Washington DC, US : July 30, 2025, Wednesday 06:32 PM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपालीभाषी समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|रूसमा ८.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प, अमेरिकाको पश्चिमी तटदेखि जापान, हवाई, फिलिपिन्स, मेक्सिकोसम्मका सुनामीको असर|Breaking News : बेलायतमा नेपाली विद्यार्थीहरूको आत्महत्या र असामयिक मृत्युदर बढ्दै, साबधान अभिभाबकहरु !|तेस्रो बच्चा जन्माउनेलाई विशेष अनुदान, थप बच्चा जन्माउन प्रेरित गर्ने|प्रधानमन्त्री ओली रवि लामिछानेप्रति कडा : ‘ठगी गरेपछि त अदालतले थुन्छ, सरकारले के गर्ने ?’|अमेरिकामा बन्दुक हिंसा नियन्त्रण बाहिर, सातो जाने तथ्याङ्क|पुस्ता – टेलिसिरियलको Trailer सार्बजनिक|युक्रेनको जेलमा रुसी हवाई आक्रमण, १७ बन्दीको मृत्यु, ४२ घाइते|Breaking News : न्युयोर्कको गगनचुम्बी भवनमा आक्रमण, चार जनाको ज्यान गयो, बंगलादेशी मूलका प्रहरी अधिकारी समेत मारिए|अमेरिकाको नेभाडा क्यासिनोमा गोलीकाण्ड, थुप्रै घाइते, एक पक्राउ|सिन्धुलीबाट बेपत्ता हायू परिवार पोखरामा सकुशल फेला !

भारतको कुम्भमेला, संसारकै सबैभन्दा ठूलो भेलामा घातक भागदौड भएपछि मृत्यु हुनेको संख्या दर्जनौं, हराइरहेका मानिसहरूको खोजी जारी प्रधानमन्त्री नरेन्द्र मोदीले ज्यान गुमाउने मानिसका परिवारजनप्रति समवेदना व्यक्त गर्दै उक्त घटनामा केही मानिसहरूको मृत्यु भएको पुष्टि गरे

  NepalMother.com | १६ माघ २०८१, बुधबार ०८:३२

महाकुम्भमेलामा भागदौडबाट मृत्यु हुनेको संख्या दर्जनौं नाघेको छ । घाइते हुनेको संख्या २०० भन्दा बढी पुगेको भारतीय प्रहरीलाई उद्धृत गर्दै एजेन्सीहरूले उल्लेख गरेका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मृतकमध्ये ३० जनाको पहिचान खुलेको छ। उत्तर प्रदेशको प्रयागराज भइरहेको कुम्भमेलामा बुधबार राति करिब साढे १ बजे एउटा घाटमा भागदौड मच्चिएको थियो। प्रहरीले घटनाको हुनुको कारण पनि खुलाएको छ। त्रिवेणी संगम स्थलमा अस्थायी पुलहरू निर्माण गरिएको छ। सोही पुल भाँच्चिदा भागदौड मच्चिएको डीआइजी वैभव कृष्णले बताए। ‘ब्रह्म मुहूर्तअघि राति १ देखि २ बजेको बीचमा अखडा मार्गमा श्रदालुहरूको ठूलो भीड जम्मा भएको थियो। सोही क्रममा पुल भाँच्चिदा भागदौड मच्चिएको हो,’ सञ्चारकर्मीहरूसँग उनले भने।
घाइतेहरूको तुरुन्तै उद्धार गरी अस्पताल पुर्‍याएको बताए। तर, भीडका कारण उनीहरूलाई समयमै अस्पताल पुर्‍याउन कठीनाइ भएको एजेन्सीहरूले उल्लेख गरेका छन्।

