता निरन्तरता दिइएमा विदेशमा रहेका धेरै नेपालीहरुले नेपालमा निर्धक्क व्यवसायमा लगानी गर्ने, अवकाश जीवन बिताउन जाने हुँदा त्यसबाट नेपाललाई अरबौँ डलर रेमिट्यान्स, लगानीका रुपमा प्राप्त हुने बताए । अभियानलाई अघि बढाउने सन्दर्भमा हालसम्म राजनीतिक दलका नेताहरु, सांसद्हरुलाई भेटेर वंशजको नागरिकता निरन्तरता दिँदा देशलाई कुनै हानी नपुग्ने विषयमा अवगत गराएको समेत उनले उल्लेख गरे ।

सोही अवसरमा विगत झण्डै डेढ वर्षअघि अमेरिका छाडेर नेपाल फर्किएका पत्रकार तारा बरालले एनआरएन नागरिकता लिँदा आफूले पाएको सास्तीको वर्णन गर्दै वंशजको नागरिकतालाई निरन्तरता दिँदा नेपाललाई कुनै हानि नपुग्ने बरु फाइदा नै हुने चर्चा गरे । नेपालमा राज्य सञ्चालन गर्ने राजनीतिक नेतृत्व, कर्मचारीतन्त्रले प्रवासी नेपालीहरुलाई नागरिकता निगाहा, बक्सिसका रुपमा व्यवहार गरिरहेको महसुस भएकोसमेत बरालले उल्लेख गरे ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, कोषाध्यक्ष सरोज सिग्देललगायतले एनआरएनले हालसम्म गरिरहेको पहलको विषयमा जानकारी गराएका थिए । प्रवासी नेपालीहरुलाई दिने नागरिकताको सवालमा नेपाल उदार हुनुपर्ने र कैयौँ देशका कार्यकारी प्रमुखहरुसमेत दोहोरो नागरिकताधारी रहेको वर्तमान सन्दर्भमा नेपाल भने अनुदार भएर १९ औँ शताव्दीको सोच बोकेर बस्नु सर्वथा अनुचित रहेको वक्ताहरुले बताएका थिए ।

कार्यक्रममा पत्रकार विजय घिमिरेले गैरआवासीय नेपाली संघभित्र दलगत राजनीतिले यसले बोकेका मुद्दाहरु कमजोर र छिन्नभिन्न हुनु दुःखद भएको चर्चा गर्दै वंशजको नागरिकताको निरन्तरता अहिलेसम्मको सबैभन्दा प्रभावकारी हुने बताए ।

सो अवसरमा सहभागीहरु राजनीतिक नेतृत्वलाई प्रवासबाट गतिलो दबाब नपुग्दा र एनआरएनभित्र पदको छिनाझप्टीले गर्दा मूल मुद्दा ओझेलमा परेको धारणा राखेका थिए । स्थानीय समुदायका शशि भट्टराई, विनोद तिवारी, डा. सुनिलकुमार पोखरेल, डा. भोजबहादुर बलायर लगायतले गैरआवासीय नागरिकता र वंशजको नागरिकताका विविध पक्षका बारेमा धारणा राखेका थिए ।

सो अवसरमा लुम्बिनी सर्किटका विषयमा अमेरिकामा प्रचार प्रसारका लागि आएका मेयरहरुमध्ये देवहद नगरपालिकाका मेयर ध्रुव खरेलले समेत शूभकामना व्यक्त गरेका थिए । हिमालयखवरका अनुसार नागरिकता खोई अभियानले आइतबार टेक्ससको ह्युस्टन र अर्को सप्ताहन्त लसएञ्जलसमा यस्तै विषयमा अन्तक्रिया कार्यक्रम राखेको छ । एनआरएन टेक्सस च्याप्टर उपाध्यक्ष निकेश पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा महिला संयोजक अनु तामाङ्गले सहभागीहरुलाई स्वागत गरेकी थिइन् ।

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor