Washington DC, US : July 10, 2026, Friday 02:06 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|उत्कृष्ट २५ कविता सार्वजनिक|बिरानो बन्दै पर्वतका रमणीय गाउँहरु|अमेरिका–इरानबीचको सैन्य टकराव झन् खतरनाक मोडमा|अमेरिका इरान तनाव थप चर्कियो, खाडी क्षेत्रमा मिसाइल आक्रमण र प्रतिआक्रमणको श्रृंखला|अस्पतालको औषधि खरिदमा पनि ३ करोड रुपैयाँ अनियमितता, ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा|एक चीन नीतिमाथि प्रश्न उठेको भन्दै सात पूर्वराजदूतको सरकारलाई चेतावनी|ट्रम्प–नेतन्याहुबीच दूरी बढेको चर्चा, मध्यपूर्व नीतिमा नयाँ मोडको संकेत|विश्वकप फुटबलको गौरवशाली इतिहास|बागमतीको पवित्रता पुनर्स्थापनासँगै पशुपति क्षेत्रको धार्मिक गरिमा अझ उचो बनाउने महत्वाकांक्षी योजना|खामेनीको अन्त्येष्टिमा लाखौँ लाखले दिए श्रद्धाञ्जली !

‘सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३’ बुधबार राष्ट्रिय नाचघर, जमलमा भव्य समारोहका बीच उद्घाटन सांस्कृतिक संस्थानमा महा प्रबन्धक भएर आए देखि हाल सम्म किराना बाबु पुन ले गरेका सर्हानिय कामले सांस्कृतिक संस्थानको गरिमा उच्च बनाएको, संस्थान सुधार भएको, नाफामा गएको, सांस्कृतिक क्षेत्रमा संस्थानले महत्वपूर्ण उपलब्धिहरु हासिल गरेकोमा कार्यक्रमकै अवसरमा अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका (International Artists Forum America) का अध्यक्षसमेत रहेका खनालले सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुनलाई संस्थागत सम्मानस्वरूप विशेष पदक  प्रदान

  NepalMother.com | ४ असार २०८३, बिहीबार ०६:५६

काठमाडौं  / नेपाली लोकसंस्कृति, लोकसंगीत तथा मौलिक कला संरक्षणको उद्देश्यसहित सांस्कृतिक संस्थानले आयोजना गरेको ‘सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३’ बुधबार राष्ट्रिय नाचघर, जमलमा भव्य समारोहका बीच उद्घाटन गरिएको छ। सांस्कृतिक संस्थानको ५४औँ वार्षिकोत्सव तथा राष्ट्रिय नाचघरको ६७औँ वार्षिकोत्सवको अवसर पारेर आयोजित प्रतियोगिताले देशभर छरिएर रहेका लोक प्रतिभाहरूलाई राष्ट्रिय मञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ।

नेपाल सरकारअन्तर्गत सजीव कला प्रदर्शनसम्बन्धी प्रमुख तथा ऐतिहासिक संस्थाका रूपमा परिचित सांस्कृतिक संस्थानले नेपाली लोककला, लोकसंस्कृति र विशेषगरी दोहोरी परम्पराको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरेको जनाएको छ। प्रतियोगिता असार ३ गतेदेखि सुरु भई असार ५ गतेसम्म सञ्चालन हुनेछ।

कार्यक्रम सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुनको अध्यक्षतामा सम्पन्न भएको थियो। वरिष्ठ लोकगायक तथा निर्देशक नारायण रायमाझी प्रमुख अतिथि तथा वरिष्ठ लोकगायक, गीतकार, संगीतकार, पत्रकार एवं अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा लोकसंगीत क्षेत्रका वरिष्ठ कलाकार, स्रष्टा, विभिन्न सांस्कृतिक तथा सामाजिक संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा लोकसंगीतप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उद्घाटन समारोहमा लोकप्रिय लोकगायक राजु परियार, चर्चित गायिका देवी घर्ती तथा कलाकार राजु ढकालले विशेष सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रम सञ्चालन संस्थानका कलाकार रोहित सुवेदीले गरेका थिए भने प्रतियोगिताको प्रत्यक्ष प्रस्तुति वरिष्ठ लोकगायक बद्री पंगेनी र लोकप्रिय गायिका मञ्जु पौडेलले सञ्चालन गरेका थिए।