भागदौड पछि प्रशासनको अनुरोधमा सबै १३ अखाडाहरूमा आज हुने मौनी अमावस्या(औंसी)को अमृत स्नान रद्द गरेका थिए। बिहान १० बजेपछि मात्रै अमृत स्नान गर्ने निर्णय गरिएको थियो। प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाहले फोनमा मुख्यमन्त्री योगीसँग घटनाको बारेमा सोधपुछ गरेका थिए। प्रधानमन्त्री मोदीले घटना दुःखद भएको भन्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। घटनापछि महाकुम्भ मेला क्षेत्र आसपास हेलिकोप्टरबाट निगरानी गरिएको छ । घाइतेहरूको तुरुन्तै उद्धार गरी अस्पताल पुर्‍याएको बताए। तर, भीडका कारण उनीहरूलाई समयमै अस्पताल पुर्‍याउन कठीनाइ भएको एजेन्सीहरूले उल्लेख गरेका छन्।

भागदौड पछि प्रशासनको अनुरोधमा सबै १३ अखाडाहरूमा आज हुने मौनी अमावस्या(औंसी)को अमृत स्नान रद्द गरेका थिए। बिहान १० बजेपछि मात्रै अमृत स्नान गर्ने निर्णय गरिएको थियो। प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाहले फोनमा मुख्यमन्त्री योगीसँग घटनाको बारेमा सोधपुछ गरेका थिए। प्रधानमन्त्री मोदीले घटना दुःखद भएको भन्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। घटनापछि महाकुम्भ मेला क्षेत्र आसपास हेलिकोप्टरबाट निगरानी गरिएको छ।

******
भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलेको कुम्भमेलामा बुधवार बिहान सबेरै एउटा घाटमा घातक भागदौड भएपछि हराइरहेका मानिसहरूको खोजी जारी रहेको उनीहरूका आफन्तले बताएका छन्। कति मानिस हराइरहेका छन् भन्ने ‍औपचारिक विवरण हालसम्म सार्वजनिक भएको छैन। प्रत्यक्षदर्शी तथा अस्पतालस्थित स्रोतहरूका अनुसार भिडले किचेर कम्तीमा १२ जनाको मृत्यु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले ज्यान गुमाउने मानिसका परिवारजनप्रति समवेदना व्यक्त गर्दै उक्त घटनामा केही मानिसहरूको मृत्यु भएको पुष्टि गरेका छन्। भागदौड भएपछि विभिन्न अखडाहरूले औँसीका दिन आयोजना गर्न लागेको विशेष स्नानको कार्यक्रम स्थगित गर्ने निर्णय गरेका थिए। तर अपराह्ण २ बजेसम्म गङ्गा र यमुना नदीका किनारमा झन्डै पाँच करोड मानिसले स्नान गरेको जानकारी अधिकारीहरूले दिएका थिए। बीबीसी संवाददाता विकास पाण्डेका अनुसार घटना भएपछि मेला लागेको ठाउँमा सुरक्षाव्यवस्था कडा पारिएको छ। सुरक्षाकर्मीहरूले भक्तजनलाई सङ्गमतिर नभई नदीको किनारमै स्नान गर्न आग्रह गरेका छन्।

अधिकारीहरूका अनुसार ज्यानुअरी १३ मा कुम्भमेला सुरु भएदेखि अहिलेसम्म झन्डै २५ करोड मानिसले स्नान गरिसकेका छन्। कुम्भमेलालाई संसारकै सबैभन्दा ठूलो भेला मानिन्छ। त्यहाँ उर्लिएको जनसागर अन्तरिक्षबाट पनि देखिएको छ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा टिप्पणी गर्नुअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले कुम्भमेलामा भागदौड मच्चिएको र केही मानिस गम्भीर घाइते भएको बताएका थिए। तर उनी वा उनको सरकार तथा अन्य अधिकारीहरू कसैले पनि घटनामा मानिसहरूको मृत्यु भए नभएको विषयमा कुनै जानकारी दिएका छैनन्।

