भारतको उत्तर प्रदेशको प्रयागराजस्थित महाकुम्भ मेलामा भागदौडमा परेर ३० भन्दा बढीको ज्यान गएको र सयौं घाइते भएको लगत्तै महाकुम्भ स्नान गरेर फर्कने क्रममा दुर्घटनामा परी पाँच नेपालीको पनि मृत्यु भएको समाचार प्राप्त भएको छ । महोत्तरीसँगै जोडिएको भारतको मधुवनीमा शनिबार दिउँसो स्कोरपियो दुर्घटनामा परी त्रिवेणीमा स्नान गरेर घर फर्कंदै गरेका पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–७ का ६० वर्षीय बालकृष्ण झा, उनकी पत्नी ५० वर्षीया इन्दु देवी, महोत्तरीकै मनरासिश्वा नगरपालिका–२ की ५० वर्षीया मनतारन देवी र उनकी भान्जी धनुषाको गंगुलीकी ३० वर्षीया अर्चना झा हुन् । गाडीका चालक सिरहाका नामथर नखुलेका एक व्यक्तिको समेत मृत्यु भएको जलेश्वर नगरपालिका–७ का वडा सदस्य सुल्तान कवारीले जानकारी दिए ।
प्रतिक्रिया