प्रतियोगिताको मूल्याङ्कनका लागि वरिष्ठ लोकस्रष्टा दुर्गा रायमाझी, चन्द्र शर्मा, गायिका सीता थापा, राधिका हमाल, गायक कृष्ण रेउले तथा स्रष्टाद्वय दीपक खड्का र सुवास केसी निर्णायक मण्डलमा रहेका छन्। वरिष्ठ सांस्कृतिककर्मी तेजबहादुर केसी विशेष निर्णायकको भूमिकामा रहेका छन्।

सांस्कृतिक संस्थानका अनुसार प्रतियोगिताका लागि देशभरबाट २५ समूहले आवेदन दिएका थिए। पहिलो दिन ९ समूहबीच प्रतिस्पर्धा सम्पन्न भएको छ भने बाँकी समूहहरूबीच आगामी दुई दिन प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा उत्कृष्ट हुने समूह तथा प्रतिभाहरूलाई असार ५ गते आयोजित विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज अधिकारी (गणेश) को उपस्थितिमा पुरस्कार वितरण गरिने कार्यक्रम रहेको छ।

May be an image of dais and text that says 'വன்ഗമദു Dy atm τeй4иK बल्ींयरीजी a समारोह श्री नारायण रायमी समुद्धाटन समारोह प्रमुख अतिथि प्रायोजक ISS መ. श्रीरामु रश्रीरामुटकाल टकाल क संस्थान ३.४र४गते| गते न 90 बजे श्ान (राष्ट्रिय नावघर) को मेगा हल, जम LIME बब pae dfious কা सुबाका pcиuaToи l'

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै महाप्रबन्धक किरण बाबु पुनले नेपाली लोकसंगीत राष्ट्रको पहिचान, इतिहास र सामाजिक एकताको महत्वपूर्ण आधार भएको बताए। उनले लोकसंस्कृतिको संरक्षण र पुस्तान्तरण राज्यको प्राथमिक दायित्व भएकाले संस्थानले दोहोरी प्रतियोगितालाई आफ्नो नीति तथा कार्यक्रममै समावेश गरी अघि बढाएको उल्लेख गरे।

उनले विगतमा प्राविधिक तथा राष्ट्रिय परिस्थितिका कारण कार्यक्रम समयमै सम्पन्न हुन नसके पनि यस वर्ष वार्षिकोत्सवको अवसर पारेर प्रतियोगिता सफलतापूर्वक आयोजना गर्न सकिएको बताए। देशका विभिन्न भूभागबाट आएका प्रतिभाहरूलाई समान अवसर प्रदान गर्दै निष्पक्ष प्रतिस्पर्धामार्फत नयाँ पुस्तालाई लोकसंगीततर्फ आकर्षित गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो।

महाप्रबन्धक पुनले लोकसंगीत क्षेत्रका कलाकार, स्रष्टा र सांस्कृतिक अभियन्ताहरूलाई एकताबद्ध हुन आग्रह गर्दै सिर्जनशील समुदायको नीतिगत चेतना र अधिकार सुनिश्चित गर्न सामूहिक आवाज आवश्यक रहेको धारणा राखे। उनले आफ्नो कार्यकालमा ६७ वर्षको इतिहास बोकेको सांस्कृतिक संस्थानलाई पहिलोपटक नाफामा लैजान सफल भएको उल्लेख गर्दै संस्थागत सुधार, पारदर्शिता र परिणाममुखी व्यवस्थापनले सकारात्मक परिवर्तन सम्भव भएको बताए।

May be an image of one or more people, dais and text

प्रमुख अतिथि नारायण रायमाझीले सांस्कृतिक संस्थानसँग आफ्नो लामो सम्बन्ध रहेको स्मरण गर्दै संस्थानले पहिलोपटक नीति तथा कार्यक्रमकै रूपमा राष्ट्रिय दोहोरी प्रतियोगिता सञ्चालन गरेकोमा खुशी व्यक्त गरे। उनले दोहोरी गीत नेपाली लोकजीवनको अमूल्य सम्पदा भएकाले यसलाई मर्यादित, सभ्य र सांस्कृतिक मूल्यअनुरूप विकास गर्नुपर्ने धारणा राखे। उनले दीप प्रज्वलन, ढिकी कुट्ने परम्परागत विधि तथा गीतमार्फत प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए।