केन्द्र र राज्य सरकारका विरोधाभासपूर्ण प्रतिक्रियाको धेरैले आलोचना गरेका छन्। सरकारमा पारदर्शिता नभएको मानिसहरूले औँल्याएका छन्।

केही व्यक्तिले बिहानको भागदौडपछि आफ्ना आफन्तहरू भुइँमा लडेको र त्यसपछि सम्पर्कविहीन भएको बीबीसीलाई बताएका छन्।

बिहान प्रयागराजका एक स्वास्थ्यकर्मीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बीबीसीलाई उक्त घटनामा कम्तीमा एक दर्जन मानिसको ज्यान गएको हुन सक्ने बताएका थिए। प्रत्यक्षदर्शीहरूले पनि बीबीसीलाई समान जानकारी दिएका थिए।

“प्रयागराज महाकुम्भमा भएको दुर्घटना निकै दुःखद छ। यसमा आफ्ना प्रियजन गुमाउने श्रद्दालुहरूप्रति म गहिरो समवेदना व्यक्त गर्छु,” सामाजिक सञ्जाल ‘एक्स’मा प्रधानमन्त्री मोदीले लेखेका छन्।

उनले आफू राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको र बिहान भएको घटनाका विषयमा योगी आदित्यनाथसँग कुरा गरेको जानकारी दिएका छन्।

रक्षामन्त्री राजनाथ सिंह र गृहमन्त्री अमित शाहले पनि मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
विपक्षी दलका नेताहरूले अव्यवस्थाका कारण उक्त दुर्घटना भएको आरोप लगाउँदै सरकारको आलोचना गरेका छन्।

संसद्‌मा प्रमुख विपक्षी दल कङ्ग्रेसका नेता राहुल गान्धीले “अव्यवस्था र सर्वसाधारण भक्तजनलाई नभई भीआईपीलाई बढी ध्यान दिने प्रशासनको व्यवहारका कारण यो दुःखद घटना” भएको टिप्पणी सामाजिक सञ्जालमा गरेका छन्।

उत्तर प्रदेशमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीको सरकार छ।

अरू विपक्षी दलका नेताहरूले उक्त घटनाप्रति दुःख र शोक व्यक्त गरेका छन्।

“केही तीर्थयात्रीहरू गम्भीर घाइते भए, उनीहरूको अस्पतालमा उपचार हुँदै छ,” केही समयअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भनेका थिए। उनले “परिस्थिति नियन्त्रणमा” आइसकेको पनि दाबी गरे।

तर मेला हुने स्थानमा अहिले पनि आठदेखि १० करोड श्रद्धालुहरू अझै रहेको भन्दै उनले मानिसहरूलाई सङ्गमतिर नजान बरु आफू भएको स्थाननजिकैखो नदीतटमा स्थान गर्न आग्रह गरे।

“यो विशेष दिनमा गङ्गामा जहाँ स्नान गरे पनि उही फल पाइन्छ,” उनले भने।

बीबीसी संवाददाता विकास पाण्डेका अनुसार घाइतेहरूलाई लगिएको एउटा मुख्य अस्पतालमा सञ्चारकर्मीलाई प्रवेश दिइएको छैन।

त्यहाँ बिहानैदेखि एम्बुलेन्सको आउजआउ भएको देखिन्छ।

बुधवार मौनी अमावस्या अर्थात् माघ कृष्ण औँसीका अवसरमा ‘अमृतस्नान’ हुन लागेका बेला उक्त घटना भएको बताइएको छ।

प्रत्यक्षदर्शीका अनुसार भिडले त्यहाँ लगाइएका बार तथा अवरोधलाई तोडेर ठेलमठेल गर्दा उक्त अवस्था निम्तिएको थियो।

योगी आदित्यनाथका अनुसार केही तीर्थयात्रीले प्रहरीद्वारा स्थापित छेकबार नाघेर सङ्गमतिर जान खोजेपछि बिहान १ देखि २ बजेका बीचमा उक्त घटना भएको जानकारी दिएका

प्रयागराज मेला प्राधिकरणकी एक अधिकारी आकाङ्क्षा राणाले पत्रकारहरूसँग कुरा गर्दै केही ठाउँमा भिडलाई व्यवस्थित गर्नका लागि राखिएका अवरोधहरू तोडफोड भएको खबर आएको र त्यहाँ भागदौड निम्तिएको तर अवस्था गम्भीर नरहेको बताइन्। घाइतेहरूको उपचार भइरहेको उनले बताइन्।

भारतीय समाचारसंस्था पीटीआईले सामाजिक सञ्जाल एक्समा एउटा भिडिओ पोस्ट गरेको छ। त्यसमा घाइतेहरूलाई ‘सेक्टर२४’स्थित अराइल उपकेन्द्रीय अस्पतालमा लगिएको देखिन्छ।

घटनास्थलबाट बीबीसी संवाददाता समिरा हुसेनले दिएको जानकारीअनुसार नदीतटमा बिहानीपख “पूरै अस्तव्यस्त र कोलाहलको स्थिति” थियो भने भुइँमा लुगाफाटा, जुत्ता, कम्बल र झोलाहरू छरपस्ट थिए।

उक्त घटनापछि सबै अखाडाहरूले औँसीका दिन हुने विशेष स्नानको कार्यक्रम रद्द गरेको विवरण सार्वजनिक भयो। अखिल भारतीय परिषद्का अध्यक्ष महन्त रवीन्द्र पुरीले बुधवार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै भागदौडका कारण कार्यक्रम रद्द गरिएको बताए।

मध्यरातपछि बिहानीपख भएको घटनालाई दृष्टिगत गरी कार्यक्रम नगर्ने निर्णय लिइएको जानकारी पुरीले दिएका थिए। “मौनी अमावस्यामा स्नान गर्न सबै साधुसन्तहरू तयार अवस्थामा थिए। तर उक्त घटनालाई ध्यानमा राख्दै जनहितका लागि स्नान नगर्ने निर्णय गरियो।”

तर गङ्गा र यमुना नदीका किनारमा करोडौँ मानिसले स्नान गरेका छन्। त्यो क्रम दिनभरि जारी रहने देखिएको छ।

नागासाधुहरूले गर्ने शाहीस्नान भनिने विशेष स्नान केही ढिलो गरी सुरु भएको छ। शरीरभरि विभूति घसेका दिगम्बर नागासाधुहरूको समूह स्नान गर्न गएको हेर्न र उनीहरूबाट आशीर्वाद लिन मानिसहरूको भिड सडकछेउछाउ उभिएको देखिएको थियो।

कुम्भमेलाको आरम्भको कथा समुद्र मन्थन गर्दा उत्पन्न अमृतको घडा (कुम्भ)का लागि देवता र दानवहरूबीच युद्ध भएको पौराणिक प्रसङ्गसँग जोडिएको देखिन्छ।

अमृत पिएर अमर हुन पाउने लोभमा देवासुर सङ्ग्राम हुँदा उक्त कुभ्मबाट केही थोपा प्रयागराज, हरिद्वार, उज्जैन र नासिक गरी चार स्थानमा खसेको किंवदन्ती छ।

उक्त युद्ध १२ देववर्षसम्म चलेको थियो र प्रत्येक देववर्षको अवधि पृथ्वीमा १२ वर्षसम्म हुने गर्छ। कुम्भमेला चार सहरहरूमा प्रत्येक १२ वर्षमा मनाइने गरिन्छ। दुइटा कुम्भमेलाको बीचमा अर्धकुम्भमेला पनि आयोजना गरिन्छ।

चारवटै सहरमा कुम्भमेलाको आयोजना गर्ने गरिएको भए पनि सबैभन्दा प्रयागराजमा आयोजित हुनेलाई महाकुम्भ मानिन्छ। त्यहाँ पुग्ने श्रद्धालु र पर्यटकहरूको सङ्ख्या प्रत्येक पटक बढ्दै गएको पाइन्छ।