May be an image of dais and text

विशिष्ट अतिथि रामप्रसाद खनालले आफू लामो समयदेखि अमेरिकामा बसोबास गरे पनि आफ्नो मन र भावना सधैं नेपाली माटो, नेपाली संस्कृति र नेपाली लोकसंगीतमै केन्द्रित रहने बताए। उनले सांस्कृतिक संस्थानको स्थापना कालदेखि नै संस्थाको गतिविधि नजिकबाट नियालेको उल्लेख गर्दै विभिन्न नेतृत्व आए पनि वर्तमान नेतृत्वले संस्थागत सुधार, आर्थिक अनुशासन र सांस्कृतिक पुनर्जागरणका क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको बताए।

वरिष्ठ लोकगायक खनालले नेपाली लोकसंगीत विश्वभर फैलिएको भए पनि यसको मौलिकता जोगाउने चुनौती बढ्दै गएको भन्दै राष्ट्रिय दोहोरी प्रतियोगिताले स्वस्थ प्रतिस्पर्धा, सिर्जनात्मकता र सांस्कृतिक मर्यादालाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे। उनले दोहोरी क्षेत्रमा देखिएका केही विकृति र अस्वस्थ प्रवृत्तिलाई सुधार गर्न यस्ता प्रतियोगिता प्रभावकारी हुने बताए।

सांस्कृतिक संस्थानमा महा प्रबन्धक भएर आए देखि हाल सम्म किराना बाबु पुन ले गरेका सर्हानिय कामले सांस्कृतिक संस्थानको गरिमा उच्च बनाएको, संस्थान सुधार भएको, नाफामा गएको, सांस्कृतिक क्षेत्रमा संस्थानले महत्वपूर्ण उपलब्धिहरु हासिल गरेकोमा कार्यक्रमकै अवसरमा अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका (International Artists Forum America) का अध्यक्षसमेत रहेका खनालले सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुनलाई संस्थागत सम्मानस्वरूप विशेष पदक  प्रदान गरेका थिए।

लोकसंगीत क्षेत्रका कलाकार तथा स्रष्टाहरूले प्रतियोगिताले नयाँ प्रतिभाको खोजी, संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। सांस्कृतिक संस्थानले आगामी वर्षहरूमा पनि लोकसंगीत, लोकनृत्य तथा मौलिक सांस्कृतिक विधाहरूको संरक्षणका लागि यस्ता राष्ट्रियस्तरका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

लोकगीत र दोहोरी नेपाली समाजको आत्मा तथा सांस्कृतिक पहिचानको जीवित अभिलेखका रूपमा रहेको सन्दर्भमा ‘सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३’ लाई नेपाली लोकसंगीत क्षेत्रको नयाँ ऊर्जा, नयाँ पुस्ताको सहभागिता र सांस्कृतिक पुनर्जागरणको महत्वपूर्ण अभियानका रूपमा हेरिएको छ।

May be an image of text

May be an image of dais and text

May be an image of one or more people

No photo description available.

May be an image of one or more people, dais and text

May be an image of text

May be an image of text

May be an image of dais and text

May be an image of piano, clarinet and oboe

May be an image of television and text

May be an image of dais and text

May be an image of temple, dais and text that says 'ΗΓριάФ C सस्थाज राष्ट्ियदोहोरी राष्य दोहोरी गीत प्रतियोगिता 0 2OT3 समारोह समटदारन. प्रायोजक 장삼제 種 மரி दप ឆាំ 유한리다관 林神 神 製別性 保可 なちっ ្ាប'

May be an image of one or more people, dais and text

May be an image of flute

May be an image of dais and text

May be an image of text

May be an image of one or more people

May be an image of one or more people, people studying and crowd

May be an image of flower and text

No photo description available.

20260617_143857.jpg

726900664_1312504397725391_4399753140888302672_n.jpg

727059463_1312504064392091_2897455781050983504_n.jpg726925036_1312504484392049_5190800261846694181_n.jpg

726814347_1312504167725414_3120282552537222071_n.jpg

725641030_1312504444392053_3950482293567144322_n.jpg

726758690_1312504287725402_1938017707919694425_n.jpg

725605664_1312504204392077_7376539056348988355_n.jpg

 

726996401_1312504124392085_8164995413478503006_n.jpg

May be an image of dais and text

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।