अखिल भारतीय परिषद्का अध्यक्ष महन्त रवीन्द्र पुरीले मेला सुरु हुनुअघि यसपालिको कुम्भ “अझ विशेष” हुने बताएका थिए।

“घडाबाट अमृत छचल्किएर पोखिँदाको समय जसरी नै अहिले ग्रह र नक्षत्रहरू मिलेर बसेका छन्,” उनले बीबीसीसँग भनेका थिए, “यस्तो उत्तम अवस्था १२ वटा कुम्भ पर्वपछि अर्थात् १४४ वर्षपछि आएको छ।”

कुम्भमेलाको व्यवस्थापन गर्ने अधिकारीहरूले अमावस्याका दिन हुने अमृतस्नानका लागि आठदेखि १० करोड श्रद्धालु प्रयागराज पुग्ने ठानेका छन्।

मेलामा खटिएको प्रहरीले मङ्गलवार राति सामाजिक सञ्जालमा पोस्ट गर्दै अमावस्याका अवसरमा आउने श्रद्धालुलाई स्वागत गरेको थियो।

उसले कुम्भमेलामा आउने सबैको सुरक्षाका लागि प्रहरी एकाइहरू खटिएको जनाएको थियो।

अब यी दिनहरूमा विशेष स्नान हुने छ –

३ फेब्रुअरी : वसन्तपञ्चमी (श्रीपञ्चमी)
१२ फेब्रुअरी : माघ शुक्ल पूर्णिमा (माघस्नान समाप्त हुने दिन)
२६ फेब्रुअरी : महाशिवरात्रि

भारतमा बारम्बार घातक भागदौडका घटनाहरू हुने गरेका छन्।

यही महिना आन्ध्र प्रदेश राज्यस्थित तिरुपति मन्दिरमा भिडले कुल्चिँदा छ जनाको मृत्यु भएको थियो। गत वर्ष उत्तर प्रदेशको हाथरसमा आयोजित एउटा धार्मिक प्रवचनस्थलमा भागदौड मच्चिँदा कम्तीमा १२० जनाको ज्यान गएको थियो।

सरकारी तथ्याङ्कका अनुसार भारतमा सन् २०२१ र २०२२ मा ४७ वटा भागदौडका घटना भए। तर मृतकको कुल सङ्ख्या भने स्पष्ट छैन।
सन् २०१३ मा प्रयागराजमै भएको कुम्भमेलामा भागदौड हुँदा कम्तीमा ३० तीर्थयात्रीको मृत्यु भएको थियो।

धार्मिक कार्यक्रम, मेला र सार्वजनिक स्थानमा ठूलो भिड लाग्ने भएकाले मानिसहरूको ज्यान जानेको गरेको देखिन्छ।

सरकारी निकायहरू ठूला भेलाको व्यवस्थापन गर्न प्रायः सक्षम भए पनि फितलो योजना, भिड नियन्त्रण गर्ने अपर्याप्त उपाय र उत्तरदायित्व वहन नगर्ने प्रवृत्तिका कारण भागदौड हुँदा मानिसहरू हताहत हुने गरेको पाइन्छ।

साँघुरो स्थान, अकस्मात् बढ्ने मानिसहरूको घुइँचो र आपत्कालीन निकासको अभावजस्ता कुराले जोखिम अझै बढाइदिन्छन्। – BBC

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !



May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....

१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com

प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं

हाम्रो बारेमा

International Media & Entertainment House US LLC

का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
नेपाल आमा प्रति समर्पित, स्वतन्त्र र १७५ देशमा पढिने नेपालीहरुको साझा डिजिटल पत्रिका ।

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

Ram Prasad Khanal
Editor in Chief and Publisher
Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com  

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।